देश

काँग्रेसले विविध कार्यक्रमसहित राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

आज पुस १६ अर्थात ४६ औं राष्ट्रिय मेलमिलाप दिवस। विभिन्न कार्यक्रम गरी आजको दिन यो दिवस मनाइन्छ। २०३३ साल पुस १६ गते नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु ८ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएको सम्झनामा यो दिवस मनाइन्छ। दिवसका अवसरमा आज (शुक्रबार) काँग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्। यस अवसरमा बिपी संग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्न लागिएको जनाइएको छ। ८ वर्षको भारत प्रवासपछि २०३३… पुरा पढौ

काठमाडौँमा वर्षा, चन्द्रागिरिमा हिमपात

काठमाडौँ। राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिए । चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ… पुरा पढौ

छाप्न सुरु भयो फेरि स्मार्ट लाइसेन्स

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु गरेको छ। फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको हो। कार्ड नभएकाले विगत एक वर्षदेखि छपाइ बन्द थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा मंगलबारबाट लाइसेन्स छपाइ सुरु गरिएको विभागले जनाएको छ। झन्डै ७ लाख प्रति लाइसेन्स छाप्न बाँकी छ। विभागले ३ सिफ्टमा दैनिक ७ देखि १० हजार प्रति कार्ड छाप्ने जनाएको छ। एक महिनाभित्रै लाइसेन्स दिने व्यवस्था मिलाइएको छ। विभागले नयाँ आवेदन खुला गरिरहेको छ। आवेदन… पुरा पढौ

पोखरामा मंगलबार रातिदेखि लगातार वर्षा

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण मंगलबारदेखि पोखरा लगायत देशभर वर्षा भएको छ। मंगलबार दिउँसोदेखि पोखरा देशभर सामान्य देखि पूर्णतया बदली रहयो। बुधबार पनि लगातार वर्षा भइरहेछ।पोखरा लगायत धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको समाचार छ। गण्डकी प्रदेशको उच्च हिमाली जिल्ला मनाङ र मुस्ताङमा हिउँ परेका कारण त्यहाँको जनजीवन कष्टकर बनेको समाचार छ। पुरा पढौ

माओवादी केन्द्रमा २ लाइन संघर्ष

नेकपा (माओवादी केन्द्र)को महाधिवेशन अन्तर्गत बन्द सत्रको हलभित्र स्थायी समिति सदस्य राम कार्कीले मंगलबार पूरक प्रस्तावका रूपमा फरक दस्तावेज पेस गरेका छन्। उनको दस्तावेजलाई पनि समूहमा वितरण गरिएको छ। यसले पार्टीमा २ लाइन संघर्ष देखिएको छ। २ लाइन संघर्षले पार्टीलाई जीवन्त राख्नेमा कार्कीले जोड दिएका छन्। महाधिवेशन अन्तर्गत पार्टीको केन्द्रीय समितिमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेका बेला मंगलबार बसेको स्थायी… पुरा पढौ

पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द

काठमाडौँ। प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धुप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ । धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे पूर्ण… पुरा पढौ

रामेछाप प्रहरीद्वारा २८ वर्षपछि फरार प्रतिवादी पक्राउ

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक गौश्वारा गाविस–७ र हाल दोरम्बा शैलुङ गाउँपालिका–४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए । निज प्रतिवादीसमेत चार जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई पुरानो विवादका कारण चक्कुले मुटु छेड्ने गरी प्रहार गरी हत्या गरेर फरार रहेका थिए । होमबहादुरबाहेक अन्य तीन अभियुक्तमध्ये चन्द्रबहादुर मगर र गङ्गाबहादुर मगरले कैद… पुरा पढौ

विधानबाट ‘साम्यवाद’ र ‘वर्ग संघर्ष’ हटाउने निर्वाचन आयोगको निर्णयप्रति माओवादी केन्द्रको आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ। निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएको छ। आयोगको उक्त निर्णयप्रति माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आपत्ति प्रकट गरे। आयोगले माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्ग संघर्ष, जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो। माओवादी केन्द्रको जारी राष्ट्रिय महाधिवेशनको बन्दसत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महराले आयोगको निर्णयको प्रतिवाद गरे। उनले भने्, ‘कम्युनिस्टहरूको शब्द नै साम्यवाद हो।… पुरा पढौ

माओवादी केन्द्र महाधिवेशनः प्रचण्डको प्रतिवेदनमाथि आज छलफल

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनबारे आज (मंगलबार) २५ समूहमा छलफल हुँदैछ। छलफलका लागि सोमबारै २५ वटा समूह बनाइएको छ। प्रचण्डको प्रतिवेदनमा आज दिनभर छलफल गरेर भोलि बुधबार ती समूहले निष्कर्ष सुनाउने कार्यतालिका छ। प्रतिवेदनमा छलफल गर्न जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार परिषदका ३ समूह बनाइएको छ। यसको टोली नेता नन्दकुमार थापालाई तोकिएको छ। प्रदेश १ का २ समूह बनाइएको छ। जसको टोली नेतामा हर्क गुरुङ छन्। प्रदेश २ का… पुरा पढौ

बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा आज सुरु भएको बन्दसत्रमा उनले वैचारिक एवं राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् । उक्त प्रतिवेदन हालसम्म प्रतिनिधि तथा पर्यवेक्षकलाई वितरण गरिएको छैन । अध्यक्षको प्रतिवेदनलगत्तै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गरे । बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा… पुरा पढौ