देश

माओवादीबाट पोखराको मेयर र उपमेयरका लागि ३\३ जनाको नाम सिफारिस

पोखरा, बैशाख ५ पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार बन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र)बाट ३ र उपमेयरका ३ जनाले आकांक्षा व्यक्त गरेका छन् । गठबन्धन दलहरुबीच महानगरसहित देशैभरका स्थानिय तहहरुको भागवण्डाका विषयमा छलफल चलिरहँदा नेकपा माओवादी केन्द्रले पोखरा महानगरपालिकाको मेयरका आकांक्षीहरुको नाम सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले पोखराको मेयरका लागि बखानसिँह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम सिफारिस गरेको छ । मेयरका आकांक्षी गुरुङ नेकपा माओवादी केन्द्र कास्कीका संयोजक हुन् । त्यस्तै लामिछाने नेकपा… पुरा पढौ

विप्लव नेतृत्वको नेकपाका कास्की ईञ्चार्ज शिलुलाई कार्वाही गर्न पराजुली समूहको माग

पोखरा, बैशाख ५ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कास्की ईञ्चार्ज उमा भुजेल (शिलु)लाई कारवाही गर्न माग गरिएको छ । काजी गुरुङलाई सेक्रेटरी बनाएको विषयमा असन्तुष्ट समूहले गोकुल पराजुलीको नेतृत्वमा बनेको नेकपा कास्की जिल्ला कमिटीले ईञ्चार्ज शिलुमाथि विभिन्न आरोप लगाउँदै कारवाही गर्न माग गरेको हो । यसअघि ईञ्चार्ज शिलुले गोकुल पराजुलीलाई सेक्रेटरीबाट हटाएर काजी गुरुङलाई सेक्रेटरी बनाएपछि पराजुली समूह असन्तुष्ट बनेको थियो । सोहि असन्तुष्ट समूहले जिल्ला समानान्तर कमिटी बनाएको एक हप्ता नपुग्दै ईञ्चार्ज शिलुलाई पार्टी विरोधी, संगठन विरोधी एवम्… पुरा पढौ

बेबील्याण्डले मनायो २८ औं वार्षिकोत्सव

पोखरा, बैशाख ५ पोखरामा रहेको बेबील्याण्डले २८ औं वार्षिकोत्सव मनाएको छ । बेबील्याण्डले स्थापनाको २८ औं वार्षिकोत्सव सोमबार एक औपचारिक कार्यक्रम गरेर मनाएको हो । कार्यक्रममा २८ औं वार्षिकोत्सव लेखिएको केक काटेर सेलेब्रेसन गरिएको थियो । सो अवसरमा युवा उद्यमी मञ्च पोखराका अध्यक्ष सुनिलबहादुर भट्टराई, बेबील्याण्डका संरक्षक आमा बुद्धलक्ष्मी बज्राचार्य, फाउण्डर प्रदीप बज्राचार्य र उनकी श्रीमती रत्नाभूमि बज्राचार्यले संयुक्त रुपमा केक काटेर सेलेब्रेसन गरिएको हो । वार्षिकोत्सवको अवसरमा बेबील्याण्डलाई ध्वजापताका र बलुनले दुलही झैं सजाइएको छ । बालबालिकाहरुको हरेक प्रकारका… पुरा पढौ

कास्कीमा भोलि र पर्सि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

कास्की । भोलि र पर्सि दुई दिन सञ्चालन हुने राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधी खुवाउने अभियान अन्तर्गत स्वास्थ्य कार्यलय कास्कीले सम्पुर्ण तयारी पुरा गरेको छ । सोहि अभियान अन्तर्गत जिल्लाको प्रत्येक स्थानिय तह देखि स्वास्थ्य संस्थामा आवश्यक सामाग्री तथा जनशक्तिको परिचालन गर्ने गरि तयारी पुरा गरिएको स्वास्थ्य कार्यलय कास्कीले जानकारी दिएको हो । यसपटक कास्की जिल्लामा ६ महिना देखि ५ वर्ष भित्रका ३४ हजार ९ सय ७ जना बालबालिकालाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष भित्रका ३१… पुरा पढौ

ब्यूटीपार्लर एसोसिएसन गण्डकीको अध्यक्षमा अध्यक्षमा रुपकला

पोखरा । ब्यूटीपार्लर एसोसिएसन गण्डकी प्रदेशको प्रथम अध्यक्षअधिवेशनबाट अध्यक्षमा रुपकला श्रेष्ठ निर्वाचित भएकी छन् । हालै सम्पन्न एशोसियसनको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति गठन गरिएको हो । जस अन्तर्गन समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा थापा अर्याल, उपाध्यक्षमा सोमना श्रेष्ठ, महासचिवमा बबिता केसी कार्की, उपमहासचिवमा माया विश्वकर्मा, कोषाध्यक्षमा सावित्री श्रेष्ठ निर्वाचित भएका छन भने सदस्यमा पुष्पा पौडेल, निशु अधिकारी, सपना श्रेष्ठ, नेहा घताने, मञ्जु अधिकारी, शिला कार्की, भीमा गुरुङ, कामना गुरुङ, रिता कार्की चयन भएका छन ।… पुरा पढौ

सत्तारुढ गठबन्धनले आज महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउने

काठमाडौ । सत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन् । गठबन्धनमा आबद्ध नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सहमतिका आधारमा साझा उम्मेदवार तय गरिने जानकारी दिए । काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर गरी छ वटा महानगर पालिका छन् । त्यसमा नेपाली कांग्रेसले तीन वटा… पुरा पढौ

भोलिदेखि ७७ जिल्लामा सातौँ कृषि गणना सुरु गरिदै

काठमाडौँ । मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले राससलाई जानकारी बताए । यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०÷१० वर्षमा कृषि गणना सुरु गर्दै आएको छ । यो सातौँ कृषि गणना हो । नेपालमा पहिलो कृषि गणना २०१८ सालमा… पुरा पढौ

यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० परीक्षार्थी

गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) संचालनको तयारी अन्तिम चरणमा पुगेको छ। कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा संचालन गर्न लागिएको यो पहिलो पटक हो। एसईई वैशाख ९ गते (शुक्रबार) बाट सुरु हुँदैछ । यस वर्ष ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन्। जसमा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन्। यस वर्ष मुलुकभर २ हजार ७ वटा केन्द्रमा परीक्षा संचालन हुनेछन्। सबैभन्दा धेरै… पुरा पढौ

पोखराको मेयरको उम्मेदवारका लागि एकीकृत समाजवादीबाट १४ आकांक्षी, उपमेयरमा ३

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी ९नेकपा एस०ले पोखरा महानगरपालिकाको मेयरको लागि १४ जनाको नाम सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी कास्कीले मेयरका आकांक्षी १४ जनाको नाम उपल्लो कमिटीमा सिफारिस गरेको हो । एकीकृत समाजवादी पोखरा महानगर कमिटीले ६ जनाको नाम सिफारिस गरेको थियो । तर त्यसको भोलिपल्ट आइतबार बसेको नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी कास्कीले मेयरमा आकांक्षा व्यक्त गर्ने थप ८ जनाको नाम थपेर कुल १४ जना आकांक्षीकै नाम उपल्लो कमिटीमा सिफारिस गरेको हो । मेयरको… पुरा पढौ

विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा मुक्तक समावेश गर्न माग गर्दै जिशिकालाई ज्ञापन पत्र बुझाइयो

०४ गते, पोखरानेपाली मुक्तकको उत्थानका लागि क्रियाशील संस्था मुक्तक मञ्च, केन्द्रीय समितिले बिद्यालयदेखि विश्वबिद्यालय तहको पाठ्यक्रममा मुक्तक समावेश गरिनुपर्छ भन्दै सञ्चालन गरेको कार्यक्रम ‘पाठ्यक्रममा मुक्तक समावेश अभियान’ ले आईतबार दवाबमुलक मुक्तक वाचन कार्यक्रम सहित जिल्ला शिक्षा समन्वय इकाई समिति कास्कीलाई ज्ञापन(पत्र बुझाएको छ । ज्ञापन(पत्र बुझ्दै प्रमुख डा। नारायण प्रसाद सुवेदीले ‘मुक्तक छोटो, प्रभावकारी र निकै लोक प्रिय बिधा रहेता पनि यो केहि हाम्रा कमजोरीहरु कारण पाठ्यक्रममा छुटेको हुन सक्छ । मुक्तक मञ्चले यसरी हाम्रो ध्यानाकर्षण गराईदिएकोमा हामी आभारी छौँ… पुरा पढौ