भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भ्रमणका लागि आज (शुक्रबार) टोलीसहित भारत जाँदैछन्। देउवा ४ मन्त्रीसहितको टोली लिएर भारतको औपचारिक भ्रमणमा निस्किन लागेका हुन्। देउवासँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा रहनेछन्। साथै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिर्सिङ पनि सहभागी हुनेछन्। सरकारले प्रधानमन्त्री देउवाले आजदेखि ३ दिनसम्म गर्ने भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरिसकेको छ।…
पुरा पढौ