देश

नेपालका लागि अमेरिकी राजदूतमा थम्सन प्रस्तावित

अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन्। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ। लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्बर १५ देखि अमेरिकाको परराष्ट्र सेवामा दक्षिण तथा मध्य एसियाका लागि मुख्य सहायकमन्त्रीको भूमिकामा कार्यरत रहेका छन्। उनको नियुक्तिलाई सिनेटले अनुमोदन गरेपछि नेपालका लागि राजदूत नियुक्त हुने व्यवस्था छ। परराष्ट्र सेवामा लामो समय काम गरेका थम्सनको राजदूतको भूमिकामा नियुक्त भएको पहिलोपटक… पुरा पढौ

सागका दोहोरो स्वर्णधारी सुवास पोखरामा शुरु भएको वेस्टर्न ओपन गल्फको शीर्ष स्थानमा

१३ औ दक्षिण ‌एसियाली खेलकुद सागका दोहोरो स्वर्ण विजेता एमेच्योर गल्फर सुबाष तामाङ सुर्य नेपाल गल्फ टुर अन्तर्गत वेस्टर्न ओपनको पहिलो दिन शीर्षस्थानमा रहन सफल भएका छन्।‌ पोखराको हिमालयन गोल्फ कोर्समा दुई अन्डर ६८ को स्कोरमा प्रोफेसनल गल्फर जयराम श्रेष्ठलाई दुई स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहन सफल भएका हुन्। उनले तेसो, पाँचौ र छैठौं होलमा बर्डीको सफलता प्राप्त गरे। तर चार पारको नवौ होलको डबल बेगीले फ्रन्ट नाइन एक अन्डर ३२ मा सकाए। लगतै दशौ होलमा पनि एक सट खेर… पुरा पढौ

‘मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार’बाट आले पुरस्कृत

चैत १६, पोखरा ।नेपालपत्रकार महासंघ कास्कीले वर्षेनी प्रदान गरिदै आएको मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार रविना आलेलाई अर्पण गरिएको छ । उनलाई २० हजार १ सय ११ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा महासंघ कास्कीले एक समारोहका बीच उक्त पुरस्कार हस्तान्तरण गर्यो । कार्यक्रममा ‘महामारीमा पत्रकारिता’विषयमाअन्तरक्रिया समेत गरिएको थियो ।कार्यक्रममा शुभकामना दिँदै गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको… पुरा पढौ

पोखरा १० मा सोहेल र २८ मा प्रदीप बन्ने अटेरी उम्मेदवार

पोखरा । आउँदो स्थानीय तह निर्वाचनका लागि पोखरा १० र २८ बाट अटेरी उम्मेदवारी घोषणा भएको छ । पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियानमा देशभर डेढ सय बढी अटेरी उम्मेदवारी घोषणा भई सकेको छ ।पोखरा १० र २८ बाट वडाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा भएको हो । पोखरा १० को वडाध्यक्षमा सोहेल खान र २८ बाट प्रदीप अधिकारीको अटेरी उम्मेदवारी घोषणा गरेका छन् ।स्थानीय तह दलरहित बनाउने उद्देश्यसहित पोखराका गनेस पौडेलले पोखरा महामनगरको मेयर पदमा उम्मेदवारी दिएका थिए ।… पुरा पढौ

डिपिएल नेपालको अध्यक्षमा सन्दीप न्यौपाने

पोखरा । डायनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको दोश्रो राष्ट्रिय अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट संदिप न्यौपानेको अध्यक्षतामा नयाँ राष्ट्रिय समिति चयन भएको हो । नयाँ समितिको उपाध्यक्षमा प्रदिप शर्मा बराल, महिला उपाध्यक्षमा लक्ष्मी न्यौपाने, महासचिवमा प्रविन पाठक र कोषाध्यक्षमा रुदिना भट्टराई चयन भएका छन् । त्यस्तै सदस्यमा शिव पराजुली, सरोज गुरागाँई, आशिष न्यौपाने चयन भएका छन् । समितिका अन्य सदस्यहरु पछि मनोनित गरिने डिपिएलले जनाएको छ । त्यसैगरि अधिवेशनले कानुनी सल्लाहकारमा राजिब खनाललाई चयन गरेको छ । यसअघि… पुरा पढौ

नेपाली जनताको जीविकोपार्जन नै बिजुली हो:अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुने बताएका छन् । राप्ती नगरपालिकामा निर्माण भएको १३२÷३३÷११ केभी हर्दी विद्युत् सवस्टेसनको आज उद्घाटन गर्दै उनले ऊर्जा उत्पादनको क्षेत्रले क्रान्तिकारी छलाङ मारिरहेको बताए । ओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङको कहाँलिलाग्दो अवस्थाबाट मुक्त भएको जिकिर गर्दै उनले यसलाई सरकारले ऊर्जाखानीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । अथाहा ऊर्जा उत्पादन, यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने दाहालको भनाइ छ… पुरा पढौ

पत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्छु: मन्त्री खतिवडा

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उनले महासङ्घको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताए । सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारका लागि रु सात लाखसम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम नेपाल… पुरा पढौ

कांग्रेसले स्थानीय अवस्था र आवश्यकताअनुरूप चुनावी तालमेल गर्ने

काठमाण्डौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताअनुरुप सत्ता गठबन्धनमा रहेका अन्य दलसँग चुनावी तालमेल गर्नसक्ने नीतिगत निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज सम्पन्न बैठकले निर्वाचनमा बहुसङ्ख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन सो निर्णय गरेको जनाएको छ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरूप कार्य अघि बढाइने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं… पुरा पढौ

बिम्स्टेक क्षेत्रका जनताका निम्ति योगदान गर्ने नेपालको प्रतिबद्धता

काठमाण्डौं । नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई पुनरुत्थान गर्न सबै सदस्य राष्ट्रबाट नवीन प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ । सङ्गठनको पाँचौँ शिखर सम्मेलनको पूर्वसन्ध्यामा कोलम्बोमा आज अपराह्न भएको सदस्य मुलुकका विदेशमन्त्रीको १८ औँ बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा नारायण खड्काले बिम्स्टेकको पुनरुत्थानका लागि नवीकरणीय सङ्कल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यमा जोड दिएका हुन् । मन्त्री खड्काले जनताको जीवनस्तर उकास्न, समान अवसर सिर्जना गर्न र बङ्गालको खाडीको शान्ति र समृद्धिको आकाङ्क्षा पूरा गर्न… पुरा पढौ

समाजमा बालविवाहको बर्तमान अवस्था र न्युनिकरणमा स्थानिय सरकारको अभ्यास

कविता घर्तीमगर कास्की । ए ! फलानोको छोरी गीता (नाम परिवर्तित)ले त प्रतिक (नाम परिवर्तित)संग विवाह गरेछ नी भन्दै कसैले गाउँको ताजा खवर छुस्स सुनायो, सुन्ने वित्तिकै मनमा लौ ! कति सानो उमेरमा विवाह गरेछन् त ! भन्ने लाग्यो । त्यो नानी त बल्ल १५ बर्षकै हारहारीमा छिन होला त अनि केटा त अलि जेठो नै होला,कति बर्षको रहेछ ? खै, भयो होला नी २० बर्ष तर, वास्तवमा केटाको उमेरपनि १७ बर्षको नै रहेछ । कस्तो सानै उमेरमा पो विवाह… पुरा पढौ