देश

अन्तर्राष्ट्रिय पर्वतीय दिवसः पोखरामा विविध कार्यक्रम

आज डिसेम्बर ११ तारिक अर्थात ८ औं अन्तर्राष्ट्रिय पर्वतीय दिवस। आजको दिन नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै छ। नेपालमा पर्वतारोहण संघको आयोजनामा विशेष कार्यक्रमहरुको आयोजना गरेर यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघ महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्वमा जोड दिँदै हरेक वर्ष ११ डिसेम्बरका दिन यो दिवस मनाउने गरिएको हो। नेपाल पर्वतारोहण संघले गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय बृहत पर्वतीय मेला आयोजना गर्दै आएको छ। यस वर्ष भने संघले पोखरा महानगरपालिकाभित्रका विद्यालयहरुमा… पुरा पढौ

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दै

नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज (शनिबार) बस्दै छ। अध्यक्ष केपी शर्मा ओलीले आज र भोली (आइतबार)का लागि बैठक बोलाएका हुन्। जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा ११ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ। पार्टीको १० औं महाधिवेशन चितवनमा सम्पन्न भएपछिको केन्द्रीय समितिको यो दोस्रो बैठक हो। चितवनमा महाधिवेशन सकिएलगत्तै केन्द्रीय कमिटीको पहिलो बैठक मंसिर १४ गते बसेको थियो। आजदेखि सुरु केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने जनाइएको छ। बैठकमा बाँकी मनोनित हुने १० प्रतिशत अर्थात… पुरा पढौ

मनाङ लिगको शीर्ष स्थानमा उक्लियो

काठमाण्डौं । मनाङ मस्र्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै सहिद स्मारक लिग ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मनाङले फ्रेन्डस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । यस खेलसँगै चार खेल खेलेको मनाङले १० अङ्क जोडेको छ । पराजित फ्रेन्ड्स भने समान ४ खेलबाट २ अङ्क जोडेर लिगको १२ औँ स्थानमा झरेको छ । मनाङको जीतमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले एक/एक गोल गरे ।… पुरा पढौ

हामी मुलुकमा नियन्त्रित अराजकता ल्याउन दिँदैनौं : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले नेपालमा नियन्त्रित अराजकता फैलाउन नदिने बताएका छन् । बागमती प्रदेश सङ्गठन कमिटीद्वारा आज आयोजित एमालेका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यलगायतलाई शुभकामना तथा बधाई कार्यक्रममा उनले मुलुकमा नियन्त्रित अराजकता फैलाउन एमालेले नदिने स्पष्ट पारे । उनले एमालेले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्ने भनाइ राखे । अध्यक्ष ओलीले पार्टीले मात्र राष्ट्रिय र एकता जोगाउने जिकिर गरे । “राष्ट्रिय एकता जोगाउन राष्ट्रिय एजेण्डा, विचार दृष्टिकोण र उद्देश्य हुनुपर्दछ” उनले भने, “राष्ट्रिय समस्या पहिचान नगरी राष्ट्रिय… पुरा पढौ

आगामी सरकार कांग्रेसकै हुन्छ, त्यो मेरो जिम्मेवारी हो : सभापति देउवा

काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धाले मुलुकमा हुने आगामी निर्वाचनमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधनका क्रममा उनले आउँदो सरकार कांग्रेसको हुनेमा निश्चिन्त रहन आग्रह गर्दै उक्त जिम्मेवारी आफ्नो भएको विश्वास दिलाए । प्रधानमन्त्री देउवाले भने, “आफ्नो सरकार गठन हुनुअघि मुलुकमा कस्तो डर त्रास थियो । मेरो सरकार गठन भएलगत्तै जनताले ओली (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली) को शासनबाट मुक्ति… पुरा पढौ

पर्वतीय पर्यटनबाट दिगो विकास सम्भव छ : कुलपति गणेशमान गुरुङ

गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङले पर्वतीय पर्यटनबाट दिगो विकास हासिल गर्नका लागि यस क्षेत्रको संरक्षण सम्बद्र्धनमा जोड दिनुपर्ने बताएका छन् । अनुसन्धान तथा क्षमता अभिवृद्धि केन्द्रको (रिक्याप) आयोजना र सोलिडारिटी फोरोम (सोफो)को समन्वयमा “समृद्धिका लागि दीगो पर्वतीय पर्यटन” विषयक छलफल कार्यक्रममा उनले पर्वतीय क्षेत्रका विशेषताहरुको पहिचान गर्दै त्यसको संरक्षणमा जोड दिनुपर्ने बताएका हुन् ।हिमालमा बढ्दो फोहोरको व्यवस्थापन हुन नसक्नु, हिमाली जनजीवनको मौलिक संस्कार र संस्कृती संरक्षण हुन नसक्नु दुखद भएको जनाउँदै पर्वतीय पर्यटनको विकासलाई उजागार गर्दै लैजानुपर्ने आवश्यकता… पुरा पढौ

दोहोरी गीत प्रतिष्ठान नेपालको साधारण सभा नवलपुरको अरुणखोलामा हुने

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ऐतिहासिक २१ औं वार्षिक साधारण सभा २०७८ को तयारी तिव्र पारिएको छ । साधारण सभा पौष २ र ३ गते प्रतिष्ठानको स्थापना स्थल नवलपुर जिल्लाको अरुणखोला स्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हँुदैछ ।साधारण सभामा विभिन्न व्यक्तिलाई सम्मान गरिने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बि.जी.ले जानकारी दिनुभयो । उहाँका अनुसार अग्रज लोकसंगीत श्रष्टा राष्ट्रिय सम्मानबाट सुदुर पश्चिमका देउडा गायक अग्रज श्रष्टा नरेन्द्रराज रेग्मीलाई सम्मानित गरिनेछ ।यसैगरी सामाजिक सेवा रत्न राष्ट्रिय सम्मानबाट इन्द्रेणी… पुरा पढौ

पोखरा रंगशालाको अवलोकन गर्दै मन्त्री बरालले भने : खेल गतिविधिले पर्यटन प्रवर्धनमा सघाउँछ

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले पोखरा रंगशाला अवलोकन गर्नु भएको छ । पोखरामा जारी आइटिएफ टेनिस टुर जे ५ खेल अवलोकन गर्न टेनिस कोर्ट पुग्नु भएको मन्त्री बरालले शुक्रबार पोखरा रंगशालाको अवलोकन गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी उक्त प्रतियोगिता अन्र्तगत सेमीफाइनल खेल अवलोकन पश्चात मन्त्री बरालले टेनिस कोर्ट, टेनिसको भवन, निमार्णधिन प्रदेश खेलकुद परिषदको भवन, पोखरा फुटवल स्टुडियोको अवलोकन तथा भ्रमण गरेका हुन् । मन्त्री बराल समक्ष प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज… पुरा पढौ

पोखरामा ट्रक पल्टिदा २ को मृत्यु

गण्डकी प्रदेशको राजधानी पोखरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ बिजयपुरमा ट्रक दुर्घटना हुँदा ट्रकका चालक र सहचालकको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । बिरगञ्जबाट फलामे रड लिएर पोखरातर्फ आउँदै गरेको लु.२ ख. २९४८ नम्बरको ट्रक आज विहान करीब ४ः३० बजे आफैं अनियन्त्रित भई नालीमा पल्टिएको प्रहरीको भनाई छ । ट्रक पल्टिएर गम्भीर घाईते भएका उनीहरुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएपनि उनीहरुको उपचारका क्रममा आज विहान ५ः५५ बजे मृत्यु… पुरा पढौ

काँग्रेस महाधिवेशनको यस्तो छ निर्वाचन कार्यतालिका

पार्टीको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज (शुक्रबार) बिहान १० बजे गर्ने जनाएको छ। समितिका अनुसार मनोनयन दर्ता २५ गते, भोलि (शनिबार) बिहान १० देखि साँझ ५ बजेसम्म, दाबी विरोध र जाँचबुझ २५ गते, भोलि (शुक्रबार) र साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय हुने मंसीर २५ गते (शनिबार) साँझ ७ देखि ८ बजेसम्म हुनेछ। उम्मेदवारको पहिलो नामावली प्रकाशन २५ गते राति ८ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय २६ गते (आइतबार) बिहान ११… पुरा पढौ