देश

झरना गुरुङको पहलमा हेलम्बुको ग्यालथुम, क्युलबासीलाई राहत प्रदान

गैर आवासीय नेपाली संघ (एनआरएनए) मड्रिड (स्पेन) महिला समितिले बाढी प्रभावित सिन्धुपाल्चोकको हेलम्बुबासीलाई राहत प्रदान गरिएको छ । अन्र्तराष्ट्रिय उसु खेलाडी तथा एनआरएनए मड्रिडकी संयोजक झरना गुरुङको नेतृत्वमा अर्थ संकलन गरी सिन्धुपाल्चोकको हेलम्बु भन्दा ११ किलोमिटर माथि रहेको ग्यालथुम, क्युल बासी बाढी पीडितलाई राहत सामग्री प्रदान गरिएको हो । बाढी पीडित ग्यालथुम, क्युल बासीलाई आवश्यक पर्ने ब्ल्याङ्केट १० थान, त्रिपाल १० थान, गर्भवती महिला तथा बृद्धबृद्धाका लागि टेन्ट, वाटरप्रुफ सोलार लाइट ५ थान, इनर्जी दिने बिस्कुट ३६ प्याकेट, डेन्टल सप,… पुरा पढौ

सुन्दर थापा स्मृति प्रतिष्ठानका लागि २५ लाख बजेट विनियोजन

सुन्दर थापा स्मृति प्रतिष्ठानका लागि २५ लाख बजेट विनियोजन भएको छ । पोखरा बाटुलेचौरका संगीतकार सुन्दर थापाको स्मृतिमा गठन गरिने सुन्दर थापा स्मृति प्रतिष्ठानका लागि गण्डकी प्रदेश सरकारले २५ लाख विनियोजन गरिएको सरकारका प्रवक्ता तथा विज्ञान, प्रविधि तथा सामाजिक विकास विकास मन्त्री कुमार खड्काले जानकारी दिए । बजेट विनियोजन भएपनि प्रतिष्ठान भने गठन भइसकेको छैन । अब चाँडै प्रतिष्ठान गठन गरेर गीत÷संगीतको क्षेत्रमा काम गर्नका लागि बजेट विनियोजन गरिएको मन्त्री खड्काले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् । पहिलो वर्ष भएकाले… पुरा पढौ

एशियन सिनियर महिला भलिबल खेल्नबाट नेपाल वञ्चित

काठमाण्डौँ । फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप–२०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ । कोभिड–१९को नयाँ भेरियन्टको अति संवेदनशिल क्षेत्र नेपाल भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासङ्घमार्फत नेपाल र भारतको भलिबल टोलीलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल सङ्घले जनाएको छ । उक्त प्रतियोगिता आगामी भदौ १३ देखि २० गतेसम्म आयोजना हुने तय भएको थियो । नेपालको महिला टोलीले पहिलो पटक यस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन नपाएको हो । यो निर्णयले नेपाली महिला… पुरा पढौ

कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गियो

काठमाण्डौँ । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । \पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी गराएको हो । बैठकमा समिति संयोजक रमेश लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको र छिट्टै सम्पूर्ण विवरणसहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाइने बताएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले क्रियाशील सदस्यताको विवादले भएको ढिलाइलाई व्यवस्थापन गर्न पार्टीको… पुरा पढौ

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुचारू हुँदै

काठमाण्डौँ । निर्वाचन आयोगले आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगको आजको बैठकले साउन ३ गते आइतबारदेखि सबै निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुचारू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । प्रतिनिधिसभा जेठ ८ गते विघटन भई निर्वाचनको मिति घोषणा भएका कारण स्थगित गरिएकामा सर्वोच्च अदालतको आदेशमा पुुनः स्थापनासगैँ मतादाता नमावली सङ्कलन तथा अद्यावधिक सुचारु गरिने भएको हो । पुरा पढौ

‘विपद्बाट नागरिकलाई जोगाउनु पहिलो प्राथमिकता’

काठमाण्डौँ । गृहमन्त्री बालकृष्ण खाँणले मनसुनमा हुनसक्ने विपद्बाट नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज स्थलगत निरीक्षणपछि कार्यक्रममा मन्त्री खाँणले वर्तमान अवस्थामा पहिलो प्राथमिकता विपद् प्राधिकरण रहेको र जनताको सुरक्षाका लागि गम्भीर भएर लाग्न निर्देशन दिए । मन्त्री खाँणले नागरिकको जीवनरक्षाका लागि विपद् जोखिम न्यूनीकरणको सवालमा प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापनलगायत मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । गृहमन्त्रीको पदभार ग्रहणपछि मातहतका निकायमध्ये प्राधिकरणलाई पहिलो प्राथमिकता दिँदै उहाँले… पुरा पढौ

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन् । खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि उनले आज नेपाल मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाई सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन समेत निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले पद बहाली गरेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट आगामी चैत भित्र खोप… पुरा पढौ

एमाले स्थायी कमिटीद्वारा कार्यदलको सहमति अनुमोदन

काठमाडौँ। नेकपा (एमाले) को आजको स्थायी कमिटीले पार्टीको विवाद समाधान कार्यदलको सहमतिलाई अनुमोदन गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा गठित कार्यदलले गत असार २७ गते आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति अनुमोदन गर्दै कार्यन्वयन गर्ने निर्णय गरेको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यान्वयन गर्ने जानकारी दिए। बैठकले कार्यदललाई धन्यवाद दिँदै कार्यदलसमेत भङ्ग गरेको छ । बैठकले पार्टी अध्यक्ष ओलीको… पुरा पढौ

पशुपतिनाथ मूल मन्दिर क्षेत्र सुनसान, बाहिर भक्तजनको चहलपहल

काठमाडौँ। साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ । सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न जारी निषेधाज्ञा थप गरेकाले पशुपतिनाथ मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । मूल मन्दिर क्षेत्रमा भक्तजनलाई जान दिइएको छैन । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको… पुरा पढौ

गौरिकाले टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा बोक्ने

पौडी खेलाडी गौरीका सिंहले जापानको राजधानी टोकियोमा हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा बोक्नेछिन्। नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको हो। टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले सहभागिता जनाउनेछन्। सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन्। गौरिकाले सन् २०१६ मा रियो ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएकी थिइन्। नेपालमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकूद (साग) मा सिंहले पौडीमा ४ स्वर्ण, २ रजत र ३ काँस्य पदक जितेकी थिइन्।… पुरा पढौ