देश

आज न्याय सेवा आयोगको बैठक बस्दै

न्याय सेवा आयोगको बैठक आज (बुधबार) बस्दै छ। आयोगको बैठक अपराह्न ३ बजे बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बैठक बोलाएका हुन्। बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ। न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बस्न लागेको हो। आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ। सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने व्यवस्था छ। रासस पुरा पढौ

एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए । नेपाली कांग्रेसको प्रदेश नं २ को अधिवेशनका लागि आज जनकपुरधाम पुगेका गृहमन्त्री खाँणले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा अगाडी बढेको भन्दै उक्त सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए । उनले देश विकासका लागि सरकारले नै एमसीसीको प्रस्ताव अघि बढाएको भन्दै एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पारे । सरकारले नेपालको विद्युतीकरण र सडक… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्ति, गण्डकी प्रदेशका लागि भटृराई

काठमाण्डौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा यही पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ । नियुक्त भएकाा निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ छन् । गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्री श्रीकृष्ण भटृराई, लुम्बिनी प्रदेशका लागि… पुरा पढौ

बजेट ८० प्रतिशत भन्दा बढी कार्यान्वयन गर्न अर्थमन्त्री बरालको निर्देशन

पर्वत ६, पुष गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले यस चालु आर्थिक बर्ष ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पर्वतमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले सिमित श्रोत साधनको अधिकत्तम प्रयोग गरी न्यूनतम ८० प्रतिशत बजेट कार्यान्वयन हुने गरी काम गर्न प्रादेशीक कार्यालयहरुलाई निर्देशन दिएका हुन् । कठीन अबस्थाका बाबजुद आफ्नो कार्यभार समयमै सक्ने गरी काम गर्नुपर्ने दायित्व बोध गर्न आग्रह गर्दै मन्त्री बरालले… पुरा पढौ

सभामुख एक्लै हुुनुहुन्न हामी छौ साथमाःअध्यक्ष नेपाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी( एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उनले कानुनको शासनपालना गर्ने र संविधानको सर्वोच्चताको स्वीकार गर्नेहरुले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुपर्ने उल्लेख गरे । उनले भने,“ सभामुखज्यू तपाई एक्लो हुनुहुन्न, तपाईको साथमा हामी पनि छौँ । दृढताका साथ अगाडि बढनुहोस् ।” तत्कालीन एमाले पार्टीबाट विद्रोह गरेर कम्युनिष्ट आन्दोलन जोगाउन र बचाउन कानूनको आधारमा… पुरा पढौ

लायन्सको दशौं महाधिवेशन पोखरामा हुने

६ पौष, कास्की । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दशौं महाधिवेशन पोखरामा हुने भएको छ ।महाधिवेशन तयारीका लागि लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष डम्बर सिं गुरुङ संयोजक रहले गरी ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा लायन्स क्लब अफ पोखरा सेती गण्डकीका पूर्व अध्यक्ष मिलन थापा, लायन्स क्लब अफ हेम्जाका पूर्व अध्यक्ष मोतिराज तिमिल्सीना र लायन्स क्लब अफ पोखरा गण्डकीका पूर्व अध्यक्ष पुजन शाक्य रहेका छन् ।त्यस्तै सदस्य सचिवमा लायन्स क्लब… पुरा पढौ

मधेशी क्लस्टरका नौ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक

काठमाडौ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टर तर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणाम अनुसार अजय चौरसिया दुई हजार ५२२ ,विनोद चौधरी दुई हजार २०६ ,चन्द्रमोहन यादव दुई हजार १३८ ,महेन्द्रकुमार राय एक हजार ९८४ र दिनेशकुमार यादवले एक हजार ९५९ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए । नव निर्वाचित केन्द्रीय सदस्य चौधरी प्रसिद्ध उद्योगपति हुन् । चन्द्रमोहन भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा… पुरा पढौ

भष्मासुर प्रवृत्तिबाट संविधान जोगाउन एमालेबाट विद्रोह गरेका हौं : बराल

नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्यूरो सदस्य तथा गण्डकी प्रदेश उपसचिव श्रीनाथ बरालले भष्मासुर प्रवृत्तिबाट संविधान जोगाउन एमालेबाट विद्रोह गरेर नया पार्टी खोल्नुपरेको बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको गण्डकी प्रदेशस्तरीय बृहद प्रशिक्षण भेलामा स्वागत मन्तव्य व्यक्त गर्दै उनले भष्मासुर प्रवृत्तिका केपी ओलीहरुले संसद र संविधान नै समाप्त पार्न खोजेपछि त्यसको संरक्षणका लागि विद्रोह गर्नुपरेको बताए । नेता बरालले हाल दक्षिणपन्थी अवसरवाद र दलाल पुँजीवादको घेराबन्दी भइरहेको बताए । यसलाई चिरेर समाजवादसम्म पुग्ने आफूहरुको लक्ष्य भएको उनले प्रष्ट्याए । आफूहरुको… पुरा पढौ

स्वर्ण त्रिकोणको प्रवद्र्धनात्मक भ्रमण सकियो

पोखरा, चितवन र लुम्बिनीबीचको पर्यटकीय साझेदारी बढाउने उद्देश्य अनुरुप ‘स्वर्ण त्रिकोण’ को अवधारणका साथ नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न भएको छ । पर्यटनको राजधानीका रुपमा विकास गर्न खोजिएको पोखरा, वन तथा वन्यजन्तु, पर्यापर्यटनको आकर्षक गन्तव्य चितवन र सांस्कृतिक पर्यटनको गन्तव्य लुम्बिनीबीच पर्यटकीय साझेदारी बढाउने उद्देश्यले गत शुक्रबारदेखि यी क्षेत्रको चार दिवसीय प्रवद्र्धनात्मक भ्रमण गरिएको हो । नेपाल पर्यटन बोर्ड, पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि एवं व्यवसायी र तीनै क्षेत्रका सञ्चारकर्मी सहभागी टोलीले चितवन, लुम्बिनी र पोखराका विभिन्न… पुरा पढौ

गठबन्धन देखेर केपी ओलीहरु अत्तालिएका छन् : मन्त्री किसान श्रेष्ठ

पोखरा, पुस ६ युवा, स्वरोजगार तथा श्रममन्त्री किसानकुमार श्रेष्ठले पाँच दलीय गठबन्धन देखेर केपी ओली र उनको पार्टी नेकपा एमाले अत्तालिएको बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको गण्डकी प्रदेशस्तरीय बृहद प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने,‘हाम्रो पाँच दलीय गठबन्धन देखेर अन्य दलहरु अत्तालिएका छन् । खास गरेर केपी ओली नेतृत्वको नेकपा एमाले ।’ त्यहि भएर केपी ओलीले गठबन्धन भत्काउने शर्तमा एमसिसी पास गर्ने भनिरहेको उनको दाबी थियो ।… पुरा पढौ