देश

पोखरा लेडी जेसिजको जेसिज सप्ताह आजदेखि शुरु

पोखरामा जेसिज सप्ताह शुरु भएको छ । पोखरा लेडी जेसिजको आयोजनामा पोखरामा आजदेखि जेसिज सप्ताह शुरु भएको हो । भदौ १० गतेसम्म हुने जेसिज सप्ताहको पहिलो दिन आज प्रभावकारी भाषण कला तालिम सञ्चालन ग¥यो । पोखरा महानगरपालिका वडा नम्बर ३ को सहकार्यमा सोहि कार्यालयमा भएको तालिमको वडा नम्बर ३ का वडाध्यक्ष रबीन्द्रबहादुर प्रजुले उद्घाटन गरे । आफ्ना सदस्यहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दै सक्षम र सबल नागरिक बनाउने उद्धेश्यले गरिएको तालिमको जेसी प्रमिला सुवेदीले संयोजन गरेकी थिईन् । तालिममा स्थानिय… पुरा पढौ

अर्थ तथा विकास समितिले अर्थमन्त्रीलाई भन्यो : खर्च गर्ने क्षमता बढाउ

अर्थ तथा विकास समिति गण्डकी प्रदेशले बजेट खर्चको प्रतिशत बढाउने गरी काम गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको छ । अर्थ तथा विकास समितिले शुक्रबार अर्थमन्त्री रामजीप्रसाद बरालसँग छलफल गर्दै अघिल्ला वर्षहरुमा खर्च प्रतिशत कम देखिएकाले चालु वर्षमा बजेटको खर्च प्रतिशत बढाउने गरी काम गर्न निर्देशन दिएको हो । समितिका सभापति दीपक कोइरालाले भने,‘पहिलो वर्ष भन्दा दोश्रो वर्ष खर्चको प्रतिशत केहि बढेको देखिन्छ, तर अझै सन्तोष मान्नुपर्ने अवस्था छैन, त्यसैले चालु वर्षमा बजेटको खर्च प्रतिशत बढाउने गरी काम गर्न समिति निर्देशन दिन्छ… पुरा पढौ

सांसद मीना गुरुङ १३ दिनमै कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेश सभा सदस्य –प्रदेश सांसद) मीना गुरुङ कोरोना संक्रमण मुक्त भएकी छन् । केहि दिनअघी मात्र कोरोना संक्रमण भएर स्वास्थ्य लाभ गरिरहेकी सांसद गुरुङ छोटो अवधीमै संक्रमण मुक्त भएकी हुन् । सांसद गुरुङले शुक्रबार अपराह्न सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू संक्रमण मुक्त भएको उल्लेख गरेकी छन् । उनले आफू तेह्रौं दिनमा संक्रमण मुक्त भएको बताएकी छन् । कोभिसिल्ड खोपको दुबै डोज लगाएकी उनलाई ज्वरो आउने, टाउको दुख्ने, गन्ध हराउने र जिब्रोले स्वाद नपाउनेलगायतका लक्षणहरु देखिएको थियो । मध्यम… पुरा पढौ

१३ दिनपछि तोडियो भूतपूर्व गोर्खाहरुको अनसन

समान पेन्सन लगायतको माग गर्दै १३ दिनदेखि बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भुपू गोर्खाहरूको अनसन बिहीबार तोडिएको छ। बेलायत सरकार र अनसन बसेका भूपू गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको हो। बेलायतले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो। बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितिमा जुस पिलाएर अनशन तोडिएको लन्डन न्यूजले जनाएको छ। टेन डाउनिङ स्ट्रिटमा ज्ञानराज राई, पुष्पा घले र धन गुरूङले… पुरा पढौ

पोखरा लेडी जेसिजको जेसिज सप्ताह कार्यक्रम : सक्षम बनाउन तालिमदेखि गरीव असहायःलाई सहयोगसम्म

पोखरा लेडी जेसिजले जेसिजले जेसिज सप्ताहको कार्यतालिका सार्वजनिक गरेको छ । भदौ ४ गतेदेखि १० गतेसम्म हुने जेसिज सप्ताह शुरु हुनुअघि विहीबार पोखरा लेडी जेसिजले भर्चुअल रुपमा पत्रकार सम्मेलन गरेर जेसिज सप्ताहको कार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको तालिका अनुसार जेसिज सप्ताहको पहिलो दिन पोखरा लेडी जेसिजले प्रभावकारी भाषण कला तालिम सञ्चालन गर्नेछ । पोखरा महानगरपालिका वडा नम्बर ३ को सहकार्यमा सोहि कार्यालयमा हुने तालिमको जेसी प्रमिला सुवेदीको संयोजनमा हुने जनाइएको छ । जेसिज सप्ताहको दोश्रो दिन विद्यालय स्तरीय… पुरा पढौ

२ केजी गाँजासहित पोखराबाट दुई किशोर पक्राउ

अवैध लागूऔषध कारोबार गरेको आरोपमा प्रहरीले पोखराबाट दुई किशोरलाई पक्राउ गरेको छ । अवैध लागूऔषध गाँजाको कारोबार गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३० पावरहाउस निवासी १८ वर्षिय दुई किशोरलाई प्रहरीले मंगलबार पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका किशोरहरुको साथबाट २ केजी १ सय ग्राम गाँजा बरामद गरिएको प्रहरीको भनाई छ । बा.५ख.६०८८ नम्बरको गाडीमा सवार उनीहरुलाई वडा प्रहरी कार्यालय गगनगौंडाले खानतलासी गर्दा गाँजासहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जारी गरेको बुलेटिनमा उल्लेख छ… पुरा पढौ

सन्दीप लामिछानेको सीपीएल खेल्ने सम्भावना न्यून

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ । सीपीएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल पर्ने भएपछि सन्दीपको सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले राससलाई बताए । उनले राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहेका सन्दीप राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त हुनुपर्ने भएकाले पनि सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको उल्लेख गरे । सन्दीप सीपीएल २०२१ मा ट्रिनबेगो नाइट राइडर्समा अनुबन्ध… पुरा पढौ

‘अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्नु’

काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अफगानिस्तानमा जोखिममा रहेका नेपालीको कूटनीतिक पहलमार्फत तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएका छन् । अफगानिस्तानमा रहेका नेपालीको उद्धारका सम्बन्धमा सरकारले गरेका प्रयासको बारेमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीसँग आज आयोगमा गरिएको छलफलका क्रममा उहाँले सरकारलाई उक्त निर्देशन दिएका हुन् । अध्यक्ष मगरले जुनसुकै हैसियतमा अफगानिस्तान पुगेका भए पनि जोखिममा रहेका सबै नेपालीको उद्धार गर्न सरकारलाई निर्देशन दिए । छलफलमा सचिव पौडेल र विभागका महानिर्देशक… पुरा पढौ

गोरु काटेको आरोपमा पोखराबाट ३ जना पक्राउ

पोखरामा गोरु काटेको आरोपमा ३ जना पक्राउ परेका छन् । बागलुङ निसीखोला गाउँपालिका वडा नम्बर ६ घर भई पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुञ्चौर बस्ने २८ वर्षिय असारी घर्ती मगर, २२ वर्षिय सविन बुढामगर र २१ वर्षिया अस्मिता बुढामगरलाई प्रहरीले गोरु काटेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेकाहरुले पोखरा १९ पुरुञ्चौरका केशरबहादुर अधिकारीले पालेको क्रस गाईको ३ वर्षको बाच्छी गोठबाट दाम्लो फुकाएर लगेका थिए । लगत्तै प्रहरीलाई खबर भएपछि खोज्दै गएको प्रहरी टोलीले घरबाट २ किलोमिटर टाढा गोरु काट्दै… पुरा पढौ

पोखरा लेडी जेसिजले जेसिज सप्ताह मनाउने

पोखरा लेडी जेसिजले जेसिज सप्ताह मनाउने भएको छ । पोखरा लेडी जेसिजले जेसिज सप्ताह २०२१ अन्तर्गत भदौ ४ गतेदेखि १० गतेसम्म जेसिज सप्ताह मनाउने भएको हो । जेसिज सप्ताह शुरु हुने अघिल्लो दिन पोखरा लेडी जेसिजले पत्रकार सम्मेलन गरेर सप्ताहबारे जानकारी दिने जनाएको छ । जेसिजले तालिम, वक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता, खाद्यान्न वितरण, फलफुल तथा खाना वितरणलगायतका कार्यक्रम गरेर जेसिज सप्ताह मनाउने पोखरा लेडी जेसिजकी अध्यक्ष विनिता सापकोटाले जानकारी दिईन् । पुरा पढौ