देश

‘विपद्बाट नागरिकलाई जोगाउनु पहिलो प्राथमिकता’

काठमाण्डौँ । गृहमन्त्री बालकृष्ण खाँणले मनसुनमा हुनसक्ने विपद्बाट नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज स्थलगत निरीक्षणपछि कार्यक्रममा मन्त्री खाँणले वर्तमान अवस्थामा पहिलो प्राथमिकता विपद् प्राधिकरण रहेको र जनताको सुरक्षाका लागि गम्भीर भएर लाग्न निर्देशन दिए । मन्त्री खाँणले नागरिकको जीवनरक्षाका लागि विपद् जोखिम न्यूनीकरणको सवालमा प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापनलगायत मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । गृहमन्त्रीको पदभार ग्रहणपछि मातहतका निकायमध्ये प्राधिकरणलाई पहिलो प्राथमिकता दिँदै उहाँले… पुरा पढौ

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन् । खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि उनले आज नेपाल मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाई सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन समेत निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले पद बहाली गरेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट आगामी चैत भित्र खोप… पुरा पढौ

एमाले स्थायी कमिटीद्वारा कार्यदलको सहमति अनुमोदन

काठमाडौँ। नेकपा (एमाले) को आजको स्थायी कमिटीले पार्टीको विवाद समाधान कार्यदलको सहमतिलाई अनुमोदन गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा गठित कार्यदलले गत असार २७ गते आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति अनुमोदन गर्दै कार्यन्वयन गर्ने निर्णय गरेको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यान्वयन गर्ने जानकारी दिए। बैठकले कार्यदललाई धन्यवाद दिँदै कार्यदलसमेत भङ्ग गरेको छ । बैठकले पार्टी अध्यक्ष ओलीको… पुरा पढौ

पशुपतिनाथ मूल मन्दिर क्षेत्र सुनसान, बाहिर भक्तजनको चहलपहल

काठमाडौँ। साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ । सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न जारी निषेधाज्ञा थप गरेकाले पशुपतिनाथ मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । मूल मन्दिर क्षेत्रमा भक्तजनलाई जान दिइएको छैन । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको… पुरा पढौ

गौरिकाले टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा बोक्ने

पौडी खेलाडी गौरीका सिंहले जापानको राजधानी टोकियोमा हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा बोक्नेछिन्। नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको हो। टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले सहभागिता जनाउनेछन्। सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन्। गौरिकाले सन् २०१६ मा रियो ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएकी थिइन्। नेपालमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकूद (साग) मा सिंहले पौडीमा ४ स्वर्ण, २ रजत र ३ काँस्य पदक जितेकी थिइन्।… पुरा पढौ

सदस्य सचिव सिलवालसहित १० सदस्यीय ओलम्पिक टोली आज जापान जाँदै

टोकियो ओलम्पिकमा सहभागी हुन आज १० सदस्यीय टोली जापान जाँदैछ। राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा जुडो खेलाडी सोनिया भट्ट, जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, सुटिङकी कल्पना परियार, सुटिङका प्रशिक्षक असिम यादव, नेपाल ओलम्पिक कमिटी एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, टिम लिडर रहेका सुनिलकुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा सूर्यनारायण श्रेष्ठ जापान जाँदैछन्। एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने आउँदो सोमवार ५ सदस्यीय टोली जापान जानेछन्। यस्तै, साउनको १० गते राखेप उपाध्यक्ष शिव… पुरा पढौ

गण्डकी प्रदेशमा अबको ३ दिन नै ठूलो पानी पर्ने

गण्डकी प्रदेश लगायतका पश्चिमी क्षेत्रका केही ठाउँमा आज (शुक्रबार) ठूलो पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज (शुक्रबार) बिहान ६ बजे गरेको मौसम पूर्वानुमानमा आज (साउन १ गते, शुक्रबार) देखि पर्सि (साउन ३ गते, आइतबार) सम्म गण्डकी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा चट्याङ र मेघगर्जनसहित भारी वर्षा हुने जनाइएको छ। पश्चिमका यि क्षेत्रका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यमखालको पानी परिरहेको छ। दिउँसो पछि भने ठूलो पानी पर्ने संभावना छ । विभागका अनुसार मनसुनी… पुरा पढौ

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उनले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गरेकी हुन् । सो अवसरमा उनले नेपाली टोलीको सेफ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरे । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २६ सदस्सीय टोलीले सहभागिता जनाउने छ । पुरा पढौ

संसद्को अधिवेशन आइतबार

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को आजका सिफारिशमा आगामी साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पुरा पढौ

काठमाण्डौं उपत्यकामा १० दिन निषेधाज्ञा थप

काठमाण्डौं । काठमाडौँ उपत्यकामा आगामी साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।आज उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहितको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो । साउन १ गतेदेखि लागू हुने उक्त आदेशानुसार यसपाली भने पसल तथा अन्य व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । यसअघि ६ बजेसम्म सञ्चालन गर्न भनिएको थियो । आदेशमा भीडभाड हुने सबै गतिविधि सिनेमा हल, पार्टी प्यालेस डान्बार, मनोरञ्जनस्थल, रङ्गशाला, सङ्ग्रहालय, सभा, सम्मेलन गर्न रोक लगाइएको… पुरा पढौ