स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कास्कीसहित २० जिल्लामा निषेधाज्ञामा थप कडाइ गर्न आग्रह गरेको छ। अझै केही हप्ता कोरोना भाइरस संक्रमणको चुनौती रहेको भन्दै मन्त्रालयले विज्ञप्ति निकालेर निषेधाज्ञा लागू भएका जिल्लामा पनि मानिसहरूको आवत–जावत निरन्तर भइरहेको बताउँदै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका निभाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। मन्त्रालयले कास्की लगायत काठमाडौं, रूपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवलानपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पालगायतका जिल्लाहरूमा संक्रमण उच्च रहेको र संक्रमितहरू सार्वजनिक स्थानहरूमा खुल्ला…
पुरा पढौ