देश

मिडिया नेपालको अध्यक्ष पदमा सुबेदी र बस्तोलाको दौड

राप्रपा निकट पत्रकारहरूको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेला भोलिबाट बुटवलमा हुँदै छ। नयाँ कार्यसमितिको चयनका लागि अध्यक्ष पदमा श्रीधर सुबेदी र सुर्य बस्तोला चुनावी दौडमा २ प्रतिस्पर्धि मैदानमा उत्रदै छ्न। मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष श्रीधर सुवेदी र सूर्य बास्तोला गण्डकी प्रदेश संयोजक हुन्। दुबै प्रतिस्पर्धी लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध छ्न। पश्चिमका श्रीधर सुवेदीले र गण्डकी प्रदेशका सूर्य बास्तोलाले देशभरबाट आफूलाई साथ र समर्थन रहेको दाबी गरेका छन्। भोलि (शनिबार) सम्म हुने भेलाको सबै तयारी पूरा भएको विहिबार पत्रकार… पुरा पढौ

फेदीखोला गाउँपालिकाले ल्यायो मजदुर संचित कोष कार्यान्वयनमा, मजदुरलाई परिचयपत्र वितरण शुरु

स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदुर संचित कोष कार्यान्वयनमा ल्याएको छ । जीवनभर अर्काको लागि श्रम गर्ने तर अपठ्यारो परेको बेला कोही नहुने तथा आर्थीक अवस्था कमजोर हुने मजदुर वर्ग लाई लक्षित गरि गाउँपालिकाले मजदुर संचित कोष कार्यान्वयनमा ल्याएको हो । दैनिक ८ सय देखि १५ सयसम्म आम्दानी गर्ने भएता पनि न्युन बचतका कारण संकटको अवस्था सामाना गर्न असहज हुने तथा शिक्षा, स्वास्थ्य, आवास लगाएतका मानवीय एवम् सामाजिक विकासको अवस्था न्यून भएका मजदुर वर्गका लागी यो कोषको स्थापना गरिएको हो ।गाउँपालिकाले बिहीबार… पुरा पढौ

स्वरेकको एम्वुलेन्स अक्षयकोषमा शर्मा दम्पतीद्वारा १ लाख सहयोग

स्याङ्जा स्वरेकमा सञ्चालित एम्वुलेन्स सञ्चालानार्थ निर्माण गरिएको अक्षयकोषमा नारायण शर्माले नगद १ लाख सहयोग गर्नुभएको छ ।पर्यटकीय ठाउँ स्वरेकमा नमुना स्वरेक सहयोग समाज कतार र नमुना स्वरेक सहयोगी समाज स्याङ्जाले संयुक्तरुपमा संचालन गरेको एम्वुलेन्स अक्षयकोषमा शर्माले एक लाख नगद सहयोग गर्नुभएको हो । एम्वुलेन्सलाई दिगो रुपमा संचालन गर्न सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषमा सहयोग गरेको शर्माले बताउनु भयो ।स्याङ्जा जिल्लाको काफलडाँडा जन्म घर भई वालिङमा बस्दै आउनुभएका शर्मा हाल कतारमा ब्यवसाय गर्दे आउनु भएकोछ । कोभिडको वेला जिल्लामै उत्कृष्ट सेवा दिएको… पुरा पढौ

प्रेस संगठनका नेता रेग्मीलाई पितृशोक

प्रेस संगठनका नेता तथा अग्रज पत्रकार पदम रेग्मीलाई पितृशोक परेको छ । पत्रकार रेग्मीका बुबा शेषकान्त रेग्मीको विहीबार पूर्वाह्न १०ः३० बजे ९० वर्षको उमेरमा निधन भएको हो । स्वर्गिय रेग्मीको विहीबारै पोखराको रामघाटमा अन्त्येष्टी गरिएको छ । यसैबीच, प्रेस संगठन कास्कीले प्रेस संगठनका नेता तथा अग्रज पत्रकार पदम रेग्मीका बुबा शेषकान्त रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रेस संगठन कास्कीका सह–संयोजक सन्देश श्रेष्ठले विज्ञप्ती जारी गर्दै स्वर्गिय रेग्मीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रेष्ठले जारी गरेको विज्ञप्तीमा शोक सन्तप्त… पुरा पढौ

आज देशभरका अदालतमा शोक बिदा

आज (बिहीबार) देशभरका अदालतमा बिदा हुने भएको छ। सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन शोक बिदा दिएको हो। प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज (बिहीबार) एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सह–प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन्। पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो। सर्लाही जिल्लामा १९८८ साल फागुन ३… पुरा पढौ

निर्णय दिन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको विरोध

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–माधव समूहले प्रतिनिधिसभा विघटनका पक्षमा रहेका पक्ष बाहेक सबैसँग गठबन्धन गर्न बाटो खुला गर्ने भएको छ । आज पेरिसडाँडामा बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई विरोध गर्ने सबैसँग गठबन्धन गर्ने निर्णय गरेको नेता भीमबहादुर रावलले जानकारी दिए । बैठकले ती दलसँग सहकार्यका लागि सचिवालय र स्थायी कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ । स्थायी कमिटी सदस्य रावलले भने, “हामी पर्याप्त छलफल गरेर मात्र प्रतिनिधिसभामा… पुरा पढौ

जिम्मेवारीबाट कांग्रेस भाग्दैनः सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन् । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा चितवनमा आयोजित शोकसभामा उनले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताएका हुन् । सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएपछि पौडेलको जवाफमा सभापति देउवाले काँधमा जिम्मेवारी आए नभाग्ने बताएका हुन् । उनले भने, “कांग्रेसले पदको लोभ पनि गरेको छैन । टाउकामा आयो भने भाग्ने पनि छैन । प्रधानमन्त्री पाउँ पनि भनेको… पुरा पढौ

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति ढकालसहित सदस्यहरुले लिए सपथ

पोखरा महानगरपालिकाले स्थापना गरेको पोखरा प्रज्ञा प्रतिष्ठानका नव नियुक्त कुलपतिसहित सदस्यहरुले बुधबार सपथ ग्रहण गरेका छन् । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाललाई सपथ ग्रहण गराएका थिए , लगत्तै कुलपति ढकालले सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । महानगरपालिकाले बनाएको प्रतिष्ठानको प्राज्ञ सदस्यहरुमा लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन, कवयत्री सरस्वती श्रेष्ठ र संगीतकार दिलीप गायक छन् । प्रज्ञा प्रतिष्ठानमा उपकुलपति र दुई सदस्य रिक्त छन् । ती… पुरा पढौ

बगर भाई खलक एट ‘ए’ साइड भेट्रान फुटबलमा २८ टिम सहभागि हुने

पोखरामा यहि फागुन २४ गतेबाट सञ्चालन हुने “चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । नेपालकै जेठो भेट्रान फुटबल प्रतियोगितामा २८ टिमको सहभागिता रहने जनाउँदै प्रतियोगिताको आयोजक पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले पत्रकार सम्मेलन मार्फत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । फागुन २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाण्डौं, विरगन्ज, हेटौडा, चितवन, वुटवल, वालिङ्ग लगायत स्थानिय टिमले प्रतिष्पर्धा गर्ने संस्थाका अध्यक्ष दिल… पुरा पढौ

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै

काठमाडौँ। नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक शुक्रबार बोलाएको छ । बैठक यही फागुन २१ गते अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वाेच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो… पुरा पढौ