देश

सोमबारको शेयर बजार दोहोरो अङ्कले ओरालियो

काठमाण्डौ – पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेप्से आज १७ दशमलव ९३ अङ्कले घटेर दुई हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ । आज उत्पादन र माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । आज ५४ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ४६ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै… पुरा पढौ

सप्तरंग साँझ पुस ९ गते पोखरा अमरसिंहमा हुने

पोखरादेशका सातवटै प्रदेशमा आयोजना हुने गरी देश दौडाहा निस्केको ‘टिभिएस रेडर सप्तरंग–३’ पुस ९ गते पोखरामा हुने भएको छ । पोखराको अमरसिंह मैदानमा हुने उक्त कार्यक्रममा देशका आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् ।नेपाल समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको स्थानीय आयोजक बार्दली मिडियाले जनाएको छ । ‘सातै प्रदेशलाई सँगै जोड्ने गरी कार्यक्रम गरिरहेका छौं । तेस्रो संस्करणसम्म यसलाई सांगीतिक उत्सवकै रुपमा उभ्याउन सफल भएका छौं,’ बार्दलीका निर्देशक मन क्षेत्रीले भने । उनका अनुसार… पुरा पढौ

उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुनुहुँदैनःप्रम देउवा

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यतामा सरकार दृढ रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र तथा समाजका लागि उपयोग गर्नसक्ने वातावरण निर्माण गर्नु मुलुकको राष्ट्रिय दायित्व रहेको स्पष्ट पारेका हुन् । प्रधानमन्त्री देउवाले विश्वविद्यालयको शिक्षा केवल औपचारिक तथा सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी र समाज विकास एवं रुपान्तरणमा सहयोगी बन्नुपर्नेमा जोड दिए… पुरा पढौ

१४ औं हिसान स्पोर्टस् मिटको तयारी पुरा

पोखरा पोखरामा हुने १४ औं संस्करणको हिसान स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले जनाएको छ । “स्वास्थ्य, भातृत्व र प्रतिभाका लागि खेलकुद” भन्ने नाराका साथ यहि पौष ८ गतेदेखि ११ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो । १४ औं संस्करणको स्पोर्टस मिटमा भलिबल, टेबल टेनिस, ब्याडमिन्टन र बास्केटबलका गरी ४ इभेन्टमा ३ हजार विद्यार्थीहरुले सहभागिता जनाउने भएका छन् । हिसान कास्कीका अध्यक्ष याम बहादुर रोकाले जानकारी दिंदै १४ औं संस्करणमा… पुरा पढौ

त्रिभुवन विश्वविद्यालयले विश्व बजारमा बिक्ने शिक्षा दिनुपर्छःशिक्षामन्त्री पौड्याल

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो की भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री पौडेलले आज त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा सो कुरा बताएका हुन् । विश्व परिवेशमा विकसित ज्ञानलाई मुलुकमा भित्र्याएर देश विकासमा लगाउनुपर्नेमा हामीसँग भएका दक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता रहेकोप्रति चिन्ता प्रकट गरे । मन्त्री पौडेलले भने,“कतै हाम्रा विश्वविद्यालयका शैक्षिक कार्यक्रम, विषयवस्तु हाम्रो जीवनका आवश्यकतासँग मेल खाने हुन सकेनन्… पुरा पढौ

महानगरपालिकाद्धारा चार वर्षमा नौ वडाका कार्यालय भवन निर्माण

कास्की । पोखरा महानगरपालिकाले चार वर्षमा नौ वटा वडा कार्यालयका भवन बनाएको छ । गएको स्थानीय तह निर्वाचनपछि महानगरका ३३ वडामध्ये भवन नभएकामा नयाँ भवन निर्माण तथा अन्यको स्तरोन्नति गरिएको महानगरले जनाएको हो। वडा भवन निर्माणलाई प्राथमिकतामा राखेको महानगरले निर्माण गरेका भवन सुविधासम्पन्न र आधुनिक रहेका छन् । केहीमा विद्युतीय भ¥याङ राखिएको छ । अपाङ्गतामैत्रीसमेत छन् । भवनभित्रै पार्किङको सुविधा छ ।हालसम्म वडा नं २, ७, ११, १२, १६, १९, २२, ३० र ३२ मा नयाँ भवन निर्माण गरिएको महानगरका… पुरा पढौ

नेकपा माओवादी केन्द्र प्रदेश २ को बन्दसत्र सकियो

सर्लाही । जिल्लालाई नै सदस्य छान्ने जिम्मा दिँदै नेकपा (माओवादी) केन्द्र प्रदेश नं २ को बन्दसत्र सकिएको छ । सर्लाहीको लालबन्दीमा सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रले २७१ सदस्यीय प्रदेश समिति बनाउने र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । बन्दसत्रले जिल्लालाई जिल्लामा भएका सक्रिय सदस्यबाट आरक्षण कोटाअनुसार प्रदेश सदस्य तथा राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट गरेर प्रदेश आयोजक समितिमा यही पुस २० गतेसम्म पेश गर्ने जिम्मा दिइएको माओवादी केन्द्र प्रदेश नं २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।… पुरा पढौ

एघारौं पोखरा महोत्सव २०७८ को तयारी तिव्र

पोखरा ५ पुस ।एघारौ संस्करणको पोखरा महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव आयोजक युनाईटेड क्लवले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २८ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र परिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा वोल्दै पोखरा महोत्सव मुल आयोजक समारोहका संयोजक तथा युनाईटेड क्लव पोखराका अध्यक्ष राजु श्रेष्ठले एघारौ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको वताए । अध्यक्ष श्रेष्ठका अनुुसार १२ दिन सम्म आयोजना हुने… पुरा पढौ

कांग्रेसका दुई भ्रातृ संस्था नेतृत्वविहीन

काठमाडौ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेको छ । पार्टीको भर्खरै सम्पन्न १४औँ महाधिवेशनमा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गाना र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै पार्टीका दुई भ्रातृ संस्था नेतृत्व विहीन बन्न पुगेका हुन् । विस २०७३ कात्तिक ३० सम्पन्न तरुण दलको पोखरा अधिवेशनबाट अध्यक्ष बन्नुभएका बस्नेत र विसं २०७६ माघ १६ गते १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि बनेको तदर्थ समितिका अध्यक्ष ढुङ्गाना ९खुलातर्फ० केन्द्रीय सदस्य… पुरा पढौ

एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित

काठमाडौ । नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बैठक सुरु हुने वित्तिकै एमालेका सांसद देवेन्द्र दाहालले आफूहरुको माग सम्बोधन नभएकाले राष्ट्रियसभाको बैठक अगाडि बढ्न नसक्ने बताए । उहाँले १०औँ बैठकदेखि नै आफूहरुले उठाएको माग सम्बोधन हुन नसकेका कारण आफूहरुले सहज रुपमा बैठक अगाडि बढाउन नदिने बताए । प्रतिनिधिसभाका सभामुखले आफूहरुले कारबाही गरेका सांसदका सम्बन्धमा कुनै पनि निर्णय नगरेका कारण बैठक अगाडि बढ्नुको अर्थ नभएको तर्क उनले बताए । एमालेलेका सांसदले… पुरा पढौ