देश

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तासँग प्रधानमन्त्री देउवाको आग्रह

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज भएकाले ऊर्जा, पूर्वाधार, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ता, उद्योगी एवं व्यवसायीसँग आग्रह गरेका हुन् । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवाले भारतीय व्यापारिक समुदायसँगको अन्तरक्रियामा नेपालमा भारतीय लगानी बढाउन र भारततर्पmकोे निर्यात सहजीकरणका लागि सरकार सकारात्मक रहेको उल्लेख गरे । उनले भारतले २१औँ शताब्दीको आर्थिक विकासमा फड्को मार्दै गरेको हुँदा नेपालमा लगानी गर्न र दुई देशबीचको आर्थिक सम्बन्ध अझ विस्तार गर्ने सम्भावना प्रशस्त रहेको बताए । कोभिड मारामारीका कारण आम… पुरा पढौ

पोखरा–३ मा महेश उदास बन्ने अटेरी उम्मेदवार

पोखरा, चैत १९ पोखरा महानगरपालिका वडा नम्बर ३ मा महेश उदासले उम्मेद्वारी घोषणा गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन अन्तर्गत पोखरा–३ को वडाध्यक्ष पदमा अटेरी उम्मेदवारका रुपमा आफूले उम्मेद्वारी दिने उनले घोषणा गरेका हुन् । वडाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उदास शारिरिक सुगठनका खेलाडी हुन् । तेर्सापट्टीका स्थानिय उनी युवा उम्मेदवार हुन् । उनलाई स्थानिय युवा, युवती, खेलाडीलगायतको समर्थन रहेको दाबी गरिएको छ । पार्टी भन्दा माथि उठेर काम गर्नका लागि आफूले अध्यक्षमा उम्मेदवारी घोषणा… पुरा पढौ

प्रतिभा माविको प्रतिभा सम्मानबाट प्रा.डा.सुबेदी र क्रिकेटर मल्ल एक\एक लाख राशीसहित सम्मानित

पोखरा, चैत १९ साहित्यकार प्रा.डा.अभी सुबेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । पोखराको प्रतिभा माविले वार्षिक रुपमा प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ कार्यक्रम अन्तर्गत यस वर्ष सुबेदीलाई ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान–२०७८’बाट सम्मान गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापा, निर्देशक राजेन्द्र चापागाईं, विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीलगायतले सुबेदीलाई नगद एक लाखसहित ताम्रपत्र, खादा, माला र अवीर लगाएर सम्मान गरेका थिए । सुबेदीले ६० वर्षदेखि कला र साहित्य तथा शैक्षिक… पुरा पढौ

नेपाली लेखक संघको अध्यक्षमा पोखराका तीर्थ श्रेष्ठ

कवि तीर्थ श्रेष्ठ नेपाली लेखक संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्। पोखरामा शुक्रबार सम्पन्न संघको सातौँ राष्ट्रिय महाधिवेशनबाट साहित्यकार समेत रहेका पोखरेली श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन्। अध्यक्षका लागि श्रेष्ठको मात्रै उम्मेदवारी परेको थियो। अन्य पदका लागि भने आज (शनिबार) मतदान हुनेछ। पुरा पढौ

घट्यो पेट्रोलको मूल्य, एलपी ग्यासको मूल्य २७३ ले बढ्यो

भारतले शुक्रबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। भारतीय आयाल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई शुक्रबार पठाएको हो। निगमका अनुसार अप्रिल १ तारिख (चैत १८ गते) आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य थोरै घटेको छ। आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको छ। नयाँ सूची अनुसार डिजेलको मूल्य प्रतिलिटर २ पैसाले बढेर आएको छ। निगमका अनुसार मट्टितेलको मूल्य प्रतिलिटर २२ रुपैयाँ १९ पैसाले बढेर आएको… पुरा पढौ

थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगको अध्यक्ष नियुक्त

सरकारले राष्ट्रिय भूमि आयोगअन्तर्गत थप ४३ जिल्लामा अध्यक्ष नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले देशका थप ४३ जिल्लामा आयोगका जिल्ला अध्यक्ष नियुक्त गरेको हो। उनीहरूलाई राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले काठमाडौंमा पद तथा गोपनीयताको शपथ खुवाएका छन्। पुरा पढौ

त्रिकोणात्मक टी–२० क्रिकेटः आज नेपाल–मलेसिया खेल्दै

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तर्गत आज (शनिबार) नेपालले मलेसियासँग खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि किक्रेट मैदानमा हुने खेल साढे १२ बजेबाट सुरु हुनेछ। सुरुवाती ३ खेल जितेको नेपाल फाइनलमा पुगिसकेको छ भने मलेसियाको लागि आजको खेल जित्नैपर्ने दबाब छ। नेट रनरेटमा कमजोर रहेको मलेसियाले आजको खेल हारे पपुवा न्युगिनी(पीएनजी) फाइनलमा पुग्नेछ। पुरा पढौ

फिर्के खोला अतिक्रमण रोक्न अख्तियारमा उजुरी

कास्की । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्केखोला अतिक्रमण रोक्न पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा उजुरी दिएको छ । पोखरा महानगरपालिका– १८ अँधेरीकुनादेखि सुरु भई वडा नं २, ४, ५, ८, ७, ६ हुँदै वडा नं १७ फेवातालमा समाहित हुने फिर्के खोलामा चरम अतिक्रमण गरी संरचना निर्माण भइरहेको र पटक–पटक जानकारी गराउँदासमेत यस विषयमा पोखरा महानगरपालिकाले गम्भीरतापूर्वक नलिएको व्योहोरा उल्लेख गरी आयोगमा उजुरी दिएको अभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिए । उनले मुहानबाट फेवातालसम्म व्यापक अतिक्रमण हुँदै गएको र… पुरा पढौ

काठमाण्डौ उपत्यकामा घोडेजात्रा जात्रा पर्व मनाइँदै

आज चैत्र कृष्णपक्षको औंसी अर्थात घोडेजात्रा पर्व। प्रत्येक वर्ष चैत्र कृष्ण औंसीको दिन काठमाण्डौं उपत्यकामा घोडे जात्रा पर्व मनाउँदै आएको छ। काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो एक जात्रा प्राचीन जात्रा मानिन्छ। आजको दिन काठमाण्डौ उपत्यकामा सार्वजनिक विदा समेत दिने चलन छ। टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ। पहिले नयाँ वर्षलाई मनोरञ्जनात्मक बनाउनको लागि घोडेजात्रा पर्व मनाइन्थ्यो भन्ने कथन समेत रही आएको छ। हाल आएर हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन घोडेजात्रा मनाउने गरिएको छ। जनविश्वासमा आधारित यस परम्परालाई कायम… पुरा पढौ

बजेटबारे सुझाव दिन चाहनुहुन्छ ? ११३८ मा फोन गर्नुहोस

अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/०८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक सर्वसाधारणको सुझावसमेत संकलन गर्न टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको हो। मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ। त्यस्तै, मन्त्रालयको वेभसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लीक गरेर पनि सुझाव पेश गर्न सक्ने व्यवस्था गरिएको छ… पुरा पढौ