देश

हाम्रो प्रमुख सत्रु केपी ओलीको गुट अर्थात कथित एमाले : नेपाल

पोखरा, पुस ६ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको प्रमुख सत्रु नेकपा एमाले भएको घोषणा गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको गण्डकी प्रदेशस्तरीय बृहद प्रशिक्षण भेलालाई मंगलबार पोखरामा प्रशिक्षणात्मक मन्तव्य दिदै उनले यस्तो बताएका हुन् । उनले भने,‘केपी ओलीले कब्जा गरेको कथित नेकपा एमाले हाम्रो प्रमुख प्रतिद्वन्द्वी भएको छ, सत्रुको रुपमा रहेको छ ।’ केपी ओलीलेपनि आफू र आफ्नो पार्टीलाई सत्रुको रुपमा हेर्नुका साथै छुवाछुत गरिरहेको नेता नेपालको भनाई थियो । आफ्नो अनुहार हेर्दिन भन्दाभन्दैपनि… पुरा पढौ

बेनी–जोमसोम सडक स्तरोन्नतिको काम ६५ प्रतिशत सम्पन्न

गण्डकी । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डको स्तरोन्नति र कालोपत्र गर्ने काम ६५ प्रतिशत सम्पन्न भएको छ । ११ मिटर फराकिलो सडकमा बर्खाको समयमासमेत नियमित यातायातका साधन सञ्चालन हुनेगरी जोमसोम–कोरला खण्डको ८५ प्रतिशत र बेनी–जोमसोम सडक खण्डको ६५ प्रतिशत काम सम्पन्न भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बेनी–जोमसोम–कोरला सडकखण्डमा बेलिब्रिज विस्थापित गरी धमाधम पक्की पुल निर्माण गरिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन… पुरा पढौ

प्रतिनिधिसभा बैठकबाट दुई अध्यादेश स्वीकृत

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो । उक्त दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त दुवै अध्यादेशलाई पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिनुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधि सभाको… पुरा पढौ

सभामुख सापकोटाले बोलाए कार्य व्यवस्था परामर्श समितिको बैठक

सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। संसद् संचालनका लागि आवश्यक छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। समितिको बैठक बिहान साँढे ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने बताइएको छ। सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरोध जारी राखेको छ। सरकारले संसद् सुचारु गर्नका लागि सर्वदलीय बैठक बोलाएपनि एमाले सहभागी भएको छैन। पुरा पढौ

काँग्रेस महाधिवेशन: केन्द्रीय सदस्य (महिला खुला)को मतपरिणाम सार्वजनिक

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा गत मंसीर २७ गते भएको निर्वाचन अन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) तर्फको ९ सिटको मतपरिणाम सार्वजनिक गरिएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार डा डिला संग्रौला (पन्त) २,८८५, पुष्पा भुसाल २,७१८, डा आरजु राणा देउवा २,५३६, अम्बिका बस्नेत २,३३९, ईश्वरी न्यौपाने २,२५९ मतका साथ निर्वाचित भएका छन्। यसैगरी, सरिता प्रसाईं २,०९६, रमा कोइराला पौडेल १,८५८, शुसीला ढकाल आचार्य १,८०४ तथा रङ्गमती शाही १,७८९ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। पार्टीको… पुरा पढौ

काँग्रेस महाधिवेशन: अपांगता भएका खुला केन्द्रीय सदस्यमा मदनकृष्ण निर्वाचित

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा अन्तर्गत अपांगता भएका खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। ४ हजार ६ सय ७२ मत खसेकोमा श्रेष्ठले १६ सय ४० मत ल्याएर विजयी भएका हुन् । अपांगता भएको खुला पदका लागि १२ जनाको उमेदवारी परेको थियो। नेपाली काँग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २१ (९) बमोजिम श्रेष्ठ निर्वाचित भएका हुन्। पुरा पढौ

नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

सर्लाही । नक्कली नेपाली नोट सहित प्रहरीले सर्लाहीको मलंगवाबाट दुई भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूको साथबाट रु एक लाख १५ हजार बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ । पक्राउ पर्नेमा भारतको सोनवर्षाका ३७ वर्षीय सुरेन्द्र महतो ९आषिश० र ४८ वर्षीय प्रमोद कुमार रहेका सशस्त्र प्रहरीले जनाएको छ । नक्कली नोट बोकेर भारतीय बजार सोनवर्षाबाट नेपालतर्फ प्रवेश गर्न लाग्दा नाकामै उनीहरू पक्राउ परेका हुन् । सीमा छेउको गोरखकालीस्थित भन्सार कार्यालय अगाडि ड्युटिमा बसेका… पुरा पढौ

होस्टलका वार्डेनले विद्यार्थीको पिसाब फेर्ने अंगमा रबर बाँधिदिए

पोखरा, पुस ५ विद्यार्थीको हेर बिचार गर्न होस्टलमा वार्डेन राखिन्छ । उसको काम नै विद्यार्थीको खानपान, रहनसहन र पढाईबारे ख्याल राख्नु हो । उसो त वार्डेनलाई कतै आमा त कतै शिक्षककै रुपमा हेरिन्छ । आमा भनेको मायालु अनि शिक्षक भनेको गुरु । अर्थात शिक्षाको उज्यालो छर्ने । आमा र गुरुलाई भगवानकै रुपमा हेरिन्छ । तर पोखराका एक वार्डेनले विद्यार्थीको हेरचाह गर्नुको सट्टा उल्टै यातना दिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १५ गलेश्वरचोकमा रहेको न्यू–लाईफ स्कुलमा आश्रित डोल्पाका ५ वर्षिय… पुरा पढौ

तेर्सापट्टीको छायाँ सरकारले गिरिजाचोक ब्यबस्थापन गर्ने

पोखरा, पुस ५ पोखरा तेर्सापट्टीमा हालै घोषणा भएको छायाँ सरकारले गिरिजाचोक व्यवस्थापन गर्ने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ मा हालै छायाँ सरकार घोषणा गरिएको सरस्वती मन्दिर व्यवस्थापन समितिले स्थानिय गिरिजाचोकलाई व्यवस्थापन गर्ने भएको हो । स्थानिय सरकारका रुपमा रहेको वडा सरकार र त्यहाँ रहेका जनप्रतिनिधिले विकास निर्माण तथा सामाजिक काम नगरेको भन्दै घोषणा गरिएको उक्त छाया सरकारले गिरिजाचोकलाई केहि फराकिलो बनाउनुका साथै सो चोकको सौन्दर्यकरण गर्ने जनाइएको छ । जसका लागि स्थानिय राजकुमार श्रेष्ठलाई संयोजक तोकिएको छ… पुरा पढौ

पहिरोमा स्काभेटरसहित पुरिदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सोमबार पहिराले चालकसहित स्काभेटर पुरिदा स्काभेटर चालकको मृत्यु भएको छ । तुदी पावर कम्पनीद्वारा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको सडक निर्माणका क्रममा पहिरोमा पुरिएर चालक रघुगङ्गा–२ का अन्दाजी २७ वर्षका भीमबहादुर खत्रीको मृत्यु भएको हो । प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार सडक खनिरहेको अवस्थामा एक्कासि पहिरो खसेर उनि पुरिएका थिए । यसैगरी धवलागिरि गाउँपालिका–७ ताकमका अन्दाजी ७७ वर्षका गोरे थापा मृत भेटिएका छन् । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएका थापाको… पुरा पढौ