देश

विरेन स्मृति बिटी कप जारी : एकै खेलमा ११ गोल

पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको दोस्रो दिन एकै खेलमा ११ गोल गर्दै आयोजक सेतो दोस्रो चरणमा प्रवेश गरेको छ । पोखराको पुरानो टुडिखेल मैदानमा भएको खेलमा बिटी सेतोले छोरेपाटन एफसीलाई ११–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । आयोजकको जीतमा सुनिल बिकले डबल ह्याट्रिकको योगदान दिए । त्यस्तै लक्ष्मण रुचाल र विनोद गुरुङले समान २ गोल गरे भने सुदिप पाठकले १ गोल… पुरा पढौ

सुपर जनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट लिगमा चितवनको विजयी शुरुवात

के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा सोमबारदेखि पोखरामा सुपर जेनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट लिग–२०२१ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा चितवन क्रिकेट क्लव विजयी भयो । चितवनले स्याँग्जा क्रिकेट क्लवमाथि ६६ रनको फराकिलो जित निकालेको हो ।पहिला व्याटिङ गरेको चितवनले १५४ रनको योगफल तयार पारेको थियो । चितवनको तर्फबाट राजेश ढकालले ८ चौका प्रहार गर्दै ४४ रनको महत्वपूर्ण पारी खेले भने रोविन शर्माले ३१ रन जोड्दै उनलाई राम्रो साथ दिए । स्याँग्जाका बलरहरु विष्णु… पुरा पढौ

अविश्वासको प्रस्ताव ल्याउनु भन्दा गलहत्याउने प्रयास भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर भन्दा गलहत्याएर निकाल्ने प्रयास भइरहेको बताएका छन् । नेकपा ओली समूहको गण्डकी प्रदेश स्तरिय कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विधि, पद्धती र प्रक्रिया भन्दा बाहिरबाट गलहत्याउने प्रयास भइरहेको बताएका हुन् । तर आफू गलहत्याउँदैमा बाहिर ननिस्कने भन्दै प्रधानमन्त्रीबाट राजिनामा नदिने अडान व्यक्त गरे । प्रधानमन्त्री ओलीले आफूबिरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौतिसमेत दिए । उनले सक्ने भए कुस्ती खेलेर आफूलाई हटाउनसमेत उनले चुनौति दिए । ‘कमसेकम कुस्तीमा जसले जित्छ,… पुरा पढौ

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौँ। आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि-मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन- चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन-चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको… पुरा पढौ

पहेँलो धातुको मूूल्यमा ४०० वृद्धि

काठमाडौँ। स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा आज सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा रु ४०० ले उकालो लागेको छ । प्रतितोला रु ८८ हजार ३०० मा आइतबार कारोवार भएकोे छापावाला सुन आज भने रु ८८ हजार ७०० मूल्य कायम भएको छ । त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला रु ८७ हजार ८५० हजारमा कारोवार भएकामा आजका लागि… पुरा पढौ

अशक्त र ज्येष्ठ नागरिकले अर्को सातादेखि आफ्नै घरमा कोरोनाविरुद्धको खोप लगाउँदै

अशक्त र ज्येष्ठ नागरिकहरुले अर्को साताबाट घरमै बसेर कोभिड–१९ विरुद्धको निःशुल्क खोप लगाउन पाउने भएका छन्। सरकारले आउँदो आइतवारदेखि ५५ वर्षमाथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान सुरु गर्न लागेको हो। स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप केन्द्रमा आउन असमर्थका लागि स्थानीय मोबाइल टोली खटाएर घरमै पुगेर लगाउने तयारी भएको बताए। त्यसअघि सरकारले संघीय संसदका सांसदहरुलाई खोप दिने तयारी गरेको छ। समुदायमा खोप लगाउनुअघि सकारात्मक सन्देश दिन सांसदहरुलाई खोप लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।… पुरा पढौ

कार्यकर्ता प्रशिक्षणका लागि प्रधानमन्त्री ओली आज पोखरा आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने भएका छन् । अगुवा कार्यकर्ता प्रशिक्षणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आज पोखरा आउने भएका हुन् । प्रधानमन्त्री ओली गण्डकी प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने नेकपा ओली पक्षका प्रदेश ईञ्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । ओली आज पूर्वाह्न ११ः४० बजेको बुद्ध एयरको फ्लाइटबाट पोखरा आउने नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी… पुरा पढौ

फेवातालको गहिराई बढाउन आजदेखि माटो निकालिदै

नेपालकै पर्यटकीय केन्द्र पोखराको मुटु मानिने फेवातालको गहिराई बढाइने भएको छ । फेवा बाँध मर्मतसम्भार गर्न फेवातालको पानीको सतह घटाएको मौका पारेर सोमबारदेखि फेवातालको गहिराई बढाउन शुरु गरिने भएको हो । यसअघी बाँध मर्मतसम्भारको लागि फेवातालको पानीको सतह घटाएपछि नागरिक स्तरबाट फेवाको गहिराई बढाउनुपर्ने आवाज उठेको थियो । नागरिक स्तरबाट आवाज उठेसँगै संघसंस्थाले दवाब बढाएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका, फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समिति, सिंचाई डिभिजन कार्यालयलगायतका सरोकारवालाहरुको बैठकले फेवातालबाट माटो, ढुंगा, गिट्टी, बालुवा निकाल्ने निर्णय गरेको हो… पुरा पढौ

आवश्यकता पर्यो भने प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी “हिमाल”ले आवश्यकता प¥यो भने प्रदेशको नाम दुई तिहाइले फेर्न सकिने बताएका छन् । नेपाल मगर संघको ३९ औं स्थापना दिवसका अवसरमा मगर संघ, कास्कीले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सभामुख अधिकारीले प्रदेशको नामाङ्कनका सन्दर्भमा मगर समुदायको भावना समेट्न नसकिएको भन्दै दुःख व्यक्त गरे । असन्तुष्टिका बीच साझा पहिचान खोज्ने क्रममा प्रदेशको नाम “गण्डकी” राखिएको भन्दै उनले पहिचानका आधारमा भन्दा पनि भौगोलिक र प्राकृतिक आधारमा प्रदेशको नाम राखिएको स्पष्ट पारे ।सभामुख अधिकारीले भने, “मलाई के… पुरा पढौ

भागरथी हत्या काण्डका आरोपितको डिएनए परीक्षण गरिँदै

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि पठाइएको छ । डिएनए परीक्षणका लागि रगत लगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको हो । डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ । यसअघि भागरथीको भजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको भए पनि परीक्षण रिपोर्ट भने आएको छैन… पुरा पढौ