देश

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो । निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो । पुरा पढौ

रूपाको माध्यमिक तह हाजिरी जवाफमा शिवालय पहिलो

पोखरा । कास्की रूपा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबिच भएको माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिवालय मा. वि. पहिलो भएको छ । कालिका माध्यमिक विद्यालय, वडा नम्बर १ को आयोजनामा शुव्रmबार सम्पन्न प्रतियोगितामा रूपा गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयमध्ये ७ ओटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा वडा नम्बर २, थुम्कीस्थित शिवालयले ५५ अङ्कसहित पहिलो स्थान हासिल गरेको हो । सो विद्यालयबाट धिरज सुनार, समीक्षा राना मगर र निश्चल ओझा सहभागी थिए । यस्तै वडा नम्बर ६, तालबेसीस्थित रूपाज्योति मा. वि. दोस्रो, वडा नम्बर… पुरा पढौ

भण्डारीको व्यावसायिक अनुसन्धान विधि बजारमा

नेपाल कमर्श क्याम्पस, त्रिभुवन विश्वविद्यलायका उपप्राध्यापक तथा अनुसन्धानकर्ता डिलाराम भण्डारीद्वारा लिखित व्यवसायिक अनुसन्धान विधि-Businesh research methods_को तेस्रो प्रकाशन बजारमा आएको छ ।राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न अनुसन्धानात्मक लेख रचना प्रकाशित गर्नुभएका भण्डारीको नेपाली र अंग्रेजी दुबै माध्यममा लिखित पुस्तक सुकुन्दा पुस्तक भवन भोटाहिटीले प्रकाशन गरेको हो । जम्मा सात अध्याय सहित विभिन्न उदाहरण र सिलसिलावद्ध रहेको पुस्तक विश्वविद्यालयका विद्यार्थी, अनुसन्धाता एवम् अनुसन्धानमा रुचि राख्ने जोकोहीका लागि बहुउपयोगी बन्ने विश्वास लिइएको छ ।कुल २२८ पृष्ठमा समेटिएको पुस्तकको मूल्य ३८० रुपैयाँ छ… पुरा पढौ

चुनावपछि एमाले कहाँ छ भनेर टर्च बालेर खोज्नुपर्छ : नेपाल

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीस चोलेन्द्र समसेर जबरालाई महाअभियोग लगाउने कुरा हल्ला मात्र भएको बताएका छन् । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशको आयोजनामा शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले प्रधानन्यायाधीस जबरालाई महाअभियोग लगाउनेबारे प्रस्ताव नै नआएको बताएका हुन् । ‘प्रधानन्यायाधीस जबरालाई महाअभियोग लगाउने कुरा बजार हल्ला मात्र हो । यसबारे कसैले प्रस्ताव ल्याएको पनि छैन । दलहरुबीच छलफल पनि भएको छैन । हल्लाको पछि कुद्न जरुरी छैन’–उनले भने ।… पुरा पढौ

कास्कीका मुस्मिल समुदायका बालवालिका निरन्तर विद्यालय जाँदैनन्

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पोखराको आयोजनामा रुपा गाउँपालिका वडा नं ६ मा शिक्षाको अधिकारबारे शिक्षक र अभिभावक र विद्यार्थीहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा जनप्रतिनिधि , मुस्मिल समुदायका विद्यार्थी , अभिभावकहरु र विद्यालयका शिक्षकहरुबिच शिक्षाको अधिकारबारे अन्तरक्रिया गरिएको थियो ।वडा नं ६ मा रहेका मुस्लिम समुदायका बालवालिकाहरु भर्ना भएपनि विद्यालयमा निरन्तरता दिन छाड्ने गरेका छन् ।रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले नयाँ पुस्ताले अधिकारका विषयमा अध्ययन गरेर पुरानो पुस्तालाई सिकाउन आवश्यक रहेको बताउनुभयो ।बाल विवाह र बहुबिवाहलाई संविधानले… पुरा पढौ

रूपा मावि स्तरिय हाजिरी जवाफ प्रतियोगितामा शिवालय मावि पहिलो

कास्कीको रूपा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबिच भएको माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिवालय मा। वि। पहिलो भएको छ । कालिका माध्यमिक विद्यालय, वडा नम्बर १ को आयोजनामा शुव्रmबार सम्पन्न प्रतियोगितामा रूपा गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयमध्ये ७ ओटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा वडा नम्बर २, थुम्कीस्थित शिवालयले ५५ अङ्कसहित पहिलो स्थान हासिल गरेको हो । सो विद्यालयबाट धिरज सुनार, समीक्षा राना मगर र निश्चल ओझा सहभागी थिए । यस्तै वडा नम्बर ६, तालबेसीस्थित रूपाज्योति मा। वि। दोस्रो, वडा नम्बर ३, पोल्याङस्थित… पुरा पढौ

सुनको मूल्यमा गिरावट

काठमाडौँ । नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदी बिहिबारको तुलनामा प्रतितोला रु. पाँच घटेर रु. एक हजार २४५ कायम भएको छ… पुरा पढौ

मध्य भोटेकोशीको आइपिओ बाँडफाँट

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३ लाख ९० हजार २१८ ले आवेदन दिएका थिए । आवेदन दिएकामध्य ९५ हजार ७२२ को आवेदन रद्द भएको र बाँकी २२ लाख ९४ हजार ४९६ योग्य आवेदकमध्ये आठ लाख १९ हजारलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ… पुरा पढौ

श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न युएईमा रहेका नेपालीको माग

काठमााण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने अभियान अगाडि बढाएको बताए । आबुधावी डाइलगको छैटौँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएका उहाँले आज त्यहाँस्थित नेपाली समुदायसँगको छलफलमा विदेशमा रहेका नेपाली श्रमिकको हकअधिकारका लागि सरकारले आवाज उठाउँदै आएको बताए । उनले प्रवासी नेपाली श्रमिकका श्रम अधिकार तथा सीप विकासका विषयमा युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारसँगको भएको छलफल उपलब्धिमूलक भएको मन्त्री… पुरा पढौ

संसद् अधिवेशन अन्त्यको राष्ट्रपतिसमक्ष सिफारिस

काठमाण्डौं । सरकारले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्यका लागि सिफारिस गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए । गत भदौ २३ देखि सुरु भएको संसद् अधिवेशन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लगातार अवरोध गर्दै आएको थियो । पुरा पढौ