देश

बढ्यो सुनको मूल्यः चाँदीको स्थिर

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले उकालो लागेर रु. ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु. ९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९२ हजार २०० रहने छ जसको मूल्य मङ्गलबार रु. ९१ हजार ८०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी मङ्गलबार प्रतितोला रु. एक… पुरा पढौ

सूर्यदेवको पूजा आराधना गरी छठ मनाइँदै

आज कार्तिक षष्ठी, छठको तेस्रो दिन अर्थात छठ पर्वको ब्रत बस्ने मुख्य दिन। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो। छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ। यस दिनमा व्रतालुहरू पानीसमेत नपिई कठोर निराहार बस्ने गर्दछन्। साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवाजस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन्। छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन्।… पुरा पढौ

राष्ट्रपति भण्डारीबाट तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को यही कात्तिक २२ गते बसेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई राष्ट्रपति भण्डारीले आज नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ अनुसार यसअघिका प्रदेश प्रमुख पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले नयाँ… पुरा पढौ

प्रधान सेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

नयाँ दिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच भेटवार्ता भएको छ । उनीहरूबीच भएको भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त छलफलपश्चात प्रधान सेनापति महारथी शर्मामा भारतीय सुरक्षा अवधारणाबारे प्रस्तुतीकरणसमेत गरिएको जानकारी दिइएको छ । उनले यसअघि राष्ट्रिय समर स्मारकमा वीर शहीदको सम्मानमा पुष्प गुच्छा अर्पण गरे । प्रधानसेनापति शर्माको सम्मानमा साउथ ब्लक लाउन्जमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको… पुरा पढौ

माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा हुने

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)ले पाँच दलीय समन्वय समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने नाम टुङ्गो लगाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले समितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधित्व गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको सोमबार बसेको बैठकले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो । सो समितिमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी… पुरा पढौ

पोखरामा लागू औषध कारोबारी दुई महिला पक्राउ

लागू औषध कारोबार गरेको आरोपमा पक्राउ परेका महिलाहरु लागू औषध कारोबारी दुई महिला पोखराबाट पक्राउ परेका छन् । लागू औषध कारोबारका लागि लागू औषध बोकेर हिंडिरहेका दुई जना महिलालाई मंगलबार पोखरा–८ सिमलचौरबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लमजुङ जिल्ला दोर्दी गाउँपालिका वडा नम्ब्र ७ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ९ बस्ने ३१ व्र्षिया प्रेमा गुरुङ र गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर २ घर भई हाल प्रेमाकै डेरामा बस्दै आएकी ३१ वर्षिया कोपिला अर्याल… पुरा पढौ

मगर चलचित्रकर्मी संघ कास्कीको अध्यक्षमा पुनः राहुल

मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः राहुल थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा केशव आलेमगर, सचिवमा पुष्पा पुर्जामगर, सह–सचिवमा चन्द्रबहादुर थापामगर र कोषाध्यक्षमा लेकदेवी पुनमगर रहनुभएको छ । त्यसैगरी, ११ सदस्यीय कार्यसमितिको सदस्यहरूमा अञ्जु बुढामगर, मुना रानामगर र बाजिन्द्र बुढामगर रहनुभएको छ भने तीन जना सदस्य पछि मनोनित गरिने जनाइएको छ ।यसअघि, अधिवेशनको उद्घाटन गर्दै मगर चलचित्रकर्मी संघ नेपालका केन्द्रीय उपाध्यक्ष मेजन पुनमगरले कोरोना महामारीका कारण चलचित्र क्षेत्रले ठूलो… पुरा पढौ

१४ लाखको बाउन्स चेक दिएको आरोपमा पोखराबाट एक पक्राउ

बैंकिङ कसुरमा पक्राउ परेका शंकर गुरुङ बाउन्स चेक दिएको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् । बाउन्स चेक दिएको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १३ बाँझापाटन स्थायी घर भई पोखरा–१० बुद्धचोक बस्ने ३५ वर्षिय शंकर गुरुङलाई पक्राउ गरेको हो । पक्राउ परेका गुरुङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै १३ लाख ८० हजारको चेक दिएको आरोप लागेको छ । उनले दिएको चेक नसाटिएपछि चेक साट्न गएका व्यक्तिले आफूले पाउनुपर्ने रकम नपाएको भन्दै चेक बाउन्स गराएको आरोपमा… पुरा पढौ

चीनद्वारा पोखराका चार विद्यालयमा निःशुल्क ईन्टरनेट सुविधा

चीनिया दुतावासको सहयोगमा पोखराका चार सरकारी विद्यालयमा निःशुल्क ईन्टरनेट सुविधा प्रदान गरिने भएको छ । नेपाल–चीन जनमैत्री संघ पोखराको समन्वय तथा चीनिया दुतावासको सहयोगमा पोखराका जनचेतना मावि, जनजागृति मावि, शिशुकल्याण मावि र भविष्य निर्माण माविमा निःशुल्क ईन्टरनेट सेवा जडान गर्न लागिएको हो । ती चार विद्यालयमा निःशुल्क ईन्टरनेट जडान गर्ने सम्बन्धमा मंगलबार चीनिया राजदुत हउ यान्छीको भर्चुअल उपस्थितिमा सम्झौता भएको छ । सम्झौतामा नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखे र चार वटै विद्यालयका प्रधानाध्यापकहरुले मंगलबार पोखराको माउण्ट कैलाश रिसोर्टमा… पुरा पढौ

चौथोे डायमण्ड रनिङ सिल्डमा मंगलबार ६ खेल सम्पन्न

कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा चौथा डायमण्ड रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी रहेको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन भईरहेको खेलकुद प्रतियोगिताको दोस्रो दिन फुटबलका पहिलो चरणका ६ खेल सम्पन्न भएको विद्यालय संयोजक दिनेश शर्माले जानकारी दिएका छन् । दोस्रो दिनको पहिलो फुटबल खेल टाईब्रेक्ररमा कक्षा ११ व्यवस्थापन समुह लाई २—१ ले पाखा लगाउदै कक्षा १० बि समुहको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । त्यस्तै दिवश सुबेदीको… पुरा पढौ