देश

शुक्रबार देशभर कोरोना संक्रमितभन्दा निको हुने दोब्बर

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित हुने भन्दा निको हुनको संख्या दोब्बरले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार ३ हजार ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ६ हजार ६३६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् । ३ हजार २४ पीसीआर र ४५५ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पाइएको हो । यस्तै सोही अवधीमा संक्रमणबाट ९९ जनाको निधन भएको पनि मन्त्रालयले जनाएको छ । योसहित नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि… पुरा पढौ

३१ सांसदको हस्ताक्षरसहित बिपक्षी गठबन्धनले धारा ६८ (५) बमोजिम वैकल्पिक सरकारको दाबी गर्दै

गण्डकी प्रदेशमा बिपक्षी गठबन्धनले वैकल्पिक सरकार गठनको दाबी गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त रुपमा बनेको बिपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम वैकल्पिक सरकारका लागि दाबी प्रस्तुत गर्ने भएको हो । ६० सदस्य रहेको प्रदेश सभामा रहेको ३१ प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखको जान लागिएको नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता रामजीप्रसाद बरालले… पुरा पढौ

थापा फेरी पदमुक्त

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पुनः पदमुक्त भएका छन् । बागलुङ निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद थापा गण्डकी प्रदेश सभा सदस्य पदबाट दोश्रो पटक पदमुक्त भएका हुन् । जनमोर्चाले पार्टीको निर्णय अनुसार प्रदेश सभा सदस्य थापालाई पदमुक्त गर्न गरेको सिफारिसका आधारमा उनी पदमुक्त भएको र उनको ठाउँमा प्रदेश सभा सदस्य पद रिक्त रहेको शुक्रबार बसेको गण्डकी प्रदेश सभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । यसअघी गत जेठ २० गतेपनि जनमोर्चाले प्रदेश सभा सदस्य… पुरा पढौ

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

धनुषा । पोखरीमा डुबेर एकैपटक धनुषामा पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको… पुरा पढौ

नेपाली युवालाई अस्ट्रेलियाब्यापी शारीरिक सुगठन प्रतियोगितामा दुई स्वर्ण

ब्रिसबेन । अस्ट्रेलियाको ब्रिसबेनमा २९ मे शनिवार भएको आइएनबिए नेसनल अस्ट्रेलिया च्याम्पेनसिपमा नेपाली मुलका युवा सुजन सिल्पकारले दुईवटा गोल्ड एक सिल्भर मेडल जित्न सफल भएका छन् । सिल्पकारले म्यान्स फिजिक्स नोभिसमा गोल्ड मेडल, मेन्स ओपन हाइट क्लासमा अर्को गोल्ड र मेन्स फिजिक्स ३० प्लसमा सिल्भर मेडल जितेका हुन् । अस्ट्रेलियाभरिका करिव २ सय भन्दा बढी प्रतिस्पर्धीलाई पछाडी पार्दै सिल्पकारले यो उपाधी जितेका हुन् । नेपालको पोखरामा जन्मिएको सिल्पकार २००९ मा अस्ट्रेलिया आएका थिए । १६ बर्षको उमेर देखिनै जीम जान… पुरा पढौ

नागरिक अगुवाको प्रर्दशनमा प्रहरी हस्तक्षेप, १८ जना पक्राउ

काठमाण्डौं । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपको विरोधमा प्रर्दशनमा उत्रिएका नागरिक अगुवाहरु माथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले नारायण वाग्ले, खगेन्द्र संग्रौलासहितका १८ नागरिक अगुवाहरुको प्रर्दशनलाई हस्तक्षेप गर्दै काठमाण्डौंको बालुवाटारबाट पक्राउ गरेको हो । सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारी विरुद्ध प्रर्दशनमा उत्रिएका उनीहरुलाई प्रहरीले हस्तक्षेप गर्दै काठमाण्डौंको बालुवाटारबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई अहिले कमलपोखरी प्रहरी वृत्तमा राखिएको छ । नागरिक अगुवाहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन’, ‘सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल… पुरा पढौ

दलका प्रमुखसँग छलफल गर्दै सभामुख सापकोटा, प्रम ओली नजाने

विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (शुक्रबार) पूर्वप्रधानमन्त्री र दलका प्रमुखसँग छलफल गर्दैछन्। दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा पूर्वप्रधानमन्त्री र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखसँग सभामुख सापकोटाले छलफल गर्न लागेका हुन्। दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटा निरन्तर छलफलमा छन्। सापकोटाले यसअघि पनि पूर्व सभामुखसँग छलफल गरेका थिए। त्यस्तै उनले कानुनी र न्यायिक विज्ञसँग परामर्श गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि छलफलमा सहभागी हुन सभामुख सापकोटाले पत्र पठाएका छन्। पुरा पढौ

सेवा चुस्त पार्न गृहमन्त्री अधिकारीको निर्देशन

काठमाण्डौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री अधिकारीले मातहतका निकायले सेवाको प्रकृति अनुसार २४ सै घण्टा सेवा दिनुपर्ने बताए । उनले मन्त्रालयमा आएका काम छिटो र छरितो रुपमा सम्पादन गर्न र सेवाग्राहीलाई ढिलासुस्ती नगर्न पनि निर्देशन दिँदै त्यस्ता गतिविधि पाइए कारवाही गर्ने चेतावनी समेत दिए । गृहमन्त्री अधिकारीको निर्देशन अनुसार आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।… पुरा पढौ

गुरुङ बने अभागी मुख्यमन्त्री : पाएनन् विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् । गण्डकी प्रदेश सभा समक्ष विश्वासको मत मागेका उनले विश्वासको मत पाउन असफल भएका हुन् । प्रदेश सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री गुरुङले मागेको विश्वासको मतको पक्षमा बहुमत नपुगेको भन्दै विश्वासको मत असफल भएको घोषणा गरे । योसँगै राजनीतिक उतारचढावका कारण मुख्यमन्त्री पद गुमाउने गुरुङ पहिलो अभागी मुख्यमन्त्री हुन् । यसअघी प्रदेश नम्बर २, कर्णाली प्रदेश र सुदूरपश्चिम सरकारले विश्वासको मत पाइसकेका छन् । लुम्विनी प्रदेशमा भने पहिलो कार्यकालबाट राजिनामा… पुरा पढौ

प्रधानमन्त्री ओलीको गल्तीमा पृथ्वी सुब्बा गुरुङलाई सजाय नदिऔं : मायानाथ

नेकपा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले कमजोरी गर्दैमा प्रदेशमा दलहरु विभाजन नहुने बताएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मागेको विश्वासको मत प्रस्ताव माथिको छलफलमा बोल्दै उनले केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कमजोरी र गल्तीको सजाय प्रदेशमा पृथ्वी सुब्बा गुरुङलाई दिन नहुने बताएका हुन् । ‘काठमाडौंमा पानी पर्यो भन्दैमा यहाँ छाता ओढ्ने चलन छ, यो गलत हो, यस्तो काम हामीले गर्नु हुँदैन ।’ सचेतक अधिकारीले केन्द्रमा जेसुकै भएपनि प्रदेशमा सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।… पुरा पढौ