देश

पुस २७ गते दोस्रो ऋषिङ अल्ट्रा म्याराथान हुदै

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा दोस्रो ऋषिङ अल्ट्रा म्याराथन म्याराथन प्रतियोगिता हुने भएको छ । पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाको आयोजनामा यही पुस २७ गते अल्ट्रा म्याराथन हुन लागेको हो । गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसारका लागि प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले खेलकुदका गतिविधिलाई प्राथमिकतामा राखेको जनाउँदै केही समय अगाडी मात्रै पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको उनले बताए । गाउँपालिकाले पुस २७ गते खुल्ला म्याराथन, स्थानीय म्याराथन र महिला म्याराथन प्रतियोगिता एकैसाथ आयोजना गर्दैछ… पुरा पढौ

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य खुलातर्फ ३५ जना विजयी (सूचीसहित)

काठमाण्डौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आज सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसपछि क्रमशः एनपी साउद ९२,९३७०, बालकृष्ण खाँण ९२,८७९०, उदयशम्शेर राणा ९२,८४३०, रामहरि खतिवडा ९२,८३२०, ज्ञानेन्द्रबहादुर कार्की ९२,८२००, रमेश लेखक ९२,७८००, शङ्कर भण्डारी ९२,७६८०, जीपछिरिङ लामा ९२,७०२०, अर्जुननरसिंह केसी ९२,६५००, जीतजङ्ग बस्नेत ९२,५५७०, गोपालमान श्रेष्ठ ९२,५३८०, मोहनबहादुर बस्नेत… पुरा पढौ

युथ कम्युनिटी क्लब केन्द्रीय अध्यक्षमा पूर्ण श्रेष्ठ र महासचिवमा काजी श्रेष्ठ

पाेखरा । युथ कम्युनिटी क्लब, नेपाल शनिबार गठन गरिएको छ । ३ वर्ष अघि कास्की जिल्लाबाट सुरु भएमने युथ कम्युनिटी क्बल देशभर विस्तार गर्ने उद्देश्य अनुरुप केन्द्रीय समिति गठन गरिएको हाे । शनिबार पाेखरामा सम्पन्न भेलाले केन्द्रीय समिति गठन गरेकाे हाे । युथ कम्युनिटी क्लब, कास्कीका निवर्तमान अध्यक्ष पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा केन्द्रीय समिति गठन गरिएको हाे । ३ सय जना युवा व्यवसायी सदस्य रहकाे यस क्लब काठमाडौं, बुटवल, चितवनमा समेत विस्तार धभैसकेकाे छ । विभिन्न व्यवसायमा आवद्ध युवा व्यवसायीहरु बीच… पुरा पढौ

ओमिक्रोन फैलिन नदिन सीमा नाकामा कडाई

नवलपुर । केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बताईन् । उनका अनुसार बोर्डरलाई सुरक्षित पार्नका लागि त्रिवेणी स्वास्थ्य चौकीबाट भन्सारमा हेल्थ डेस्क राखिएकाले सीमा हुँदै नेपाल भित्रिनेहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाईएको छ । त्रिवेणी भन्सार खुलेको भए पनि… पुरा पढौ

सेराटारमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय लाभान्वित

तनहुँ । सूर्य नेपाल प्रालि सेराटार तनहुँको आयोजना लाईफ केयर डाइग्नोष्टिक पोखरा प्रालिको प्राविधिक सहयोगमा तनहुँको सेराटारमा गरिएको बृहद निःशुल्क स्वास्थ्य शिविरमा करीब ३ सय जना लाभान्वित भएका छन् । स्थानिय शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर थापाको स्वास्थ्य परीक्षण गरेर शुभारम्भ गरिएको कार्यक्रममा उनीहरु लाभान्वित भएका हुन् । स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन, सर्जरी र बालरोग विशेषज्ञसहितको टोलीले स्वास्थ्य परीक्षण गरेको लाईफ केयर डाइग्नोष्टिक पोखरा प्रालिका प्रबन्ध निर्देशक शुक्रराज कँडेलले जानकारी दिए । उनका अनुसार शिविरमा भिडियो एक्सरे… पुरा पढौ

जेसिजको अध्यक्षमा भण्डारी निर्वाचित

कास्की । नेपाल जेसिजको २०२२ को अध्यक्षमा दाङ त्रिभूवन नगरका जेसी लालमणी भण्डारी चयन भएका छन् । नेपाल जेसिजको ४८ औं राष्ट्रिय महाधिवेशनबाट भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अन्य ४ जना प्रतिपष्र्धीहरुलाई पछि पार्दै उनी आगामी कार्यकाल लागि अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा निर्वाचित भण्डारीले ३६५ मत प्राप्त गरे भने उनका निकटमत प्रतिष्पर्धी सेन विकास मानन्धरले २४९ मत प्राप्त गरे । त्यस्तै अध्यक्षका अन्य प्रतिष्पर्धीहरु जेसी गोकुल सापकोटाले ३००, जेसी श्यामसुन्दर पौडेलले २९८ र… पुरा पढौ

युथ कम्युनिटी क्लव पोखराको अध्यक्षमा गुरुङ

पोखरा, पुस ४ युथ कम्युनिटी क्लब पोखराको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले चिनबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा शर्मिला लामा, सचिवमा मोहन शाही, सह–सचिवमा सुशिला केसी र कोषाध्यक्षमा सुनिलकुमार ठाकुर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा लता बराल, महेश्वर तिमिल्सेना, दिलबहादुर कुँवर, चुननारायण श्रेष्ठ, शोभित बराल र कृष्ण केसी निर्वाचित भएको क्लवले जनाएको छ । संस्थापक अध्यक्ष पूर्णकुमार श्रेष्ठको अध्यक्षता तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री मघु अधिकारी गुरुङको प्रमुख आतिथ्यता भएको साधारण सभामा बोल्ने… पुरा पढौ

सेराटारमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय लाभान्वित

पोखरा, पुस ४ सूर्य नेपाल प्रालि सेराटार तनहुँको आयोजना लाईफ केयर डाइग्नोष्टिक पोखरा प्रालिको प्राविधिक सहयोगमा तनहुँको सेराटारमा गरिएको बृहद निःशुल्क स्वास्थ्य शिविरमा करीब ३ सय जना लाभान्वित भएका छन् । स्थानिय शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर थापाको स्वास्थ्य परीक्षण गरेर शुभारम्भ गरिएको कार्यक्रममा उनीहरु लाभान्वित भएका हुन् । स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन, सर्जरी र बालरोग विशेषज्ञसहितको टोलीले स्वास्थ्य परीक्षण गरेको लाईफ केयर डाइग्नोष्टिक पोखरा प्रालिका प्रबन्ध निर्देशक शुक्रराज कँडेलले जानकारी दिए । उनका अनुसार शिविरमा भिडियो… पुरा पढौ

पोखरालाई सुरक्षित बनाउन पर्यटन व्यवसायीको साथ आवश्यक : डिआईजी लोहनी

पोखरा ४ मङ्सिरगण्डकी प्रदेशका प्रहरी नायव महानिरिक्षक दिवेश लोहनीले पर्यटकीय नगरी पोखरालाई शान्ति सुरक्षा अमनचैनको प्रत्याभूत सहित सुरक्षित गन्तब्यको रुपमा चिनाउन पर्यटन व्यवसायीहरुको साथ र समन्वयको खाँचो रहेको बताएका छन् । पोखरा पर्यटन परिषद र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा ‘पोखरामा पर्यटन व्यवसायमा सुरक्षा व्यवस्थापन विषयक अन्तरक्रियात्मक अनुशिक्षण’ कार्यक्रमको उद्घाटनमा लोहनीले व्यवसायीको साथ र सहयोग हुने हो भने कुनै पनि अपराध लुक्न नसक्ने र अपराधिक घटना न्यूनिकरण हुने बताएका हुन् ।उनले पर्यटन व्यवसायिले होटलमा आउने पाहुनाको बास्तविक परिचय नलिने र… पुरा पढौ

कवि एल.बी. क्षेत्रीको एकल कविता वाचन पुस ९ गते हुने

पुस ४, पोखरा ।अग्रज साहित्यकार तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्रीले पोखरेली स्रष्टा साधकलाई आफ्ना कविताका माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिद्वारा आयोजित एल.बी.को एकल कविता वाचन कार्यक्रमलाई सम्बोधन नाम दिइएको महासचिव असफल गौतमले जानकारी दिए । यही पुस ९ गते दिनको ३ः३० बजे दी भिलेज रेष्टुरेण्ट चिप्लेढुङ्गामा हुने एकल कविता वाचनमा उनले दर्जन रोज्जा कविता सुनाउने बताइएको छ ।प्राध्यापन तथा साहित्य लेखनमा क्रियाशील क्षेत्री २०४४ सालदेखि २०७० सालसम्म वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा प्राध्यापनका… पुरा पढौ