देश

चैते धानको बिक्री गर्ने जिम्मा सरकारले लिनैपर्छः मन्त्री बराल

नवलपुर ५, फागुन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले किसानले उत्पादन गरेको चैते धान बिक्रिको जिम्मा सरकारले लिनु पर्ने बताएका छन् । प्रदेशको अर्थ मन्त्रालयले विहीबार नवलपुरको कावासोतीमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले यस्तो बताएका हुन् । छलफलको क्रममा नवलपुरमा किसानले उत्पादन गरेको चैते धान बिक्रि गर्ने मुख्य समस्या भएको कुरा सार्वजनिक भएसंगै मन्त्री बरालले किसानले दुःख, सुख गरेर उत्पादन गरेको धानको बिक्रि वितरण गर्ने जिम्मा सरकारले… पुरा पढौ

कांग्रेस केन्द्रिय सदस्य गुरु बराल भन्छन् : एमसिसी राष्ट्र हितमा छ

पोखरा फागुन ५ । नेपाली काग्रेसका केन्द्रिय सदस्य गुरु बरालले एमसिसि र विआर आई जस्ता बैदेशिक सहयोग राष्ट्र हितमा रहेको बताएका छन । एमसिसि सहयोग नेपालले लिन असयोग गरेमा नेपालमा उत्पादन गरेको विद्युत अबको पाँच बर्षमा खोलामा फाल्नु पर्ने अवस्था आउन्न सक्ने कुराको संकेत गर्दै बरालले नेपाल जस्तो विकास उन्मुख राष्ट्रले एमसिसि सहयोग लिनु पर्ने कुरामा जोड दिए । नेपाली काग्रेस पोखरा महानगर पालिका ६ ले बुधबार अयोजना गरेको चार नम्बर टोल कार्यसमिति गठन सहिति जेष्ठ नागरिक सम्मान कार्यक्रमको उद्घाटनमा… पुरा पढौ

फागुन ७ गते पोखरामा राप्रपाको आमसभा, अध्यक्ष लिंग्देनसहितको शीर्ष नेताहरुले सम्बोधन गर्ने

पोखरा, फागुन ५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरामा बृहद आमसभा गर्ने भएको छ । राप्रपा कास्कीको आयोजनामा पोखरामा यहि फागुन ७ गते शनिबार बृहद आमसभा हुने भएको हो । पोखराको चिप्लेढुंगामा बृहद आमसभा गर्ने तयारी गरेको राप्रपा कास्कीले विहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । बृहद आमसभा अघि पोखराको पृथ्वीचोकबाट ¥याली निकालिने राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । पृथ्वीचोकबाट निस्केको ¥याली सभागृहचोक, न्यूरोडहुँदै चिप्लेढुंगा मानवअधिकार चोकमा आएर आमसभामा परिणत हुने उनले जानकारी दिए । पोखरामा हुने आमसभालाई… पुरा पढौ

१६ जिल्लामा कांग्रेसको अधिवेशन फागुन १५ गते

काठमाण्डौं । नेपाली कांग्रेसले यही फागुन १३ गतेका लागि पूर्वनिर्धारित १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वबाट अनुरोध भई आएबमोजिम जिल्ला अधिवेशनको कार्यतालिका र मिति संशोधन गरिएको जनाएको हो । यसअघि कांग्रेसले अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीको जिल्ला अधिवेशन फागुन १३ गतेका लागि निर्धारण गरेको थियो । उल्लेखित… पुरा पढौ

ऊर्जामन्त्री भुसालसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकैबाट काम गरिरहने सरकारको प्रतिबद्धता रहेको बताइन् । नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, ई–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टुरिजम्को प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गरिन्… पुरा पढौ

८६३ फर्म कारबाहीमा

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आवको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ। विभागले सात महिनाका अवधिमा काठमाडौँ उपत्यका लगायतका क्षेत्रका एक हजार ८१९ बढी फर्मको अनुगमन गरेको थियो । अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाहीस्वरुप जरिवाना गर्दा रु. ८९ लाख ८० हजार राजस्व सङ्कलन भएको जनाइएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पङ्गेनीले जानकारी दिए । उनले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको… पुरा पढौ

स्थानीय निर्वाचनः मेयर–उपमेयर दोहोरिन चाहनेले राजीनामा दिनुपर्ने

निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा बहालवाला पदाधिकारीले उम्मेदवारी दिन चाहेमा राजीनामा दिनुपर्ने प्रावधान अघि सारेको छ। आयोगले तयार गरेको आचारसंहिताको मस्यौदामा स्थानीय तहबाट पारिश्रमिक र सुविधा लिइरहेको व्यक्तिले पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार बन्न सकिने व्यवस्था छ। आयोगले आचारसंहिताको मस्यौदा दलहरूलाई सुझावका लागि पठाएको थियो। दलहरूले दिएको सुझावका आधारमा आचारसंहितालाई मंगलबारसम्म अन्तिम रूप दिने आयोगको तयारी छ। स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान रहेकाले आचारसंहितामै यो प्रावधान राख्न… पुरा पढौ

स्थानीय तह निर्वाचनका लागिआजदेखि दल दर्ता

निर्वाचन आयोगले दल दर्ता का लागि आह्वान गरेको छ। आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको हो। आजदेखि यही फागुन १५ गतेसम्म दल दर्ताको समय निर्धारण गरिएको छ। स्थानीय तह निर्वाचन आउँदो वैशाख ३० गते हुने निर्णय भइसकेको छ। उक्त निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले दल दर्ता गराउनुपर्नेछ। हाल निर्वाचन आयोगमा १०३ वटा दल दर्ता छन्। ती दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुपर्ने व्यवस्था छ। पुरा पढौ

स्थानीय तह निर्वाचनसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको छ । सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले स्थानीय तह निर्वाचनसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार यसअघि उक्त रिट दरपिठ भएको थियो । आदेशमा निवेदन दरपिठ गरेको सर्वोच्च अदालतको रजिष्ट्रारको माघ २६ गतेको आदेश बदर गरिएको उल्लेख छ । “स्थानीय तहका पदाधिकारीको पदावधि कहिलेसम्म रहने हो अर्थात् कुन मितिमा पदावधि समाप्त हुने हो भन्ने संविधान र कानूनमा… पुरा पढौ

एमसिसी विरुद्धको प्रदर्शनका क्रममा झडप हुँदा वाईसिएल अध्यक्ष सुमन देवकोटा घाईते

पोखरा, फागुन ४ मिलिनियम च्यालेञ्ज कर्पोरेस (एमसिसी) विरुद्धको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा वाईसिएल अध्यक्ष सुमन देवकोटा घाईते भएका छन् । एमसिसी संसदमा टेबल हुने भएपछि त्यसको विरोध बुधबार काठमाडौंको नया बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि भएको झडपमा वाईसिएल अध्यक्ष देवकोटा घाइते भएका हुन् । प्रदर्शनका क्रममा उनलाई प्रहरीले लछारपछार गर्दै टाउकोमा लाठीले प्रहार गर्दा उनको टाउकोमा चोट लागेको छ । टाउकोको पछाडि पट्टी एकातर्फ गहिरो र अर्कोतर्फ केहि कम चोट लागेको घाइते वाईसिएल अध्यक्ष देवकोटाले बताए… पुरा पढौ