देश

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

काठमाण्डौं । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध सतिमितले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रुपमा तत्काल उद्धार गर्न कुटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले तालिवान विद्रोहीहरु राजधानी कावुल नियन्त्रणमा लिने प्रयासमा रहेकाले भिडन्तका क्रममा नेपाली नागरिक अप्ठ्यरोस्थितिमा पर्न सक्ने भन्दै छिटोभन्दा छिटो हवाई उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा परराष्ट्र मन्त्रालका सचिव भरतराज पौड्यालले अफगानिस्तानमा भइरहेको घटनालाई केही समयदेखि नियालिरहेको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीलाई सकुशल स्वदेश ल्याउन मन्त्रालयले गम्भीर रुपमा प्रयास गरिरहेको बताए… पुरा पढौ

खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताएका छन् । कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सरकारले कोभिड–१९ विरुद्धको तत्कालिक, मध्यमकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको जानकारी दिए । उनले भने,“एकातिर खोप व्यवस्थापनका लागि आवश्यकपरेमा संसारका हरेक खोप निर्मातासम्म सबै खालका उपाय लगाएर पुग्नेछौँ भने अर्कोतिर पहुँच भएकाले मात्र खोप पाउने स्थिति नबनोस् भनेर खोपको वितरण सामन्यायिक हुने मानवीय… पुरा पढौ

गण्डकी प्रदेश सांसद मीना गुरुङलाई कोरोना संक्रमण

गण्डकी प्रदेश सभा सदस्य (सांसद) मीना गुरुङलाई कोरोना संक्रमण भएको छ । प्रदेश सांसद गुरुङलाई आईतबार कोरोना संक्रमण पुष्टि भएको सांसद गुरुङकी स्वकीय सचिव दीपा शर्माले सामाजिक सञ्जाल फेसवुकमार्फत सार्वजनिक गरेकी छन् । संक्रमण पुष्टि भएसँगै सांसद गुरुङ आफ्नै निवासमा होम आइसोलेसनमा रहेको जनाइएको छ । गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव शर्माले उल्लेख गरेकी छन् । पुरा पढौ

गण्डकी प्रदेशका २ मन्त्रीलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका दुई मन्त्रीलाई कोरोना संक्रमण भएको छ । प्रदेशका वन, वातारण तथा भूसंरक्षण मन्त्री दीपक थापा र भूमि ब्यबस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढालाई कोरोना संक्रमण भएको हो । संक्रमित दुबै मन्त्री आफ्नो सरकारी निवासको होम आइसोलेसनमा रहेको जनाइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रीका सचिवालयहरुले जनाएका छन् । पोखरामा मगर संघले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा सहभागि भएर फर्किएपछि उनीहरुलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । लगत्तै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको… पुरा पढौ

नदीपुरमा बन्यो आधुनिक प्रहरी बिट

पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरमा आधुनिक प्रहरी बिट निर्माण भएको छ । स्थानियबासीको सकृयतामा नदीपुरमा आधुनिक प्रहरी बिट निर्माण भएको हो । गायक भाष्करध्वज श्रेष्ठको संयोजकत्वमा बनेको अर्थ संकलन उपसमितिले जुटाएको ३७ लाखको लागतमा नदीपुरमा ६ कोठाको २ तले प्रहरी बिट निर्माण भएको नदीपुर प्रहरी बिटका ईञ्चार्ज प्रहरी हवल्दार गौतम श्रेष्ठले जानकारी दिए । अर्थ संकलनमा प्रहरी बिट निर्माण समितिका संयोजक सहदेव बानियो, सचिव सनकमान सिके, प्रहरी हवल्दार गौतम श्रेष्ठलगायतको सकृय सहभागिता रहेको थियो । ३७ वर्षअघि सेती नहरको… पुरा पढौ

१२ देखि १७ वर्ष उमेरका लागि मोडर्नाको ४० लाख डोज खोप

नेपालमा १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीहरुका लागि मोडर्नाको ४० लाख डोज खोप नेपाल ल्याइने भएको छ। विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोडर्ना खोप ल्याउने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोडर्नाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको हो। उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने सरकारले जनाइसकेको छ। विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको… पुरा पढौ

गायन सँगै अभिनयमा सन्तोष बस्याल

पोखरा । गायक सन्तोष बस्यालको “माछापुच्छ्रे हिमचुलीको” म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रामजी घिमिरेको शब्द र सागर शाह ‘एनजे’ को संगीत रहेको गीतको म्युजिक भिडियोलाई शुक्रबार सार्वजनिक गरिएको हो । भिडियोमा गायक सन्तोष सँगै मोडल शर्मिला अधिकारी, वर्षा क्षेत्री, सबिन गायक र नबु सुवेदीको अभिनय रहेको छ । म्युजिक भिडियोलाई चर्चित निर्देशक नेत्र गुरुङले निर्देशन गरेका हुन् । पोखरा आसपासका रमणीय स्थानमा छायाँकन गरिएको म्युजिक भिडियो नेत्र इन्टरटेन्मेन्टको अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको होे । गीतमा पोखराको महिमालाई प्रस्तुत… पुरा पढौ

कांग्रेसको प्रदेश प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवत प्रकाश

गण्डकी प्रदेश सभामा सत्तारुढ नेपाली कांग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन् । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् । पहिलेका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा सचेतक गौतम नियुक्त भएकी हुन् । यसैगरी सचेतक पदमा स्याङ्जाका भवगतप्रकाश मल्ल नियुक्त भएका हुन् । सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त भएका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर भएका… पुरा पढौ

पहिलो चरणमा पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

पोखरा पर्यटन परिषद्को समन्वयमा आज पोखराका २५ सय पर्यटनकर्मीलाई खोप लगाइएको छ ।पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध संघ संस्था लगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताको आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउण्ट कैलाश, होटल बाराही, बुमराङ रेष्टुरेण्ट र खपौदीको द ब्रिजमा गरेर पाँच स्थानमा खोप केन्द्र तोकिएको थियो । प्रत्येक खोपकेन्द्रमा पाँचसय खोपको व्यवस्था गरिएको शर्माले जानकारी दिनुभयो ।परिषद्का अध्यक्ष गोपीबहादुर भटटराई निकै… पुरा पढौ

लामाचौर स्वास्थ्य चौकीले शुरु गर्यो मास्क अभियान

नेपाल सरकारको मास्क सप्ताह अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर १९ स्थित लामाचौर स्वास्थ्य चौकीले विहीबारदेखि ‘मास्क अभियान’ सञ्चालन गरेको छ । “महामरी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु आजको आवश्यक्ता भन्दै लामाचौर स्वास्थ्यचौकी पोखराले विहीबार एक कार्यक्रमसहित ‘मास्क अभियान’ सञ्चालन गरेको हो । पोखरा–१९ वडा कार्यलयमा वडाध्यक्ष एवम् ब्यबस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलले ब्यानरमा हस्ताक्षर गरेर अभियान शुरु गरिएको लामाचौर स्वास्थ्यचौकीले जनाएको छ । त्यसपश्चात कार्यालयबाट शुरु भएको ¥यालीमा मापदण्ड पालना गरौं, मास्क लागाऔं, कोरोना भगाऔं, साबुन पानीले मिचिमिची… पुरा पढौ