देश

गण्डकी प्रदेशमा आज र भोलि दिउँसोबाट पानी पर्ने

गण्डकी प्रदेशमा आज ९बुधबार० र भोली ९बिहीबार० लगातार झरी पर्ने संभावना छ। आज गण्डकी प्रदेश लगायत वागमती, सुदूरपश्चिम र प्रदेश–१ का केही ठाउँमा ठूलो वर्षाको संभावना छ। आज र भोलि २ दिन बिहान र दिउँसोको समयमा पानी नपरे पनि बेलुका र रातिको समयमा पानी पर्ने संभावना रहेको मौसमविद्हरुले जनाएका छन् । हाल, गण्डकी प्रदेश लगायत देशका धेरै ठाउँमा वर्षा रोकिएपनि आज र भोलिको दिउँसोबाट पानी पर्ने संभावना रहेको छ। आज विहान गण्डकी प्रदेश लगायत वागमती र सुदूरपश्चिमका केही ठाउँहरुमा मौसम… पुरा पढौ

३ महिनामा प्राकृतिक विपत्तीबाट ११४ जनाको ज्यान गयो

पछिल्लो ३ महिनामा प्राकृतिक विपद्का घटनामा परेर १ सय १४ जनाको ज्यान गएको छ। गृह मन्त्रालयका अनुसार वैशाख १ गतेदेखि हिँजो (मंगलबार) सम्मको तथ्यांकले पहिरोमा २९, बाढीमा २७ र डुबानमा परेर ८ जनाको ज्यान गएको उल्लेख गरेको छ। यस्तै, चट्याङबाट ३५ जना, आगलागीबाट ११, डढेलोबाट ३ जना र हावाहुरीका कारण १ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ। यसपालि अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै रहेको विज्ञले बताउँदै आएका छन्। बाढी पहिरो लगायतका प्राकृतिक विपद्बाट बच्न… पुरा पढौ

ओलीले सरकारी निवास बालुवाटार छाड्दै

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) सरकारी निवास बालुवाटार छाड्दै छन्। बिहान ११ बजेपछि उनले बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट जाने जानेछन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै ओली बालुवाटारबाट निजी निवासमा सर्न लागेका हुन्। बालुवाटार छाड्नुअघि हिँजो (मंगलबार) ओलीले देशवासीका नाममा सम्बोधन गरेका थिए। गएको सोमवार सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओली काम चलाउ प्रधानमन्त्रीबाट पदमुक्त भएका हुन्। पुरा पढौ

गण्डकी प्रदेश जडिबुटीको भण्डार क्षेत्र हो : मन्त्री अधिकारी

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले गण्डकी प्रदेशमा बहुमुल्य जडीबुटीको प्रदेश भएको बताउनु भएको छ ।गण्डकी आयुर्बेद औषधालयको बार्षिक समिक्षा कार्यक्रममा उहाँले प्रदेशको माथिल्लो भागमा रहेको जिल्लाहरुमा पाईने जडिबुटीको प्रबद्धन बाट प्रदेशको आयुर्बेदिक पर्यटन समेत बिकास हुने बताउनु भयो । मानीसको जिवनशैली दैनिक रुपमा भागबिलासी तर्फ गईरहेको अबस्थामा प्राकृतिक उपचार प्रणाली, अर्गानिक खाना अनि औषधीय गुण भएका जडिबुटीको बिकास , संरक्षण, बिस्तारीकरण महत्वपुर्ण बिषय रहेकोमा उहाँले जोड दिनुभयो । ग्रामिण भेगका जडिबुटी देखि बिस्व बजारमा बहुमुल्यमा बिक्रिी हुने… पुरा पढौ

प्रधानमन्त्री ओलीको सम्बोधन : असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि

काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको जनाएका छन् । नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी भएका बेला आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगर्ने, आफ्नैभित्रबाट समेत भएका उपलब्धिको चर्चा नगर्ने र नकारात्मक टिप्पणी मात्रै गर्ने प्रवृत्तिका बीच सरकारले यस अवधिमा नयाँ संविधान कार्यान्वयनमा ल्याई सङ्घीयतालाई सुढृढीकरण गर्दै भौतिक पूर्वाधार विकासनिर्माणलाई तीव्र बनाएको स्पष्ट गरे । सर्वोच्च अदालतको सोमबारको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा… पुरा पढौ

आइपिओ जारी गर्ने तयारीमा नर्भिक अस्पताल

काठमाडौँ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन आइपिओ निष्कासनको तयारी गरेको छ । अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार अब सो अस्पताल ‘नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड’ भएको छ । अस्पताल नेपालको शेयर बजारमा सूचीकृत… पुरा पढौ

महान्यायधिवक्ता बडालद्वारा राजीनामा

काठमाडौँ। सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हने भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाएका हुन् । बडालले रासससँग कुरा गर्दै भने, “मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले राजीनामा बुझाएँ । ”सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई उनले तीन महिना २१ दिन काम गरे । सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको… पुरा पढौ

सर्वोच्चको फैसला जनभावनानुसार आएको छ : सभामुख

काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । उनले भने , “फैसला ऐतिहासिक छ । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै फैसला आएको छ । जनभावनाको कदर भएको छ ।” सभामुख सापकोटाले संविधानले केही मौलिक व्यवस्था गरेको र त्यसको स्पष्टसँग आजको फैसलाले व्याख्या गरेको समेत उल्लेख गरे। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले उक्त फैसला गरेको छ । सर्वोच्चको फैसलामा सात दिनभित्र प्रतिनिधिसभाको बैठकसमेत बोलाउन भनिएको छ । सभामुखले सर्वोच्चको फैसलाले नेपाली… पुरा पढौ

कास्कीका चार दल भन्छन् : सर्वोच्चको फैसला ऐतिहासिक

कास्कीमा क्रियाशील चार राजनैतिक दलले सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् ।नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी, नेकपा(माओवादी केन्द्र) कास्की सचिव बखानसिंह गुरुङ, जसपा कास्की अध्यक्ष गिरि प्रसाद गुरुङ र राजमो कास्की अध्यक्ष रविमोहन ढकालले संयुक्त विज्ञप्ति प्रकाशित गरी फैसलाप्रति सम्मान व्यक्त गर्दै बधाई ज्ञापन गर्नुभएको छ ।फैसला अदालतमाथि थप विश्वास बढेको उल्लेख गर्दै संविधान निर्माणकर्ता, नेपाली जनता, राजनैतिक पार्टी र प्रजातन्त्रमा विश्वास राख्ने सबैका लागि ऐतिहासिक महत्वको भएको जनाइएको छ ।ओली सरकारको ज्यादतीबाट देश, प्रजातन्त्र र संवैधानिक प्रक्रियाको… पुरा पढौ

मनसुनी वायुको प्रभाव : अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ। मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ। मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाकोसमेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा… पुरा पढौ