देश

दाङका भण्डारी बने जेसिजको अध्यक्ष

पोखरा, पुस ४ नेपाल जेसिजको २०२२ को अध्यक्षमा दाङ त्रिभूवन नगरका जेसी लालमणी भण्डारी चयन भएका छन् । नेपाल जेसिजको ४८ औं राष्ट्रिय महाधिवेशनबाट भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अन्य ४ जना प्रतिपष्र्धीहरुलाई पछि पार्दै उनी आगामी कार्यकाल लागि अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा निर्वाचित भण्डारीले ३६५ मत प्राप्त गरे भने उनका निकटमत प्रतिष्पर्धी सेन विकास मानन्धरले २४९ मत प्राप्त गरे । त्यस्तै अध्यक्षका अन्य प्रतिष्पर्धीहरु जेसी गोकुल सापकोटाले ३००, जेसी श्यामसुन्दर पौडेलले २९८… पुरा पढौ

आज नेपाल–भारत भिड्दै, कम्तिमा पन बराबरी गरे नेपाल फाइनल पुग्छ

नेपाली महिला टोलीले यु–१९ महिला साफ च्याम्पियनसीपमा आज (आइतबार) भारतविरुद्ध खेल्दैछ। आज भारतविरुद्ध कम्तिमा पनि बराबरी गरे नेपालले फाइनलमा स्थान बनाउन लिग चरणको अन्तिम खेलमा पुग्छ। ३ खेलबाट ७ अंक जोेडेको नेपाल अहिले लिग तालिकाको शीर्ष स्थानमा छ। समान ७ अंक जोडेको आयोजक बंगलादेश दोस्रो स्थानमा छ। ५ टोली सहभागी प्रतियोगिता राउन्ड रोविन प्रणालीमा खेलाइएको छ। शीर्ष २ टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन्। ३ खेलबाट ६ अंक जोडेको भारत तेस्रो स्थानमा छ। आजै बंगलादेशले कमजोर देखिएको श्रीलंकाविरुद्ध खेल्नेछ। प्रतियोगितामा जित… पुरा पढौ

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप लगाइँदै

सरकारले आज (आइतबार) देखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ। मोडर्ना खोपको पहिलो मात्रा यही आजदेखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश नं १ को ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ। यस्तै, वाग्मती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर तथा गण्डकी प्रदेशको गोरखा, मनाङ,… पुरा पढौ

मंसीर शुक्ल पूर्णिमा

आज मंसीर शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमा, उधौली पर्व, यःमरी पुन्ही, ज्यापु दिवस। हरेक वर्षको मंसीर शुक्ल पूर्णिमाका दिन धान्य पूर्णिमा मनाइन्छ। नयाँ धान भित्राइएको खुसियालीमा ‘धान्य पूर्णिमा’ मनाउने परम्परा छ। यो पर्वमा धानलाई विशेष महत्व दिइन्छ। धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने परम्परा छ। भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भन्ने गरिएको हो। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुअघि सबैभन्दा पहिला कुल देवता, पितृ देवता र देवी–देवताहरूलाई अर्पण गरेपछि मात्र… पुरा पढौ

यौन दुव्र्यवहारका घटनामा वृद्धि

जुम्ला । जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना क्रमशः बढ्दै गएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुव्र्यवहारका पाँच गरी आठ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१ मा उल्लेख गरिएका छन् । सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म बलात्कारका चार र यौन दुव्र्यवहारका पाँच गरी नौ वटा घटना घटेका छन् । ती घटनाका सात… पुरा पढौ

वडाले काम नगरेको भन्दै तेर्सापट्टीमा छायाँ सरकार घोषणा

पोखरा, पुस ३ पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीमा रहेको सरस्वती मन्दिर संरक्षण समितिले छायाँ सरकारको रुपमा काम गर्ने भएको छ । समितिको शनिबार भएको भेलाले नालामुखदेखि पालिखेचोकसम्मको क्षेत्रमा छायाँ सरकारको रुपमा काम गर्ने निर्णय गरेको स्थानिय भिन्तुना युवा क्लवका तेर्सापट्टीका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । समितिको भेलाले पालिखेचोकदेखि नालामुख सम्मको क्षेत्रमा स्थानिय सरकारको रुपमा रहेको वडाका जनप्रतिनिधिहरुले मनोमानी रुपमा काम गरेको आरोप लगाएको छ । साथै उनीहरु विकासका कार्यमापनि निस्कृयजस्तै भएकाले त्यसलाई प्रतिस्थापन गर्न मन्दिर संरक्षण समिति आफैले… पुरा पढौ

अधिकार खोसेर लिनुपर्छ : उप-सभामुख शर्मा

गण्डकी, ३ पुस (रासस) गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरुले संविधानले व्यवस्था गरेका हक अधिकार मागे र नभई खोसेर लिने पर्ने बताएकी छन् । नेपाल रेडक्रस सोसाईटी कास्की लैङगिक तथा सामाजिक समावेशिकरण समितिद्धारा आज पोखरामा आयोजित जिल्ला स्तरीय महिला गोष्ठीको उद्घाटन गर्दै उनले त्यसका लागि महिलाहरु संगठित भएर लाग्नु पर्ने बताईन् ।महिलाहरु राजनैतिक, सामाजिक र आर्थिकरुपमा हस्तक्षपकारी भूमिका निर्वाह गर्दै सशक्तिकरणमा लाग्नु पर्ने बताउँदै उनले प्रत्यक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनु पर्नेमा जोड दिईन् । दुःख र अन्यायमा… पुरा पढौ

पशुपन्छी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा श्रेष्ठ

नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा तनहुँ खैरेनीटारकी बसन्ता श्रेष्ठ चयन भएकी छन् । संघको शुक्रबार बाग्लुङमा सम्पन्न भएको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन मार्फत श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएकी छन् । उनको नेतृत्वमा अधिवेशनले ११ जना नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा स्याङ्जाका अर्जुन थापा र नवलपरासीपुर्वका धुर्वप्रसाद पाण्डे, सचिवमा कास्कीका भिमबहादुर सुनार, कोषाध्यक्षमा म्याग्दीका टेकप्रसाद सापकोटा र सह–सचिवमा स्याङ्जाका अर्जुन मरासेनी चयन भएका छन् । यस्तै सदस्यहरुमा टिकाराम सापटकोटा, कमल पौडेल, राजेन्द्र… पुरा पढौ

थकाली युवाहरुको राष्ट्रिय भेला पुस ७ गतेदेखि ११ गतेसम्म पोखरामा

थकाली युवाहरुको राष्ट्रिय भेला पुस दोश्रो साता पोखरामा हुने भएको छ । थकाली सेवा समिति, केन्द्रीय युवा समितिको आयोजनामा यहि पुस ७ गतेदेखि ११ गतेसम्म पोखरामा प्रथम थकाली राष्ट्रिय युवा भेला हुने भएको हो । थकाली युवाहरुलाई आफ्नो भेषभूषा, संस्कार, संस्कृति र परम्परा जगेर्ना गर्न उत्प्रेरित गर्ने उद्धेश्यले थकाली युवाहरुको भेला गर्न लागिएको आयोजक थकाली सेवा समिति, केन्द्रीय युवा समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । भेलाको लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमीक शेरचनले उद्घाटन गर्ने कार्यक्रम तय… पुरा पढौ

काँग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन्। प्रदेश–२ को महिलातर्फको केन्द्रीय सदस्यमा यादव निर्वाचित भएकी हुन्। यादव शेरबहादुर देउवा समूहकी हुन्। उनले शेखर कोइराला समूहकी गीता चौधरीलाई पराजित गरेकी हुन्। चित्रलेखाले २ हजार ७३१ मत प्राप्त गर्दा चौधरीले १ हजार ८८५ मत प्राप्त गरिन्। पुरा पढौ