देश

तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

स्याङजा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो । कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ । पुलमा २५ मिटर उचाइसहितको भ्यूटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । नेपालकै चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा… पुरा पढौ

गाउँपालिका अध्यक्ष वलीद्वारा सवारी साधन फिर्ता

दाङ । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित वलीले निर्वाचन आचारसंहिता घोषणा भएसँगै सरकारी सुविधाको गाडी फिर्ता गरेका हुन् ।निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयोग गर्दै आइरहेको रा १ झ ६१६ नम्वरको बलेरो जीप आइतबार कार्यालयमा बुझाएका हुन् । आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्ष वलीले गाडी फिर्ता गरेको गाउँपालिकाका सूचना… पुरा पढौ

जापान जान हिँडेकी यूवती विमानस्थलबाटै पक्राउ

काठमाण्डौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तनहुँकी एक यूवती पक्राउ परेकी छन् । जापान जानका लागि हिडेकी तनहुँको भानु नगरपालिका – ७ की २७ वर्षिया सोविता नेपालीलाई प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । गएराती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्ने क्रममा गोली बरामद गरिएको हो । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले… पुरा पढौ

आपसी मतभेद पन्छाउँदै चुनावमा सहयोग गर्न सत्ता साझेदार दलको संयुक्त अपिल

काठमाण्डौं । पाँच दलीय सत्ता साझेदार गठबन्धनले आपसी मतभेद पन्छाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् । गठबन्धनका शीर्ष नेताहरुले आज संयुक्त अपिल जारी गर्दै चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण नेताकार्यकर्तालाई आह्वान गरेका हुन् । उनीहरुले व्यापक सहभागितमा आगामी स्थानीय तहको निर्वाचन सफल पार्न गठबन्धनका उम्मेदवारलाई मत दिई विजयी बनाउनसमेत अनुरोध गरेका छन् । शीर्षनेताहरुले परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन… पुरा पढौ

एमाले अध्यक्ष ओलीद्वारा हलेसीमा चार लाख भेटी

खोटाङ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरलाई रु दुई लाख र हलेसी मारतिका गुम्बालाई रु दुई लाख भेटी पठाएका छन् । गत चैत १९ गते एमालेले दिक्तेलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष ओलीले हलेसी मन्दिर तथा गुम्बा अवलोकन गरेपश्चात् भेटीस्वरुप मन्दिर र गुम्बालाई रु दुई÷दुई लाख दान गर्ने घोषणा गरेका थिए । अध्यक्ष ओलीको घोषणा अनुसार रामनवमीको अवसर पारेर एमाले केन्द्रीय सदस्य एवम् खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार… पुरा पढौ

भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काेतर्फ

चितवन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा भरतपुरका जनताको अपेक्षा भने फरक छ । त्यहाँका जनताको अपेक्षा भने सुशासन, पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, कृषि उत्पादनमा अनुदान, व्यवस्थित बसोबास, पर्यटन प्रबद्र्धन, दिगो आर्थिक विकास जस्ता विषय जनताको चासोका विषय बनेका छन् । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपाने शिक्षा… पुरा पढौ

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाण्डौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले घटेर एक लाख १०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ६०० तोकिएको छ । यसको मूल्य आइतबार प्रतितोला ९९ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३६५ कायम रहेको महासङ्घले जनाएको छ ।… पुरा पढौ

पोखरामा ट्होटें पर्व मनाइँदै

तमुहरुको ऐतिहासिक पर्व ट्होटें चैत्रको अन्तिम मंगलवार चैत्र २९ गते तमु धिं नेपालको आयोजनामा पोखरामा धुमधामका साथ मनाउने भएको छ। वर्षमा २ पटक चैत्र र साउनको ३ मंगलवार तमु गाँउ, ह्युलमा मनाउँदै आएको ट्होटें पोखरामा तमु धिं नेपालको अगुवामा सामुहिक रुपमा चैत्र र साउनको अन्तिम मंगलवार मनाउदै आएको छ। तमु नास(गाँउ), ट्हो(बस्ती), ह्युल(राज्य)को सुरक्षाका साथै बैरीहरुलाई सीमा कटाउँदै सभ्य तमु ह्युलका लागि मनाउँदै आएको परम्परागत पर्व ट्होटें सामुहिक रुपमा तमु धिं नेपालको आयोजनामा विगतदेखि पोखरामा मनाउँदै आएको हो। उघौलीको रुपमा… पुरा पढौ

वडा सदस्य बराल एमाले छाडेर नेकपा एसमा प्रवेश

पोखरा, चैत २७ पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा सदस्य पुष्पराज बराल नेकपा एसमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित बराल आइतबार नेकपा एसमा प्रवेश गरेका हुन् । नेकपा एसका युवा नेता पूर्ण लामाले बरालको नेकपा एसको पार्टी सदस्यता लिएको रसिद सामाजिक सञ्जाल फेसवुकमार्फत सार्वजनिक गरेका छन् । बराल नेकपा एसमा प्रवेश भएसँगै नेकपा एसकोपनि पोखरा महानगरमा जनप्रतिनिधि भएको छ । यसअघी नेकपा एसको महानगरमा जनप्रतिनिधि शून्य थियो । पुरा पढौ

कास्की ‘बी’ बन्यो क्रिकेट सिरिजको बिजेता

पोखरा, चैत २७कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित दुईदिने एकदिवसिय क्रिकेट सिरिजमा कास्की एलाई पाँच विकेटले पराजित गर्दै कास्की बी विजेता बनेको छ । पहिलो दिन पानीले रोकिदाँ बराबरी हुन पुगेको सिरिज अन्तर्गत आईतबार कास्की बीले पाँच विकेटको जित निकाल्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित प्रतिस्पर्धामा टस जितेर व्याटिङ गरेको कास्की एले कृष्ण पौडेलको अविजित अर्धशतकीय पारीमा ८ विकेटको क्षतिमा १६९ बनायो ।नवौं नम्बरमा आएका पौडेलले ५७ बलमा ६५ रनको ठोस इनिङ्स खेल्ने क्रममा अविजित रहे । उनले २… पुरा पढौ