देश

थप चार हजार ९०४ मा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार १२३ मा नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । तीमध्ये १३ हजार १२७ को पिसिआर परीक्षण गर्दा तीन हजार १९४ र पाँच हजार ९०५ को एन्टिजेन परीक्षण गर्दा एक हजार ७१० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई हजार ११५ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको… पुरा पढौ

मादक पदार्थ खाएर लठ्ठिएका श्रीलालले लोहोरोले हानेर आफ्नै श्रीमतीको हत्या गरे

कास्कीमा श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यू भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ बाँझाखेतका ६५ वर्षिय श्रीमान श्रीलाल कामीको कुटपीटबाट उनकी ५५ वर्षिया श्रीमती श्रीमाया कामीको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका श्रीलालले सोमबार राती श्रीमती श्रीमायालाई मसला पिन्ने सिलौटाको लोहोरोले टाउकोमा हानेका थिए । कुटपीटबाट घाईते भएका श्रीमायाको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उद्धार गरी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले बताएको छ… पुरा पढौ

युवा उद्यमी मञ्च (एनवाईईएफ)ले विहीबार चिप्लेढुंगामा खुल्ला रक्तदान गर्ने

युवा उद्यमी मञ्च (एनवाईईएफ) कास्कीले विहीबार पोखरामा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा मञ्चले पर्सी विहीबार पोखरा ट्रेडमल अगाडि मानवअधिकारचोकमा रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदान कार्यक्रम विहान ७ बजेदेखी शुरु हुने मञ्चका अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को तेश्रो भेरियन्ट आउने सम्भावना रहेको र यसले रगतको अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व वहन अन्तर्गत रक्तदान कार्यक्रम गर्न लागिएको उनले बताए । मञ्चको केन्द्रीय… पुरा पढौ

कास्कीमा श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यू

कास्कीमा श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यू भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ बाँझाखेतका ६५ वर्षिय श्रीमान श्रीराम कामीको कुटपीटबाट उनकी ५५ वर्षिया श्रीमती श्रीमाया कामीको मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरेका श्रीरामले श्रीमती श्रीमायालाई सिलौटाको लोहोरोले टाउकोमा कुटपीट गरेका थिए । कुटपीटबाट घाईते भएका श्रीमायाको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उद्धार गरी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले बताएको छ ।… पुरा पढौ

मन्त्रिपरिषद बैठक : कर्मचारीको नयाँ तलबमान स्वीकृत

काठमाण्डौं । सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको हो… पुरा पढौ

एमालेको केन्द्रीय कमिटीद्वारा अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित

काठमाण्डौं । नेकपा(एमाले)को आज सम्पन्न केन्द्रीय कमिटीको ११ औँ बैठकले पार्टीको आसन्न विधान अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित गरेको छ । प्रस्तावित विधानमा केन्द्रीय कमिटीको अध्यक्ष र केन्द्रीय सदस्यहरू महाधिवेशन हलबाट तथा केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कमिटीबाट निर्वाचित गर्ने प्रावधान राखिएको सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । यस प्रकारको प्रावधान मातहतका कमिटीमा पनि लागू हुनेछ । पत्रकारको प्रश्नमा प्रवक्ता ज्ञवालीले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललगायत नेताहरूलाई पार्टी गतिविधिमा फर्कन जतिबेला पनि ढोका खुला रहेको तर पार्टीका नियमित गतिविधिलाई अनन्तकालसम्म… पुरा पढौ

भूमी आयोगसम्बन्धमा अल्पकालिन आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले भूमीसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले भूमी आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न उक्त आदेश जारी गरेको हो । आदेशमा भनिएको छ,–“विघटित भूमीसम्बन्धी अभिलेख भौतिक स्रोतसाधनलगायत व्यवस्थापनसम्बन्धी कुरा अन्यथा परिर्वतन वा रुपान्तरण नगरी यथास्थितिमा कायम राख्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।” आदेशमा विवादित विषयको संवेदनशीलता र गम्भीरताका दृष्टिले दुवै पक्षसँग वृहत छलफल गर्नका लागि आगामी भदौ… पुरा पढौ

पोखरामा रगत अभाव

पोखरा संघसंस्थाहरुबाट हुने नियमित रत्तदान नहुँदा रगतको चरम अभाव भएको छ । पोखरामा मात्रैे दैनिक २०० युनिट भन्दा बढी रगतको माग विभिन्न अस्पताल हरुबाट हुने गरेकोमा बढ्दो कोरोना महामारि तथा रत्तदान मा केही भ्रम का कारण रत्तदानमा कमी भएको रत्तसंचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए । बिकसीत देशहरुमा कोभिड भ्याक्सीन लाउनु अगि रत्तदान गर्ने गरीन्छ, हाम्रो मा कमजोर भइन्छ भन्ने मानसिकताले रत्तदानमा कमि भएको हो । रेडक्रस मार्फत रचात्मक सन्देश दिने कार्यक्रमहरू गरीने रेडक्रस कास्कीका उपसभापति डण्डराज शर्मा ले… पुरा पढौ

व्यवसाय पुर्नजिवनका लागि तत्कालै अध्यययन गरेर आवश्यक नीति बनाउँछौं : मन्त्री शर्मा

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले प्रदेश भित्र रहेका उद्यम व्यवसाय र पर्यटन क्षेत्रमा कोभिडले पु¥याएको क्षती र व्यवसाय पुर्नजिवनको लागि अध्ययन अनुसन्धानको विज्ञ टोली बनाएर आवश्यक नीति बनाउने बताएका छन् ।पश्चिमाञ्चल होटल संघ पोखरामा आवद्ध व्यवसायीसँग अन्तरक्रिया गर्दै मन्त्री शर्माले पहिलो प्राथमिकतामा व्यवसायी मजदुरलाई खोप लगाउने काम सुरु भईसकेको बताएका हुन् ।मन्त्री शर्माले भने ‘आफूले कार्यभार सम्हालेकै दिनबाट व्यवसायी र मजदुरलाई अनिवार्य खोपको लागि लागिरहेको छु’ । पोखरालाई सुरक्षित पर्यटन गन्तव्य बनाउनको लागि अध्ययन अनुसन्धान गरेर व्यवसायलाई… पुरा पढौ

सुशासन जनमैत्री सेवा दिने जनशक्ति तयार गर्न मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले मुख्यमन्त्रीकै कार्यकक्षमा उक्त प्रतिवेदन बुझाएका छन् ।उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले नागरिकलाई अनभूति हुनेगरी सुशासन जनमैत्री सेवा दिनेखालका जनशक्ति उत्पादनमा जोड दिन निर्देशन दिए । उनले भने, ‘सडक विस्तार, पुलपुलेसा बनाउँदा नागरिकले एकथरी सुविधा पाउँछन्, प्रशासनिक सेवा चुस्त भए सरकारले काम गरेको छ भन्ने अनुभूति हुन्छ, यसैलाई प्राथमिकतामा राखेर काम गरिदिनुहोला ।’नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरी लक्ष्य हासिल गर्न कर्मचारीकै भूमिका… पुरा पढौ