देश

राष्ट्रियसभा निर्वाचनका लागि १२ दल दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन्। दर्ता भएका दलमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पाटी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको आयोगका राजनीतिक दल व्यवस्थापन शाखाले जनाएको छ। त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल परिवार दल छन्। सबै दलले सातै प्रदेशमा उमेदवारी दिन सक्नेछ। त्यसैगरि, नेपाल मजदूर किसान पार्टीले वाग्मती प्रदेश, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले प्रदेश नम्बर–२ र सुदूरपश्चिम प्रदेशमा तथा ऐतिहासिक प्रजातान्त्रिक… पुरा पढौ

युनाईटेड क्लवद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डष्टविन वितरण

पोखरा १० पुस ।युनाईटेड क्लव पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डष्टविन वितरण गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको सरसफाईलाई मध्यनजर गरी युनाईटेड क्लवले बाबा फाउण्डेशनको सहकार्यमा १० सेट डष्टविन वितरण गरेको हो ।सो अवसरमा वोल्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोर ब्यवस्थापनलाई मध्येनजर गरी युनाईटेड क्लवले डष्टविन प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरिन । मन्त्री गुरुङले युनाईटेड क्लव जस्तै अन्य सामाजिक क्षेत्रमा काम गर्ने क्लवहरुले समेत सरकारी अस्पतालहरुमा आवश्यक परेका सामाग्रीहरु… पुरा पढौ

छोम्रोङमा ‘सेन्चुरी ल्होसार’ मेलाको तयारी

पोखरा, १० पुष । कास्कीको अन्नपूर्ण गाउँपालिका १० छोम्रोङमा आयोजना हुने २० औं संस्करणको सेन्चुरी ल्होसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । सेन्चुरी युवा क्लबले तमु समुदायको महान् पर्व ल्होसारको अवसरमा (आईतबार) ११ गते देखि १४ गते सम्म सञ्चालन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष मिकास गुरुङले बताए । उनका अनुसार पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित सञ्चालन हुने सो महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित विभिन्न खेलकुदका कार्यक्रम समावेश गरिएको छ । महोत्सवमा मुख्य आकर्षकको रुपमा पुरुष भलिबल… पुरा पढौ

विपद् प्रभावितहरुको मानवीय पीडालाइ कम गर्न ‘स्फियर मापदण्ड सचेतना’

पोखरा १० मङ्सिरविपद् अथवा द्धन्द्धबाट प्रभावित मानिसहरुलाई मर्यादा सहितको जीवन बाँच्न पाउने अधिकार सहित विपद न्यूनिकरण र पूर्व तयारीमा ध्यान दिनु पर्ने आवश्यताको बारेमा पोखरामा सचेतना कार्यक्रम गरिएको छ । राष्टिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गण्डकी प्रदेश सरकारको समन्वयमा प्रकोप पूर्व तयारी सञ्जाल नेपालको आयोजनामा ‘स्फियर मापदण्ड सचेतना’को कार्यक्रम गरिएको हो ।सञ्जालका अध्यक्ष सूर्यबहादुर थापाले मानवीय प्रतिकार्यहरुको गुणस्तरमा सुधार ल्याउन र आफ्ना क्रियाकलापका लागि जवाफदेही हुने उद्देश्य सहित सन् १९९७ स्फियर शुरुआत भएको जानकारी दिए । स्फियरले… पुरा पढौ

लायन्स क्लब कालिकाद्वारा न्यानो कपडासहित खाद्यान्न वितरण

पोखरा, १० पुस लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनले पोखरा ३२ राधाकृष्ण विद्याश्रम र त्यहाँ रहेको गुरुकुल संस्कृत विद्यालयलाई खाद्यान्न, स्टेसनरी र न्यायो कपडा वितरण गरेको छ । क्लबले विद्याश्रम रहेका वृद्धवृद्धाहरुको लागि खाद्यान्न र राधाकृष्ण विद्याश्रम गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीका लागि स्टेसनरी सामान र न्यायो कपडा शनिबार वितरण गरेको हो । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि वानका डिपार्टमेन्ट को चिफ सुदीपराज ढुंगाना, कालिका भ्यु टाउनका संस्थापक अध्यक्ष नारायणप्रसाद अधिकारी, क्लबका अध्यक्ष शुक्रराज अधिकारी, लायन्स क्लबका रिजन… पुरा पढौ

काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै, सभापति देउवाले पदभार ग्रहण गर्ने

नेपाली काँग्रेसको नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज (शनिबार) बस्दैछ। त्यसअघि, १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति सभापति शेरबहादुर देउवा लगायत पदाधिकारी र सदस्य सबैलाई पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण र पदभार ग्रहण गर्ने कार्यक्रम छ। नेपाली काँग्रेसमा दोस्रो कार्यकालका लागि निर्वाचित सभापति देउवा लगायत पदाधिकारी र सदस्यहरुले आज पदभार ग्रहण गर्नेछन्। काँग्रेस केन्द्रीय कार्यालयमा ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको छ। सभापति लगायत पदाधिकारी र सदस्यहरुको पदभार ग्रहणपछि महाधिवेशबाट आएको काँग्रेसको… पुरा पढौ

आज क्रिसमस डे, नेपाल सरकारले दियो बिदा

आज डियसेम्बर २५ तारिक अर्थात क्रिसमस डे। आजको दिन नेपाल लगायत इसाई धर्मालम्बीहरुका लागि विशेष र महत्वपूर्ण दिन। इसाई धर्मालम्बी लगायत अन्य समुदायहरुले आजको दिन विश्वभर जिसस क्राइस्टको सम्झनामा क्रिसमस डे मनाउँदछन्। आजको दिन जिसस क्राइस्ट पृथ्वीमा आएको र संपूर्ण मानवजातिको पापलाई नास गर्न मानिसकै अवतार लिएकाले आजको दिनलाई विशेष उत्सवका रुपमा मनाउनुपर्ने धारणा राखेर इसाई समुदायको चर्चहरुमा क्रिसमस डे मनाउँदछन्। इसाई धर्मका अनुयायीहरुले आजको यो विशेष दिनलाई विशेष सौहार्दता, प्रेम र माया, सद्भाव र प्रभुको अनुकम्पामा अनुगृहित भएर मनाउने… पुरा पढौ

नागरिक उड्डयनमन्त्री आलेद्वारा विमानस्थालको सुरक्षा र सरसफाइमा ध्यान दिन निर्देशन

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थलमा सुरक्षा र सरसफाइमा विषेश ध्यान दिन कर्मचारीलाई निर्देशन दिए। विमानस्थलमा यात्रुको चाप बढी हुने भएकाले सौचालयदेखि अन्य क्षेत्र सफा र चिटिक्क हुनुपर्ने मन्त्री आलेको निर्देशन थियो । उनले भने“विमानस्थलमा यात्रुको चाप बढी हुन्छ, यहाँ आन्तरिक तथा विदेशी पर्यटकसमेत आगमन गर्ने हुँदा सौचालयदेखि पसल सफा राख्नुस्, खानेकुरा पनि ताजा होस् ।” भारत भ्रमणबाट आजै स्वदेश फर्किनु भएका मन्त्री… पुरा पढौ

राजनीतिक स्थायीत्व विना मुलुक समृद्ध हुन सक्दैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाण्डौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायीत्व विना मुलुकको समृद्धि हुन नसक्ने बताएका छन् । रेडियो नेपाल कर्मचारी युनियनको आठौँ अधिवेशन समारोहमा आज आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थायीत्वमा समस्या देखिँदै गएको सङ्केत गर्दै एकातर्फ एमाले र अर्कोतर्फ गठबन्धन दलले राजनीतिको नेतृत्व गरिरहेकाले कसको नीति र योजना ठिक हो भनेर पहिचान गर्नुपर्नेमा बेला आएको पनि बताए । “एउटा कोण नेकपा (एमाले)को छ, यसको निष्कर्ष आर्थिक विकास र समृद्धि, देश बनाउने सपना, यसका लागि राजनीतिक स्थायीत्व चाहिन्छ भन्ने… पुरा पढौ

एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपालको दोस्रो जीत, माल्दिभ्स नेपालसंग पराजित

काठमाण्डौं । बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ । बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । नेपाले माल्दिभ्समाथि पहिलो सेट २५–११, दोस्रो सेट २५–९ तथा तेस्रो तथा अन्तिम सेट २५–५ ले जीत निकाल्यो । यसअघि हिजो भएको पहिलो खेलमा भने नेपालले श्रीलङ्कालाई… पुरा पढौ