देश

भौतिक उपस्थितिमै आजदेखि त्रिविका सबै कलेजहरु खुल्दै

त्रिविका सबै कलेजहरु भौतिक उपस्थितिमै आज (शुक्रवार) देखि खुल्दैछन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त सबै कलेजहरुमा भौतिक उपस्थितिमै कक्षा संचालन हुने भएको हो। कोरोना महामारीको संभावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाइ भौतिक उपस्थितिमै कक्षा संचालन गरिने त्रिविले जनाएको छ। गएको भदौ २७ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सर्तकता अपनाउँदै भौतिक उपस्थितिमा कक्षा संचालन गर्ने निर्णय गरेको थियो। पालिकाले तोकेको समय सीमा र मापदण्डभित्र रहेर त्रिवि अन्तर्गतका कलेज संचालन गरिने जनाइएको छ। यसअघि, महामारीको जोखिमलाई ध्यानमा राख्दै अनलाइन कक्षा संचालन… पुरा पढौ

३५ पत्रकार प्रेस काउन्सिलबाट पुरस्कृत हुँदै

यो वर्ष प्रेस काउन्सिल नेपालबाट ३५ पत्रकारहरु पुरस्कृत हुँदैछन्। पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका पत्रकारलाई प्रेस काउन्सिलले वार्षिकोत्सवमा पुरस्कृत गर्न लागेको हो। जसमध्ये पोखराका २ पत्रकार प्रेस काउन्सिलको पत्रकारिता पुरस्कार पाउनेमा परेका छन्। ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’बाट प्रेस स्वतन्त्रता सेनानी एवं बरिष्ठ पत्रकार बद्रिविनोद खनाल ‘प्रतिक’ पुरस्कृत हुँदैछन्। ‘प्रतिक’ ले १ लाख १० हजार राशीको पुरस्कार पाउँदैछन्। त्यस्तै, ‘प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार’ बाट पत्रकार जमुना शर्मा ‘वर्षा’ पुरस्कृत हुँदैछन्। उक्त पुरस्कारबाट शर्मासँगै रूपा गहतराज र अञ्जु… पुरा पढौ

प्रधानमन्त्री देउवाबाट भूमि आयोगका अध्यक्षलाई शपथ

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले उनलाई शपथ गराएका हुन् । सोही कार्यक्रममा अध्यक्ष निरौलाले आयोगका उपाध्यक्ष मीनेन्द्र खड्कालाई पद तथा गोपनीयताको शपथ गराएको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिए । शपथपछि प्रधानमन्त्री देउवाले भूमिसम्बन्धी समस्या लिपीबद्ध तथा व्यवस्थित गरेर दत्तचित्तका साथ समाधान गर्ने अपेक्षासहित आयोगका पदाधिकारीलाई बधाई दिएका थिए । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन… पुरा पढौ

विकासका लागि एमाले नै चाहिन्छ : अध्यक्ष ओली

पोखरा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तिब्रगतिमा अगाडि बढेको दाबी गरेका छन् । नेकपा (एमाले) रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले विकासका कामहरू अगाडि बढाउन एमाले पार्टी नै चाहिने दाबी गरे । अध्यक्ष ओलीले भने, “देश बनाउन एमाले चाहिन्छ भन्ने कुरा सिद्धबाबाको सुरुङमार्ग, भैरहवा एयरपोर्ट र लुम्बिनीलगायत विकासका पूर्वाधार हेरे पुग्छ ।” उनले एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उनले अझै सक्रिय भएर काम… पुरा पढौ

बुधबार १७६० जनामा संक्रमण पुष्टि हुँदा १२२० संक्रमणमुक्त

काठमाण्डौं । विगत २४ घण्टामा देशभर एक हजार ७६० मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार १६ हजार ८४४ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी आज काठमाडौँ उपत्यकामा ४९५ जनामा सङ्क्रमण पुष्टि भएको छ । उनका अनुसार भक्तपुरमा ६३ जना, ललितपुरमा ७२ र काठमाडौँ ३६० सङ्क्रमित भेटिएका छन् । पछिल्लो पटक कूल परीक्षण गराएकामध्ये सङ्क्रमित हुने दरमा पनि कमी आएको पौडेलले बताए । गत साउनमा परीक्षण गराएकामध्ये… पुरा पढौ

सुनका गहनासहित दुई पक्राउ

काठमाण्डौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलोग्राम ३६० ग्राम सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँबाट विराटनगर जान लागेको श्री एयरलाइन्सको उडान चेकजाँचका क्रममा उक्त गरगहनासहित कैलाली वदगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका–२ का ४७ वर्षीय मुरारीराज अधिकारीलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । भण्डारी र अधिकारीको ब्याग एक्सरे मेसिनमा चेक गर्ने क्रममा रु दुई करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी… पुरा पढौ

ग्रामिण कृषकलाई अर्गानिक प्रमाणिकरण सम्बन्धि क्षमता विकास तालिम

स्थानिय दिगो विकास मार्फत ग्रामिण जीविका सुदृढिकरण परियोजना अन्तर्गत चिल्ड्रेन नेपालको आयोजना र डिव डेनमार्कको सहयोगमा अर्गानिक प्रमाणिकरण सम्बन्धि क्षमता विकास तालिम सम्पन्न भएको छ । अन्नपुर्ण गाउँपालिका वडा नं।१ लेवाडेमा अवस्थिति चिल्ड्रेन नेपालको भवनमा भएको उक्त तालिममा परियोजना सुरु भएको अन्नपुर्ण गाउँपालिकाको लेवाडे ,फलापानी र तनहुँ म्याग्दे गाउँपालिकाको गुन्जराका करिब २२ कृषकको सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष युवाराज कुंवारले चिल्ड्रेन नेपालले अर्गानिक कृषिका लागि गरेको पहल कदमको खुलेर प्रशंसा गर्नु भयो ।… पुरा पढौ

उच्च मनोवलका साथ ईपीएल २०२१ मा देखिँदै पोखरा राइनोज

नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभेरेष्ट प्रिमियर लिगको चौथो संस्करणमा पोखरा राइनोज उच्च मनोवलका साथ देखिने भएको छ । लिगको यस अघिका सबै सिजनमा सहभागी राइनोजको यसपटक उपाधि जित्ने लक्ष्य रहेको छ । यसका लागि राइनोजले आफ्नो नयाँ लोगो र नयाँ रङ्ग सहितको परिवर्तित जर्सी सार्वजनिक गरेको छ ।जीतको प्रतीक सुन्तला रङ्ग थपिएको राइनोजको पछिल्लो लोगोमा गैंडाको टाउको देखाइएको छ भने माछापुच्छ्रे हिमाल मुनि ब्याट्स्म्यानले बल प्रहार गरेको पनि लोगोमा झल्काइएको छ । राइनोजको नयाँ जर्सीमा पनि पोखराको प्रतीक झल्कने माछापुच्छ्रे… पुरा पढौ

समाज सेवामा रोटरी क्लव अफ पोखराको भूमिका प्रशंसनिय : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले समाज सेवामा रोटरी क्लव अफ पोखराको भूमिका प्रशंसनिय रहेको बताउनुभएको छ । नेपाली काँग्रेस पोखरा २१ ले निर्मलपोखरी स्वास्थ्य चौकीमा आयोजना गरेको अक्सिजन कन्सलटेटर र सिलिण्डर हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले रोटरी क्लवले स्वास्थ्य, शिक्षा र समाज विकासका कार्यमा अग्रसरता लिएको बताउनुभयो । मन्त्री थापाले निर्मलपोखरी र कृस्ती लगायतका ठाउँहरुमा विकास निर्माणका कामलाई गतिशिलता दिन आफ्नो पहलकदमी हुने बताउनुभयो । स्वास्थ्य चौकीको भौतिक स्तरउन्नतिलाई समेत सुधार गर्दै स्वास्थ्य सेवालाई… पुरा पढौ

बगैचा टोल विकास संस्था बैदामको अध्यक्षमा मीना ढकाल

बगैचा टोल विकास सस्थापोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा पुनः मिना ढकाल चयन भएकी छन । संस्थाको बुधबार सम्पन्नप्रथमअधिबेशनतथा दोस्रो साधारणसभाले ढकालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतिले चयन गरको हो । सस्थाको उपाध्यक्षमा उर्मिला ढकाल चयन भएकी छन् । यस्तै सचिवमा रेनु थापा लामिछाने, कोषाध्यक्षमा राम ढकाल, सहसचिवमा रमा शिवभक्ती चुनिएकी छन्। यस्तै सदस्यहरुमा बासु बराल, चन्द्रकला घिमिरे पहारी, गौमाता कुवँर, मिठु गिरी, शोभाखर सुनार, जानुका पौडेल, कृष्ण शाक्य, चन्द्र रानाभाट, हरि ढकाल र सिता पौडेल… पुरा पढौ