देश

लेखनाथका चार संस्थाद्वारा ले.उ.वा.संघका नवनिर्वाचित कार्यसमितिलाई बधाईसहित सम्मान

कोभिड बाट प्रभावित व्यवसायीका लागि लक्षित गरेर योजना ल्याउन लेखनाथ उद्योग बाणिज्य संघका पदाधिकारीहरुलाई व्यवसायीहरुले आग्रह गरेका छन् ।संघको १३ औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको सम्मानमा लेखनाथका चारवटा संस्थाले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले व्यवसायीको पुनरुत्थान हुनेगरी संघले अल्प र दिर्घकालिन योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन ।नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले, नवनिर्वाचित समितिलाई राष्ट्रबैंकले जारी गरेको मौद्रिक नीतिबाट लाभान्वीत हुने व्यवसायीको बर्गिकरण गरी सहयोगमा सहजीकरण गरिदिन आग्रह गरे । उनले कोरोना पछि बिगतमा संघले… पुरा पढौ

प्रदेश चलचित्र वोर्ड गठनका लागि पहल गर्छुःमन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेश चलचित्र वोर्ड गठन गर्न पहल गर्ने बताउनु भएको छ । गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) को शनिबार पोखरामा सम्पन्न भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री बरालले देश संघियतामा गएसंगै चलचित्र क्षेत्रको बृद्धि विकासको लागि प्रदेशमा चलचित्र वोर्ड आवश्यक भएकोले त्यसको गठनको लागि आवश्यक पहल गर्ने बताउनु भएको हो । चलचित्रकर्मीहरुले प्रादेशिक रुपमा चलचित्र वोर्ड गठनको लागि माग गर्दै आएको सन्दर्भमा मन्त्री बरालले आदिवासि जनजातिहरुको कला संस्कृति संरक्षण सहितको चलचित्रको मर्म… पुरा पढौ

उद्योग धन्दा संचालनमा आइपर्ने बाधा अड्चन फुकाउन पहल गर्छुः मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले उद्योग धन्दा संचालन गर्दा कानूनि रुपमा आइपर्ने बाधा अड्चन फुकाउन पहल गर्ने बताउनु भएको छ । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीको शनिबार पोखरामा सम्पन्न भएको १८ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले कानूनि उल्जनबाट उद्योग धन्दा संचालनमा आएका बाधा अड्चन फुकाउन बिषेश पहल गर्ने बताउनु भएको हो ।राज्यले निजी क्षेत्रको पूंजिलाई ठिक ढंगले व्यबस्थित गर्न नसके आर्थिक विकास गर्न नसकिने उहाँको भनाई थियो । देशको पूंजिलाई सकभर बाहिर जानबाट… पुरा पढौ

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा मुख्यमन्त्री पोखरेलले नवलपुरको त्रिवेणी, गजेन्द्रमोक्ष धामदेखि मुस्ताङको दामोदरकुण्डसम्मको क्षेत्रलाई धार्मिक करिडोरको रुपमा विकास गर्न सकिने बताएका हुन् ।प्रदेशभर रहेका धार्मिक पिठका प्रमुखहरुलाई एक ठाउँमा भेला गराएर संयुक्त अवधारणा बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । धर्मलाई संस्कृति, समाजसेवा र विविध क्रियाकलापमा जोड्न सके आर्थिक… पुरा पढौ

इन्भेष्टर फोरम गण्डकीको अध्यक्षमा श्रेष्ठ

शेयर मार्केटमा लगानी गर्नेहरुको प्रथम भेलाले अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यिय इन्भेष्टर फोरम गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ । भेलाले उपाध्यक्षमा कमलमोहन कोइराला, सचीवमा मनोज पौडेल र सदस्यहरुमा राजु कुमार श्रेष्ठ, सुर्य लम्साल, शान्ति कडेंल, सन्देश गोदार, क्षितिज बराल र सुदन गुरुङलाई चयन गरेको छ । सो समितिको सल्लाहकार बिनोदकुमार वैद्य, मेघनाथ कुँवर, युक्तबहादुर सुवेदी र विष्णु पराजुलीलाई चयन गरेको छ । कार्यक्रममा शेयर मार्केटमा देखिएको वर्तमान परिस्थिति, यसका चुनौती र अबसरको बारेमा मनोज पौडेलले प्रशिक्षण दिनु भएको… पुरा पढौ

फेवाकिनारमा डब्लुएचओ नेपाल प्रमुखसहित “वाक द टक”

रासस)ःविश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को व्यस्त जीवनलाई स्वस्थ राख्ने उद्देश्यका शुरु गरिएको ‘वाक द टक’ कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । डब्लुएचओ नेपालका प्रमुख डा. राजेश समबाजीराव पाण्डव सहितको टोलीले पोखराको बाराहीघाट देखि बङ्लादी सम्मको करिब २ किलोमिटर फुटट्राकका हिडेर सो कार्यक्रम सम्पन्न गरेको हो । डब्लुएचओका नेपालमा प्रमुख डा.पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्ये शुरु भएको हिड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताउनुभयो । उहाँले विश्वभरीनै कोभिड १९ को महामारीले… पुरा पढौ

जनयुद्धका सहयात्रीलाई सहकार्यमा आउन अध्यक्ष प्रचण्डको आग्रह

काठमाण्डौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक अर्काले गरेको गल्ती तथा कमजोरीबाट सिकेको ज्ञान तथा अनुभवलाई साटासाट गरेर नयाँ आधारमा अगाडि बढ्न माओवादी घटकहरूलाई आग्रह गरेका छन् । आफूले तत्कालीन नेकपा(एमाले) सँग सकारात्मक मनसायका साथ एकता गरेको भए पनि त्यसले गतिलो परिणाम नदिएको भन्दै उनले त्यसबाट प्राप्त गरेको ज्ञानलाई समेत साटफेर गर्न तयार रहेको बताए । जनयुद्धको स्मरणमा लेखिएको गीतिसंग्रह ‘सपनाको पाण्डुलिपी’को विमोचन गर्दै उनले विभिन्न घटकमा विभक्त भएका माओवादी पार्टी र जनयुद्धका सहकर्मीलाई ठण्डा दिमागले एक अर्काको… पुरा पढौ

इपिएलमा राइनोजमाथि टाइगरर्सको जित

पोखरा । एभेरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सले पोखरा राइनोजमाथि जित हाँसिल गरेको छ । टियु खेल मैदानमा आज भएको खेलमा टाइगर्सले राइनोजलाई ९ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ्ग गरेको पोखरा राइनोजले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल तयार पारेको थियो । जितका लागि १ सय २४ रन पछ्याएको चितवनले १६.४ ओभरमा मात्रै १ विकेटको क्षतिमा उक्त लक्ष्य भट्यायो । चितवनको जितमा मोहम्मद शेहजादले अभिजित ६३ तथा भिम सार्कीले… पुरा पढौ

कञ्चन ग्रुपले खोल्यो अर्चलबोटमा कञ्चन डिपार्टमेन्टल स्टोर्स

पोखराको अर्चलबोटमा कञ्चन डिपार्टमेन्टल स्टोर्स खुलेको छ । सुनचाँदी व्यवसायमा ख्याती कमाएको कञ्चन क्यापिटल प्रालिले पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोटमा कञ्चन डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याएको हो । डिपार्टमेन्टल स्टोर्सको शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रामेश्वर मल्ल र वडा नम्बर ३ का वडाध्यक्ष रबीन्द्रबहादुर प्रजुले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे । बागलुङ बसपार्क, अर्चलबोट, भैरवटोल, नालामुख, विन्ध्यबासिनीलगायतका ठाउँका स्थानिय तथा हेमजा, सुईखेत, नाउडाँडा, पर्वत, बागलुङ, मनाङ, मुस्ताङ जाने यात्रुलाई लक्षित गरि डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याएको कञ्चन… पुरा पढौ

तुलसी दिवस र दुर्गा घिमिरेलाई १\१ लाखको पुरस्कार

संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवस र महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरे पोखरामा एक साथ पुरस्कृत हुने भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा दिवस र घिमिरे पुरस्कृत हुन लागेको हुन् ।समितिले प्रत्येक २\२ वर्षमा यो पुरस्कार प्रदान गर्दै पुरस्कारको राशी १ लाख रुपैयाँको छ । घिमिरेलाई २०७६ सालमै यो पुरस्कार दिने घोषणा गरिएको थियो । तर, कोरोना माहामारीका कारण पुरस्कार प्रदान गर्न कार्यक्रम रोकिएको थियो । २०७८… पुरा पढौ