देश

सर्वोच्च अदालतमा चार पूर्वन्यायाधीशद्वारा लिखित जवाफ पेश

काठमाण्डौं । पूर्वप्रधानन्यायाधीशहरूले आफूहरूले अदालतको अवहेलना नगरी संविधानले दिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकको प्रयोग गरेको सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की अदालतको अवहेलना सम्बन्धि मुद्दामा आज आफै उपस्थित भएर पेश गरेको लिखित जवाफमा उक्त कुरा उल्लेख भएका हुन् । चार पूर्वप्रधानन्यायाधीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको उल्लेख गर्दै गत पुस २४ गते विज्ञप्ति सार्वजनिक गरेको विषयलाई लिएर सर्वोच्च अदालतमा छुट्टछुटै अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । उक्त… पुरा पढौ

सेना, पुलिसले खेलाडी चोर्ने अवस्थाको अन्त्य गर्छौं : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशबाट खेलाडी पलायन हुने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरामा हालै सम्पन्न टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिताका उपाधि बिजेता आयोजक टोलीलाई मुख्यमन्त्रीद्वारा आयोजित ‘बधाई ज्ञापन तथा रात्रीभोज’ कार्यक्रममा बोल्दै उनले रोजगारी खोज्दै खेलाडी पलायन हुने अवस्थाको अन्त्य गर्ने बताएका हुन् । खेलाडी उत्पादन गर्न बडो गाह्रो हुन्छ,उनले भने,‘दुःख गरेर बल्ल बल्ल खेल्न सक्ने बनाएपछि सेना, पुलिसले लगिहाल्छ, अब यस्तो अवस्थाको अन्त्य गर्छौं ।’ त्यसका लागि सेना, पुलिसले दिने सुविधा भन्दा बढी… पुरा पढौ

चुनाव बाध्यात्मक र अपरिहार्य कदम होः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताएका छन् । वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिन आज आयोजित प्रेस बिफ्रिङमा उनले ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य र राजनीतिक स्थिरताका लागि भएको स्पष्ट पारे ।प्रधानमन्त्री ओलीले भने “संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिको अविचलित यात्राको निरन्तरताका लागि हो । यो कदम हाम्रो… पुरा पढौ

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न पाइँदैन : काँग्रेस

काठमाण्डौं । नेपाली काँग्रेसले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसद्मा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताइन लागेको भन्दै आपत्ति प्रकट गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति हुन नसक्ने उल्लेख गर्दै त्यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान रहेको बताएका छन् । थप व्यवस्था आवश्यक भए पनि वृहत्तर विमर्श बिना, संसद् विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको काँग्रेसको आरोप… पुरा पढौ

अझै केही दिन पश्चिमी वायुको प्रभाव कायम रहने

काठमाडौँ। पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ । मौसमविद् शान्ति कँडेललेका अनुसार यस प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने छ । हाल कायम रहेको पश्चिमी वायु कमजोर रहेकाले वर्षा हुन सकिरहेको छैन् । “वर्षा हुन्का लागि पश्चिमी वायु सक्रिय भई प्राप्त मात्रमा जलवाष्पयुक्त हावा बहनुपर्दछ ।” उनले भने । हाल… पुरा पढौ

नयाँबसपार्क–कुलेश्वर करिडोर कालोपत्रे

काठमाडौँ। काठमाडौँको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो । काठमाडौँको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी निर्माण सेवाले नदी वरपर नयाँ पर्खाल लगाउने तथा कालोपत्रे गर्ने काम धमाधम गरिरहेको छ । निर्माण सेवाका इञ्जिनीयर महेश्वर खड्काले विसं २०७८ जेठ ७ गतेभित्र सम्पन्न गर्ने गरी नयाँबसपार्कदेखि कुलेश्वरसम्मको ३.५ किलोमिटर सडक निर्माण कार्य भइरहेको राससलाई जानकारी दिए।… पुरा पढौ

प्रतिनिधि सभा विघटन विरुद्धको रिटः आजबाट वकिलहरुको जवाफी बहस

प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन गरेका वकिलहरुको जवाफी बहस आजबाट शुरु हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटा पक्षका वकिलहरुले गत बिहीबार प्रतिरक्षा बहस गरेका थिए। शुक्रवार सार्वजनिक विदा र हिजो शनिवार भएकोले आजबाट जवाफी बहसको क्रम शुरु भएको हो। आजको बहसमा सहभागी कानुनव्यवसायीले सरकार पक्षबाट बहस गरेकाहरुको जवाफ दिनेछन्। जवाफी बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्यूरीको राय लिनेछ। पुरा पढौ

७० महिनापछि प्रधानमन्त्री कार्यलय सिंहदरवारमा फर्कदैँ

७० महिनापछि प्रधानमन्त्री कार्यलय आज (सोमबार) सिंहदरवारमा फर्कदैँछ। भुकम्पपछि अन्यत्र सारिएको प्रधानमन्त्री कार्यालय ७० महिनापछि सिंहदरबारको मूल भवनमा सर्न लागेको हो। भूकम्पपछि पुनःनिर्मित प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्देछन्। सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रवलीकरण सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान सिंहदरबार भवनको उद्घाटन गर्नेछन्। पूर्व, उत्तर र दक्षिणी भागको प्रवलीकरण र आन्तरिक साजसजावट समेत सम्पन्न गरेर उद्घाटनको तयारी गरेको हो। उद्घाटनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत आजै सार्ने तयारी… पुरा पढौ

प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन

काठमाण्डौं । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन हुनसकेको छैन । व्यावसायिकरूपमा फूलको खेती गर्ने किसान छन् तर बजारको माग पूरा गर्न सकेका छैनन् । प्रेम दिवसमा उपहारका रूपमा दिइने गुलाफ फूलको उत्पादन चितवनमा पनि… पुरा पढौ

पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना

काठमाडौँ।केही दिनदेखि फेरबदल भइरहेको तापक्रमसँगै पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आज अपराह्न उच्च पहाडी भेगमा थोरै क्षेत्रमा हल्का हिमपात तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो मौसमी विवरणअनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी… पुरा पढौ