देश

कांग्रेस महाधिवेशन: अव पालो सहमहामन्त्री पदका लागी मतगणनाको

काठकाठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको ट्ंगो लागेसंगै अव सहमहामन्त्री पदको लागी पनि आजै मतगणना हुने भएको छ । सहमहामन्त्रीका उम्मेदवारको केहीबेरपछि मतगणना सुरु हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये आज दलित, महिला र आदिवासी जनजातिको मतगणना गरिनेछ । कांग्रेसको महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्मा भैसकेका छन् । सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक… पुरा पढौ

पशु उद्यमबाट प्रफ्ल्ल जैमिनीका एक युवा

बागलुङ । पशु उद्यमबाट जिल्लाको जैमिनी नगरपालिका १ कुश्मिशेराका एक युवाले राम्रो सफल्ता पाएका छन् । कोरोना सङ्क्रमणपछि गोबिन हमाल युनाइटेड अरब इमिरेटस् (युएई)बाट घर फर्केपछि हाल पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । “विदेशबाट फर्केपछि भैँसी फार्म खोल्ने निधोमा पुगे”, हमालले भने । नयाँ व्यवसाय गर्ने सोच पलायो । भैँसी फार्म खोलेपछि विदेश बिर्सदै गएको हमालको भनाइ छ । हमालको गोठमा हाल ११ भैँसी, एक गाई, २५ बाख्रा र ५० कुखुरा छन् । हमालले कृषि तथा पशु… पुरा पढौ

रक्षामन्त्री पदबाट विदा भए मिनेन्द्र रिजाल

काठमाडौ । रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएसंगै पदबाट विदा भएका छन् । रक्षामन्त्री रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर राजीनामा बुझाएका हुन् । यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । रासस पुरा पढौ

कांग्रेस महामन्त्री पदको छिनोफानो:थापा र शर्मा विजयी

काठमाडौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि भएको चुनावमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । आज बिहीवार भएको मतगणनामा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार नौ सय ८४ मत प्राप्त गरि महामन्त्री पदमा विजयी भएका हुन् । महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, डा.शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको समूहबाट डा। राजाराम कार्की… पुरा पढौ

आरोप प्रमाणित गर्न अध्यक्ष दाहालको ओलीलाई चुनौती

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति भएको भनी नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । अध्यक्ष ओलीले गरेको प्रचार गलत रहेको भन्दै प्रचण्डले सो विज्ञप्तिमा जारी गर्दै माक्र्सवाद र कम्युनिस्ट सिद्धान्तबाट धेरै पर पुगेर आफुलाई आरोप लगाएको बताएका हुन् । उनले विज्ञप्तिमा भनेका छन् “म केपी ओलीलाई पाँचबुँदे सहमति प्रमाणित गर्न चुनौती दिन्छु ।” एमाले अध्यक्ष ओलीले बुधबार एक कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग… पुरा पढौ

महानगरका वडा वडामा नगर युवा परिषद्

पोखरा, १ पुसपोखरा महानगरपालिकाका १० वटा वडामा नगर युवा परिषद् वडा समिति गठन गरिएको छ ।महानगरपालिका भित्रका युवाहरुको क्षमता अभिवृद्धि र सिपमूलक कार्यक्रममा जोड्ने उद्देश्यसहित गत वैशाखमा महानगर युवा परिषद् गठन गरेपछि वडा स्तरीय समिति गठन कार्य अगाडि बढाइएको हो ।महानगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष हरिबोल गौतमका अनुसार अबको एक महिनामा सबै वडामा युवा नगर परिषद् गठन गरिने बताए ।गौतमका अनुसार वडा नम्बर ८ मा सञ्जीव बराल, १० मा विजय घिमिरे, १९ अशोक अधिकारी, २१ मा रोशन भट्टराई, २३ राजु… पुरा पढौ

नेपाल राष्ट्र बैंकमा नयाँ प्रवक्ता नियुक्त

काठमाडौ । नेपाल राष्ट्र बैंकमा नयाँ प्रवक्ता नियुक्त भएका छन् । बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक रहेका डा गुणकर भट्ट अहिले प्रवक्तामा नियुक्त भएका हुन् । यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल थिए। अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गरेका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी ििलएका थिए । रासस पुरा पढौ

कांग्रेस महामन्त्री पदको मतगणना जारी:थापा र शर्माको अग्रता

काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता कायम रहेको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म ६०० मत गणना हुँदा सबैभन्दा बढी गगनकुमार थापाले ३८९ मत प्राप्त गरेका छन् भने महामन्त्रीका अर्का प्रत्यासी विश्वप्रकाश शर्माले २२९ मत ल्याएका छन् । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले १९३, प्रदीप पौडेलले २०६ डा मीनेन्द्र रिजालले १०८… पुरा पढौ

सुनको मूल्य आज बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७००ले बढेर रु ९३ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ५०० कायम भएको छ जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ८०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको… पुरा पढौ

बेनी बजारभित्रको सडकमा एकतर्फी यातायात सञ्चालन

म्याग्दी । सदरमुकाम बेनी बजारभित्रको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले सवारी साधनको बढ्दो चापसँगै बजारभित्र हुने जाम हटाउन, यातायात आवत जावतलाई व्यवस्थित, सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरण गर्न एकतर्फी यातायात सञ्चालन सुरु गरिएको जानकारी दिए । उनका अनुसार बेनी बजारभित्र सञ्चालन हुने… पुरा पढौ