देश

विश्व आदिवासी दिवसमा व्यास नगरपालिकाभित्र सार्वजनिक बिदा

२७ औं विश्व आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको यही साउन २२ गते बसेको कार्यपालिका बैठकले आज (सोमबार) आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सार्वजनिक बिदाका अवसरमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) बन्द रहने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिएका छन्। साथै कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य भने संचालन रहने नगरपालिकाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको… पुरा पढौ

गण्डकी प्रदेश लगायतका जेष्ठ नागरिकलाई आजदेखि अष्ट्राजेनिकाको खोप लगाइँदै

कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई आज (सोमबार) देखि दोस्रो डोज खोप लगाइँदैछ। भूटान र जापानबाट अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिसिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई आजदेखि दिन लागिएको हो। कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई आजदेखि दोस्रो डोजका रुपमा अष्ट्राजेनिकाको खोप दिन लागेको हो । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनिका खोप दिन लागिएको हो। प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र शुरु हुनेछ। स्वास्थ्य मन्त्रालयले… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको गुनासो : हामीलाई खोप र व्यवसाय बचाउने कार्यक्रम खै ?

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष दामु अधिकारीले स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउन कच्चा पदार्थमा लगाइएको अत्यधिक भन्सार शुल्क घटाउनुपर्नेमा जोड दिएका छन् ।‘सरकारले स्वदेशमै उत्पादन हुने र यहाँको माग धानिरहेका चाउचाउ, बिस्कुटलगायतका बस्तुहरुको कच्चा पदार्थमा लगाउने भन्सार शुल्क उच्च रहेको छ’,उनले भने,‘सरकारले तयारी बस्तु र कच्चा पदार्थ आयात गर्दा लिइने शुल्क फरक गर्नुपर्छ ।’महासंघका केन्द्रीय सदस्य अधिकारी प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वािणज्य,श्रम तथा उपभोक्ता हित समितिको प्रतिनिधिमण्डलसँग आइतबार पोखरामा भएको अन्तरक्रियामा बोल्दै थिए… पुरा पढौ

जनताका पीरमर्का बुझेर काम गछुः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले झ्यालवास –डेढगाउँ सडकलाई प्राथमिकतामा राखेको बताएका छन् । दक्षिणको नाका त्रिवेणी र उत्तरको नाका कोरला जोड्ने यो सडक प्रदेशकै लाइफलाइन भएकाले प्राथमिकतामा राखेर काम भइरहेको बताएका हुन् ।गृहजिल्ला नवलपुर भ्रमणमा रहेका उनले शनिबार भएका कार्यक्रममा सहभागिता जनाउँदै पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताए । अहिले नवलपुरको पहाडी क्षेत्र बाढीपहिरो र तराई भेग भेलबाढी र नारायणीको कटानको चपेटामा परेको भन्दै मुख्यमन्त्री पोखरेलले तत्काल रोकथाम र राहतका कार्यक्रम सञ्चालन भइरहेको र दीर्घकालीन रोकथामका… पुरा पढौ

पोखराका कांग्रेस, एमाले निकट २५ युवा वाइसिएलमा प्रवेश

पोखराका केहि युवा कांग्रेस, एमाले छाडेर योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० का डेढ दर्जन युवा कांग्रेस, एमाले छाडेर नेकपा माओवादी निकट वाईसिएल नेपालमा प्रवेश गरेका हुन् । शनिबार आयोजित कार्यक्रममा उनीहरुलाई वाईसिएल नेपालका सचिव विनय थापा, गण्डकी प्रदेश सहईञ्चार्ज राजकुमार दुलाल, नेकपा माओवादी केन्द्रका नेता दयाराम तिवारी, वाईसिएल कास्कीका संयोजक भोजराज पौडेललगायतले अवीर र खादा लगाएर संगठनमा प्रवेश गराएका थिए । भेलाले पोखरा महानगरपालिका वडा नम्बर २९ मा अशोक… पुरा पढौ

६ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि संचालनमा आएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो। मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा स्थानीयवासीसँग सहमति गरेर सडक मर्मत गरी शनिवार साँझदेखि यातायात संचालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ। सडक विस्तारका क्रममा पहिरोले क्षति पुगेको जग्गा जमिनको क्षतिपूर्ति र… पुरा पढौ

तीन हजार २१८ सङ्क्रमित थपिए, एक हजार ७२२ सङ्क्रमणमुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमूना परीक्षणमा आज थप तीन हजार २१८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एक हजार ७२२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ६७ हजार २७० जना पुगेको छ । नेपालमा निको हुने दर ९३.६ प्रतिशत छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १९ जनाको… पुरा पढौ

एसईईको नतिजा सार्वजनिक

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि  कति विद्यार्थीले कुन जिपए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । नतिजा सार्वजानिक गर्दै परीक्षा नियन्त्रक अधिकारीले भने । ., “यस वर्ष बोर्डले कति विद्यार्थीले कुन जिपिए ल्याए भने छुट्याएनौँ, जिल्लाबाट प्रमाणीकरण भएर आएको… पुरा पढौ

‘नेता होस् त रामजी बरालजस्तो’ भन्न पाइयोस्

कास्कीको पुम्दीभुम्दीस्थित कालाबाङ घरेडीका स्थानियले गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराललाई उदाहरणीय कार्य गरेर देखाउन सुझाव दिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित कालाबाङ घरेडीबासीको साझा संस्था कालाबाङ घरेडी पोखरा तमु समाजको आमा समूहले आयोजना गरेको कार्यक्रममा सहभागि वक्ताहरुले अर्थमन्त्री बराललाई उदाहरणीय कार्य गरेर देखाउन सुझाव दिएका हुन् । कालाबाङ घरेडी पोखरा तमु समाजका सल्लाहकार गौप्रसाद गुरुङले गण्डकी प्रदेशलाई नमूना प्रदेश बनाउनेगरी काम गर्न आग्रह गरे । उनले भने,‘हिजो जनयुद्ध गर्दा ज्यानको बाजी थापेर हिंड्नुभयो, अबपनि सके राम्रो गर्नुस्,… पुरा पढौ

आजदेखि एक हप्तासम्म नेपाल मास्क अभियान सुरु

नेपाल सरकारले आज (शनिबार) देखि एक हप्तासम्मका लागि देशभर मास्क अभियान सुरु गरेको छ। कोभिड–१९ संक्रमणको रोकथामका लागि मास्कको महत्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान संचालन गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा आजदेखि २९ गतेसम्म अभियान संचालन गरिनेछ। अभियानको आज औपचारिक उद्घाटन गरी दैनिक रुपमा जनचेतनमूलक सामाग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक सांगीतिक कन्सर्ट आदि विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने कार्यक्रम रहेको छ। कोभिड संक्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा सहभागितामूलक डिजिटल… पुरा पढौ