देश

आगोले जलेर तीनको मृत्यु

सर्लाही । सर्लाहीमा आगोले जलेर तीन जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचारपछि थप उपचारका लागि काठमाडाँै लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा… पुरा पढौ

गैँडाकोटमा थपिए साढे दुई करोडका विभिन्न योजना

नवलपरासी । (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वडास्तरबाट माग भएर आएका विभिन्न ३९ योजना कार्यान्वयन गर्नेगरी थप गरेको छ । अठार वडा रहेको नगरपालिकामा १६ वडाबाट माग भएका थप ती योजनाहरु कार्यान्वयन गर्ने निर्णय भएको नगरप्रमुख छत्रराज पौडेलले जनकारी दिए । नगरपालिकाको वडा नम्बर ३ र १८ बाट थप योजना माग नभएको बताइएको छ । योजना माग भएर आएका वडाका लागि नगरपालिकाले थप रु दुई करोड ४५ लाख ९९ हजार विनियोजन गरेको नगरप्रमुख पौडेलले बताए । गत साउनयता वडाबाट वडा समितिको सिफारिस… पुरा पढौ

एक सय घडियाल गोही नदीमा छोड्ने तयारी

चितवन । एक सय घडियाल गोही नदीमा छोड्ने तयारी तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छोड्ने तयारी गरिएको गोही प्रजनन केन्द्रका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका जानकारी दिएका छन् । उनका अनुसार केही दिनअघि १० गोही राप्ती नदीमा छाडिसकिएको छ । प्रजनन केन्द्रमा हाल ८५० गोही छन् । हुर्किएका चार÷पाँच वर्षका गोही छाडिने छ । गतवर्ष नदीमा गोही छाडिएन । गोहीको सङ्ख्या बढ्दै जाँदा खर्चिलो भएकाले यसवर्ष १०० हाराहारी गोही छोड्ने… पुरा पढौ

प्राधिकरणको महसुल काउण्टर बन्द

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले यही पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ । नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने भएकोले विलिङ प्रणाली बन्द गर्न लागिएको हो । विद्युत् नियमन आयोगको निर्णय अनुसार गत मङ्सिर महिनाको महसुल परिवर्तित महसुल अनुसार हुने भएकाले बिलिङ प्रणालीमा सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ । आयोगले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक रु ३० रुपैयाँ महसुल तिर्ने गरी व्यवस्था गरेको छ । सोही व्यवस्थालगायत महसुलका अन्य व्यवस्था कार्यान्वयन गर्नका… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

निर्वाचन आयोगले माघ १२ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले निर्वाचन प्रयोजनका लागि आज (बिहीबार) देखि १० पुससम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरेको हो।राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ। रिक्त हुन गइरहेका १ मनोनीत बाहेकका १९ पदका लागि ३५ दिन अगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ। एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, काँग्रेसका ३ र मनोनीत एक सांसद… पुरा पढौ

काँग्रेस महामन्त्री पदको मतगणना ९ बजेबाट सुरु हुँदै

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केही बेरपछि सुरु हुँदैछ। काँग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका २ महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो। निर्वाचनको मतगणना बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। महामन्त्री पदका लागि निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार छन्। पुरा पढौ

सन्दीपलाई कप्तानको जिम्मेवारी, ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ। क्यानको बुधबार बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कारबाही गरी पदमुक्त गरेपछि सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको हो। मल्ल र ऐरीलाई पदमुक्त गर्दै क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ, ‘कप्तान मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को ‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा सुरुको ६ महिलाको लागि सहभागि नगराउने निर्णय गरेको छ।’ पुरा पढौ

नेपालले श्रीलंकालाई सजिलै हरायो

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि सहज जित निकालेको छ। नेपाली टोलीले श्रीलंकन टोलीलाई ६–० को फराकिलो गोल अन्तरले हराएको हो। नेपालका लागि रश्मीकुमारी घिर्सिङले २ तथा सविता रानामगर, मेनुकाकुमारी आलेमगर, सलोनी रानामगर र रजनी थोकरले १÷१ गोल गरे। श्रीलंकालाई हराएसँगै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको छ। जितसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। श्रीलंकाको भने यो लगातार तेस्रो हार हो। श्रीलंका अंकविहीन छ। यसअघिका खेलमा श्रीलंका, भुटान र भारतसँग… पुरा पढौ

काँग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी बनेका छन्। बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ विजयी बनेका निर्वाचन समितिले घोषणा गरेको छ। देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार २ मतान्तरले पराजित बने। निर्वाचन समितिका अनुसार ४,६७९ मतमध्ये खड्काले २१२१ र गुरुङले १९०८ मत पाए। त्यस्तै, गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए। १४ औं महाधिवेशनमा खड्का… पुरा पढौ

ऐतिहासिक सम्पदाको पुनःनिर्माण कामपाको मुख्य दायित्व : मन्त्री श्रेष्ठ

काठमाण्डौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाको मुख्य दायित्वको रूपमा रहेको बताएका छन् । २७ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सम्पदा नै काठमाडौँको गहना रहेको भन्दै यसको पुनःनिर्माण र संरक्षण गर्नुपर्ने बताएका हुन् । मन्त्री श्रेष्ठले हरेक वर्ष ठूलो समस्याको रूपमा रहेको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्यको शीघ्र समाधान गर्न पनि कामपाले अग्रसरता लिनुपर्नेमा जोड दिए । उनले कर्मचारी र जनप्रतिनिधिलाई अन्य स्थानीय तहलाई पनि… पुरा पढौ