देश

नेपाल आम हड्तालः प्रहरी प्रशासनको धरपकड, काठमाण्डौंको कलङ्कीबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड–नेपाल समूहका कार्यकर्ता गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–दाहाल समूहले आज (बिहीबार) का लागि देशभर आम हड्तालको आब्हन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटन र संविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताललाई निस्तेज पार्न सरकारद्वारा प्रहरी प्रशासनलाई कडा निर्देशन दिएको समाचार छ। सरकारको निर्देशन पालना गरेको प्रहरी प्रशासनले राजधानी काठमाण्डौंलगायत देशभरका मुख्य शहरहरुमा सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरी प्रशासनले बिहीबार बिहान सबेरै प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्तालाई धर पकड र गिरफ्तार गरेको छ।… पुरा पढौ

काठमाण्डौं गोंगबुमा ट्याक्सीमा आगजनी, ५६ जनालाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन्। बिहीबार बिहान प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएकोा छ। महानगरीय प्रहरी परिसरका अनुसार प्रदर्शनकारीहरूले आगजनी गरेर गएका हुन्। सो ट्याक्सी धादिङका खुम्बनारायण श्रेष्ठको हो । प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ। सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ। प्रचण्ड नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेको थियो। संविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै हड्तालको घोषणा गरेको हो। बिहीबार… पुरा पढौ

नेकपा प्रचण्ड–माधव समूहको नेपाल बन्द आज, परिक्षार्थीदेखि एम्वुलेन्ससम्मलाई छुट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आज नेपाल बन्द गरेको छ । संवैधानिक निकायहरुमा बलमिच्याईं गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आज नेपाल बन्द गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मुश्लिम आयोगलगायतका संवैधानिक निकायहरुमा नियुक्त गरेका थिए । असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायहरुमा नियुक्त गरेको विरोधमा आज नेपाल बन्द गरिएको नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले बताए ।नेकपा प्रचण्ड–माधव समूहले विहान ५ बजेदेखि नै बन्द शुरु भएको बताएको छ । साँझ… पुरा पढौ

निर्धक्क सार्वजनिक यातायात, पेशा, व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

काठमाण्डौं । सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ । मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायत ध्वंशात्मक एवं अवाञ्छिनीय गतिविधि नगर्न नगराउन… पुरा पढौ

बन्द र हड्तालको विरोध

काठमाण्डौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले गत निर्वाचनको घोषणापत्र विपरीत मुलुकमा राजनीतिक दलबाट पुनः बन्द÷हड्ताल आव्हान गरिएकामा विरोध जनाएको छ । निर्वाचनको घोषणापत्रमा वाम गठबन्धनले ‘विद्यालयलाई राजनितिक हस्तक्षेप मुक्त र विद्यालयलाई शान्ति क्षेत्र बनाइने प्रतिबद्धता गरेको’ उल्लेख गर्दै सिजपले आज जारी गरेको विज्ञप्तिमा बन्द र हड्तालले बालबालिकाको निर्वाध शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित गर्ने र नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३१ को शिक्षा सम्बन्धी हक, बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ (८) विपरित शान्तिपूर्ण… पुरा पढौ

प्रतिनिधिसभा विघटनका मुद्दाः विघटन अन्तर्राष्ट्रिय अभ्यास अनुरुप

काठमाण्डौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आज प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरे । प्रतिनिधिसभा विघटनविरूद्धमा परेको रिट निवेदनमाथिको सोह्रौँ दिनको सुनुवाइमा उनले संविधानको धारा ७४ को संसदीय अभ्यासअनुसार विघटनको अधिकार दिएको र संविधानको धारा ८५ विघटनका लागि पर्याप्त भएको तर्क राखे । “गिरिजाप्रसाद कोइरालाले गरेको संसद् विघटन, मनमोहन अधिकारीले गरेको विघटन पहिलाको संविधानअनुसार थियो, त्यो बेला संविधानमा प्रष्ट रुपमा लेखिएको थियो”, उनले भने, “अहिले प्रतिनिधिसभा विघटन संसदीय अभ्यासअनुसार… पुरा पढौ

मादीको केन्द्र बेतेनीमा सार्न सिफारिस गरेको आक्रोसमा असन्तुष्ट पक्षद्वारा कार्यालयमा तोडफोड

कास्कीको मादी गाउँपालिकाको केन्द्र साझा बेतेनीमा सार्ने निर्णयपछि उठेको विवाद उत्कर्षमा पुगेको छ । साविक याङ्जाकोटमा रहेको मादीको केन्द्र साझा बेतेनीमा सार्ने निर्णयलाई पहिलो प्राथमिकतामा राखेर मादी गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारलाई पठाएको झण्डै १ वर्षपछि प्रदेश सरकारले त्यसलाई संघीय सरकारमा सिफारिस गर्ने निर्णय गरेसँगै उठेको विवाद उत्कर्षतर्फ पुगेको हो । मादीको केन्द्र साविक याङ्जाकोट वा याङ्जाकोट देउराली नै हुनुपर्ने माग गर्दै आएका स्थानियले सो निर्णयबिरुद्ध मादी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो । असन्तुष्ट समूहले लगाएको ताला गाउँपालिका प्रमुख… पुरा पढौ

टेसा पोखराको अध्यक्षमा सापकोटा

ट्रेकिङ ईक्यूपमेन्ट सप एशोसियसन (टेसा) पोखराको २३ औं साधारण सभा तथा १३ औ अधिवेशनले नारायण सापकोटाको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ । टेसा पोखराको बुधबार पोखराको काहुँडाँडामा सम्पन्न अधिवेशनले सापकोटाको अध्यक्षतामा १० सदस्यीय समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा प्रमोद भण्डारी, उपाध्यक्षमा रामजीप्रसाद अधिकारी, महासचिवमा टीकाबहादुर लम्साल, सचिवमा टीकाराम लम्साल, कोषाध्यक्षमा महेन्द्र जिसी तथा सदस्यहरुमा रमेशराज अधिकारी, मीलन सापकोटा, केशवराज बाँस्तोला र बुद्धिबहादुर बस्नेत चयन भएका छन् । यसअघी समितिको १३ औं अधिवेशन तथा २३ औं… पुरा पढौ

साउनयता, ६२ हजारभन्दा बढी नेपाली ९७ मुलुकमा पुगे

कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनयता उनीहरू ९७ मुलुकमा पुगेका हुन्। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७ हजार २ सय ९ नयाँ गरी २१ हजार ९ सय ६२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। मंसीरमा १२ हजार ४ सय ३१ पुनः र ४ हजार ३ सय ७७ नयाँ गरी १६ हजार ८ सय ८ जना वैदेशिक रोजगारीमा गएको जनाइएको छ। कात्तिकमा ७ हजार ७… पुरा पढौ

डा. गोविन्द केसी २० औँ पटक आमरण अनसन बस्दै

डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । डा. केसीले २ बुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्। डा. केसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौं ।’ डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै उनले संविधानको रक्षा र… पुरा पढौ