देश

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए

काठमाडौँ।पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र… पुरा पढौ

टी–१० लिगमा राम्रो अनुभव भयो :सोमपाल

नेपाली क्रिकेटर सोमपाल कामीले टी–१० लिगमा नयाँ अनुभव हासिल गरेको बताएका छन् । साविक विजेता मराठा अरेबियन्सबाट चौथो संस्करण खेलेका सोमपालले लिग चरण र सुपर लिगमा गरी जम्मा ६ खेल खेले र ३ विकेट लिए। उनले शनिबार ट्वीट गर्दै अरेबियन्स परिवारको सदस्य हुन पाएको आभार व्यक्त गरेका छन्।सोमपालले आफ्नो अन्तिम खेलमा डेक्कन ग्लाडिएटर्स विरुद्ध २ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका थिए। समूह चरण र सुपर लिग गरी ६ खेल खेल्दा १ खेल मात्र जितेको साविक विजेता मराठा अरेबियन्स… पुरा पढौ

पोखरामा ग्यास सिलिण्डर पड्किएर १ महिला घाईते

पोखरामा खाना पकाउने ग्याँस पड्किएर १ महिला घाईते भएकी छन् । ग्यास लिक भएको अवस्थामा चुल्हो बाल्न लाईटर बाल्दा अचानक आगलागी भई ग्याँस सिलिण्डर पण्डिकएर पोखरा महानगरपालिका वडा नम्बर ३३ बहुमाराकी पद्माकुमारी थापा घाईते भएकी हुन् । बहुमारास्थित गण्डकीबेसीका धनबहादुर थापाको २ तले घरको किचन कोठामा राती ग्यास लिक भएको र विहान चिया पकाउनका लागि लाईटर बाल्ने क्रममा अचानक ग्याँस पड्किएर लाग्दा श्रीमती जलेर घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ग्याँस सिलिण्डर पड्किदा प्दमाको शरीरमा आगो लागेर… पुरा पढौ

आज पनि गण्डकी प्रदेशलगायत अन्य स्थानमा हल्का वर्षाको संभावना

आज (शनिबार) पनि गण्डकी प्रदेश लगायत देशका अन्य स्थानहरुमा हल्का वर्षाको संभावना छ। मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी प्रदेश लगायत देशका केही स्थानहरुमा वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरेको छ। गण्डकी प्रदेशलगायत बागमती प्रदेशको एक/दुई ठाउँ, प्रदेश–१ को धेरै ठाउँहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना पनि रहेको छ । यस्तै, आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिकदेखि सामान्य बदली रही… पुरा पढौ

पोखराको सीतापाइलामा गोली चल्यो, एक घाईते

पोखराको सीतापाईलामा शुक्रबार साँझ गोली चल्दा एक जना घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ सीतापाईलामा पहिचान नखुलेका एक व्यक्तिले गोली चलाउँदा पर्वत मोदी ८ चित्रे घर भई पोखरा २३ कार्की तहरा बस्दै आएका ईलेक्ट्रिसियन काम गर्ने मनोज विक घाईते भएका हुन् । उनको दाहिने कोखा (पेट)मा गोली लागेको बताइएको छ । गोली विकको पेट वारपार भएर निस्केको प्रहरी श्रोत बताउँछ । उनलाई तत्कालै उद्धार गरेर गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ । घाईते विकको उपचार भइरहेको… पुरा पढौ

लाईटर पड्केर आगो लाग्दा २ तले घर जलेर खरानी

बागलुङमा लाईटर पड्केर आगलागी हुँदा २ तले घर जलेर खरानी भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर धाराखर्कका बुद्धविर कामीको ढुंगा माटोले बनेको २ तले कच्ची घर जलेर खरानी भएको हो । चुलो नजिक रहेको लाइटर पड्केर आगलागी हुँदा अचानक आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट घर पूर्ण रुपमा जलेको छ भने ११ वटा बाख्रा र ५ वटा कुखुरासमेत जलेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा परेर १४ वटा बाख्रा घाइते हुनुका साथै लत्ता कपडा… पुरा पढौ

मादीको केन्द्र सार्ने निर्णयबिरुद्धको आन्दोलनमा कांग्रेसको ऐक्यबद्धता

मादी गाउँपालिकाको केन्द्र सार्न लागेको बिरुद्ध आन्दोलित संयुक्त संघर्ष समितिलाई नेपाली कांग्रेस कास्कीले ऐक्यवद्धता जनाएको छ । गाउँपालिकाको केन्द्र याङ्जाकोटबाट स्थानीय स्वायत्त शासन ऐन र राजनितीक सहमति बिपरित गाउँपालिकाले प्रदेश सरकारलाई सिफारिस गरेको बिरुद्ध शुक्रबार आयोजित बिरोध सभामा नेपाली कांग्रेसका नेता एबम् पुर्व कानुन मन्त्री यज्ञबहादुर थापा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति कृष्णबहादुर केसी, नेपाली कांग्रेसबाट निर्वाचित मादी ५ का वडाध्यक्ष रतनबहादुर गुरुङ, मादी ८ का वडाध्यक्ष यमबहादुर गुरुङ, मादी गाउँपालिका लेखा समिति संयोजक सरोज केसी, युवा नेताहरू मादी १… पुरा पढौ

ओलीको संगठन मण्डलेहरुको, बिचार सर्वसत्तावाद र राजनीति व्यक्तिवाद हो : भुषाल

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री घनश्याम भुषालले केपी ओली चरम अवसरवादी भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाउनुको विकल्प नभएको बताएका छन् । नेकपा कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको ‘प्राज्ञिक÷बौद्धिक बहस विषयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै उनले त्यस्ता अवसरवादी ओलीलाई माधव नेपाल, झलनाथ खनालहरुले बेलैमा नचिनेर संरक्षण गरेकोसमेत टिप्पणी गरे । कम्युनिष्ट भएर छिरेका केपी ओलीको अनुहार क्लियर भएर प्योर फर्ममा आएको बताउँदै उनले भने,‘ओलीको संगठन मण्डलेहरुको संगठन हो, बिचारचाहिं सर्वसत्तावाद हो र राजनीतिचाहिं… पुरा पढौ

अहिलेको लडाइँ अराजकता र राजनीतिक अस्थिरताविरुद्ध होः उपप्रम पोखरेल

काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूला न्यायाधीश अरु नभएकाले ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचनमा जान लागिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा वाग्मती प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको आमसभामा उनले अहिलेको लडाइँ पद प्राप्तिका लागि नभएर मुलुकलाई स्थिरता दिनका लागि भएको स्पष्ट पारे। लामो राजनीतिक अस्थिरताबाट आक्रान्त मुलुकलाई स्थायित्व दिने र आर्थिक विकास समृद्धिबाट पछि परेको मुलुकलाई अघि बढाउने प्रधानमन्त्री ओलीको उद्देश्य रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले ‘संविधानको रक्षा गर्दै अराजकताको अन्त्य गर्ने उद्देश्यमा अघि बढिरहँदा त्यसलाई असफल… पुरा पढौ

चितवनमा १८ मतदान केन्द्र थपिने

चितवन। जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचनका लागि १८ मतदान केन्द्र थप गर्न सिफारिस गरेको छ । जिल्ला मतदानस्थल तथा केन्द्र सिफारिस समितिले जिल्लामा रहेका ४०८ केन्द्रमा १८ थप गरी ४२६ मतदान केन्द्र गर्न निर्वाचन आयोगमा सिफारिस गरेको हो । कार्यालयका प्रमुख जनार्दन अधिकारीका अनुसार विसं २०७४ मा भएका १६४ स्थलमा नै पर्ने गरी ती केन्द्र थप गरिएको हो । जिल्लामा मतदाता सङ्ख्यामा वृद्धि भएसँगै केन्द्र थप गरिएको उनले बताए । विसं २०७४ को निर्वाचनमा तीन लाख ५४ हजार ३४ मतदाता… पुरा पढौ