देश

ओटेफको टिम अन्तराष्टिय पर्वतीय संग्रहालयमा

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले दशैको अवसरमा शुभकामना आदानप्रदानसँगै अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन गरेको छ । पर्यटनलाई चलायमान गराउने उद्देश्य सहित पोखरा १७ रातोपैह्रो स्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन गरेको हो ।कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजिव पहारीले कोरोना महामारीले सुस्ताएको पर्यटनलाई उकास्न अब पर्यटक लक्षित कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । उहाँले पर्वतीय पर्वतारोहणबाट पर्यटकीय गतिविधि बढाएर पर्यटकलाई आर्कषक गर्न सकिने धारणा राख्नुभयो । सांसद पहारीले पर्यटकलाई अनअराइभल भिसा दिएर पर्यटकलाई डुल्न घुम्न सहज गराउनुपर्ने उहाँको भनाइ थियो ।… पुरा पढौ

शिव परियारले ल्याए ‘पिउन सुरु गरेपछि’….

“पिउँदिन भन्दा भन्दै पिलायो साथीले “ को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रृङ्खलाको फेरी अर्को गित “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल सहित इम्प्रेसन्स इन्टरटेनमेन्टले दशैंलाई लक्षित गरी बजारमा ल्याउँदैछ । मनोरञ्जन उधोगका सिद्दहस्त नृत्य निर्देशक कविराज गहतराज र छायांकार हरि हुमागाईको संलग्नतामा अत्यन्त भब्यताका साथ क्लब प्ल्याटिनियममा सोमबार उक्त गितको छायाङ्कन सम्पन्न भएको छ । रबिन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प… पुरा पढौ

लेकसाईड केन्द्रीत गरेर सेलवेजले खोल्यो शान्तिनगरमा छैठौं शाखा

सेलवेज डिपार्टमेन्टल स्टोर्सले पोखराको लेकसाइडलाई केन्द्रीत गरेर नया शाखा खोलेको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाईडलाई केन्द्रीत गरेर सेलवेजले लेकसाइडको प्रस्थान विन्दु बुलौंदीको ओरालो नजिकै शान्तिनगरमा नया शाखा खोलेको हो । यो शाखा बराल पेट्रोल पम्पसँगै छ । झन्डै तीनदशकदेखि सेवा दिदै आएको सेलवेज डिपार्टमेन्टल स्टोरको यो देशभरमा २९ औं शाखा हो भने पोखराको छैठौं शाखा हो । सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, विरौटा, भद्रकाली र बगरमा शाखा बिस्तार गरिसकेको छ । सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको… पुरा पढौ

मन्त्री बराललाई गृह गाउँ पुम्दीभुम्दीमा भव्य स्वागत : अबदेखि पार्टी भन्दा माथि उठेर भोट हाल्ने स्थानियको प्रतिबद्धता

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल (जीवन)ले विकासका अत्यावश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकत्व बहन गर्ने बताउनु भएको छ । पोखरा २२ (पुम्दीभुम्दी) स्थित कालाबाङको सङङाघ् ध्येजुलिङ गुम्बा समितिले बुधबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेशबासीको अत्यावश्यक पूर्वाधार निर्माणमा अभिभावकत्व बहन गर्ने बताउनु भएको हो । विगतको सरकारको समेत स्वामित्वलिदै आफुहरुले जनताको प्रथामिकताको आधारमा विकास निर्माणलाई तिव्रता दिने मन्त्री बरालले बताउनुभयो । पोखरा २२ पुम्दीभुम्दीको पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण देखि रणनितीक महत्वका २ वटा सडक निर्माणलाई… पुरा पढौ

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सबै अदालत बन्द

घटस्थापना ( असोज २१ गते) देखि कोजाग्रत पूर्णिमासम्म देशभरका सबै अदालत बन्द हुने गर्ने निर्णय भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरुको (मंगलबार) बसेको पूर्ण बैठकले असोज २१ गते घटस्थापनादेखि कार्तिक ३ गते कोजाग्रत पूर्णिमा सम्मका लागि सबै अदालत बन्द गर्ने निर्णय गरेको हो। तर, विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुंगो पनि लगाइएको छ। विदाका समयमा बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश हेर्ने समय ११ देखि ३ बजेसम्मका लागि छुट्याइएको छ । पुरा पढौ

प्रदेशलाई बलियो बनाउन तत्काल करको दायरा बढाउनु पर्छ : मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नयाँ श्रोतहरुको पहिचान सहित तत्काल कर बृद्धि गर्नुपर्ने अबस्था रहेको बताएका छन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको प्रदेश सरकारको आन्तरिक राजश्व नविन क्षेत्रहरुको पहिचान, सुधार र सम्भावना बिषयक छलफल कार्यक्रम बोल्दै मन्त्री बरालले प्रदेशमा दाहित्व बढ्दै जादा नयाँ श्रोतहरुको पहिचान सहित तत्काल कर बृद्धि गर्नुपर्ने अबस्था रहेको बताएका हुन्। उक्त छलफल कार्यक्रममा सहभागिहरुले करको दर भन्दा दायरा फराकिलो पार्न सुझाव दिदै देशै भरी करिब ५० प्रतिशत जसो विना… पुरा पढौ

नेपाल नेत्र सहायक परिवार, हिमालय आँखा अस्पताल तदर्थ समितिको अध्यक्षमा योगी

नेपाल नेत्र सहायक परिवार, हिमालय आँखा अस्पताल तदर्थ समितिको अध्यक्षमा गोविन्दनाथ योगी चयन भएका छन् । नेपाल नेत्र सहायक परिवारका केन्द्रीय सदस्य मञ्जु आचार्यको विशेष उपस्थितिमा सोमबार भएको भेलाले हिमालय आँखा अस्पतालका नेत्र अधिकृत योगीलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा शशीकमला लामिछाने, महासचिवमा सुभास नेपाल, सचिवमा बिजय पौडेल, कोषाध्यक्षमा दीपिका गुरुङ र सह-कोषाध्यक्षमा रीना गुरुङ चयन भएका छन् । त्यस्तै तदर्थ समितिको सदस्यहरुमा गोविन्दराज बढु, रुपसिंह बोहरा क्षेत्री, धर्मेन्द्रकुमार घोडासैनी, शान्ति चौधरी, दीपा शाही चयन भएका छन् । पुरा पढौ

टाउकोको टाँका खोलेसँगै मेयर जिसी अस्पतालबाट डिस्चार्ज

महानगर पालिकाका प्रमुख मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएसँगै मेयर जिसी अस्पतालबाट डिस्चार्ज भएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए । गत असार अन्तिममा मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । उनको काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गरिदै आएको थियो । केहि दिनअघि मात्र उनको कार्निओप्लाष्टीको शल्यक्रिया गरिएको थियो । शल्यकृया सफल भएपश्चात टाउकाको टाँकासमेत मंगलबार खोलिएकाले उनलाई अस्पतालले डिस्चार्ज गरेको प्रेस संयोजक बरालले बताए । मेयर जिसीको उपचारका क्रममा उनको टाउकाको… पुरा पढौ

‘संघीय शासन व्यवस्था अनुरुप बजेट दिन प्रधानमन्त्री र अर्थमन्त्रीलाई मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरे ।यसका लागि मुख्यमन्त्री पोखरेलले दुवैजनालाई लिखित रुपमै पत्र बुझाएका छन् । उनले भनेका छन्, ‘संघीय शासन व्यवस्थासँगै संघबाट प्रदेशमा स्वतः अधिकाहरु हस्तान्तरण भएका छन् । ती अधिकार कार्यान्वयन र नागरिकका जनअपेक्षा पूरा गर्न त्यसै अनुसारको बजेट व्यवस्थापन आवश्यक छ ।’प्रदेश सरकारले… पुरा पढौ

ईपिलमा किङस–११ काठमाण्डौमाथि पोखरा राइनोजले जित

पोखरा । एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा किङस–११ काठमाण्डौमाथि पोखरा राइनोजले जित निकालेको छ । वर्षातका कारण अवरुद्ध खेलमा डक वर्थ लुइस नियम अनुसार पोखरा १४ रनले विजयी भएको हो । राइनोज जितको नजिकै पुगेको अवस्थामा भारि वर्षात भएपछि खेल अवरुद्ध हुन पुग्यो । विजय उन्मुख पोखरालाई जितका लागि ४३ रनको खाँचो थियो । त्यतिबेला पोखरा १५ औं ओभरमा ५ विकेट गुमाएर १ सय ४२ रनको योगफलमा खेल्दै थियो । जितसंगै पोखरा पाँच खेलबाट ७ अंक… पुरा पढौ