देश

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा आज जारी शुभकामना सन्देशमा उनले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने उल्लेख गरे । सन्देशमा भनिएको छ, “इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्षको डिसेम्बर २५ लाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ‘क्रिसमस… पुरा पढौ

पाेखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु

पोखरा ९ पाैष ।  पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गते सम्म चल्ने छ । प्रतियोगिताको पोखरा रङ्गशालामा एक भव्य कार्यक्रमबीच उद्‌घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तारै खेलकुद व्यवसायिक बन्दै गएको बताए । उनले खेलकुदले देशलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउने काम गरेको उल्लेख गरे ।  राष्ट्रिय एकताको प्रतीकका रुपमा खेलकुद विकास भइरहेको भन्दै मेयर आचार्यले देश विभिन्न मुद्दामा… पुरा पढौ

उत्पादक र उपभोक्ताको संगम स्थल बन्यो लेखनाथ महोत्सव

लेखनाथ, ९ पुस ।कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारिक केन्द बिन्दु बनेको हो ।महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीको दावी रहेको छ ।… पुरा पढौ

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : न्यू ईयर ईभमा उज्जन शाक्य पनि गुञ्जिने

पोखरा, पुस ९ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रम हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुका न्यू ईयर ईभमा अहिलेका भाइरल उज्जन श्रेष्ठको व्याण्डले लाईभ प्रस्तुती दिने अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्कलगायतका गीतहरु गुञ्जाउने बताए । सो दिन न्यू… पुरा पढौ

फेवाताल पुर्नेलाई कारबाही गर्न नागरिक समाजको माग

पोखरा, ९ पुस । फेवातालको मुख्य जलाधार क्षेत्रका डाँडा खारेर हर्पनखोला वरिपरिको सिमसार क्षेत्र पुर्ने गरेको गतिविधिप्रति वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीका तर्फबाट संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका तर्फबाट नरेन्द्रमान लालचनले बुधबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै विश्व रामसार क्षेत्रमा सूचिकृतसमेत रहेको विश्वकै तेह्रौ सुन्दर ताल फेवातालको अस्तित्व नासिने गरी दिनानुदिन यसरी अनधिकृतरुपमा पुर्नु निन्दनीय कार्य भएको ठहर छ । विज्ञप्तिमा भनिएको छ,… पुरा पढौ

निर्वाचन हुने र नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने÷नहुने भन्ने बहस निरर्थक हुने बताएका छन् । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेसका विषयमा राजनीतिक दलका लागि निर्वाचन आयोगद्वारा आयोजित दुई दिने अभिमुखीकरणको समापनसत्रलाई आज सम्बोधन गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले अहिलेको अवस्थामा निर्वाचन निर्विकल्प समाधान भएको बताए । उनले निर्वाचनको राजनीतिक मुद्दा राजनीतिक रुपमा हल हुने र आयोगले राजनीतिक तथा कानुनीरुपमा हल भएका विषयलाई शिरोपर गर्ने… पुरा पढौ

अभियन्ता निकोलस भुसाल आमरण अनसनमा,माग पुरा नभएसम्म अनसन नतोड्ने दृढता

अभियन्ता निकोलस भुसाल आमरण अनसनमा बसेका छन् । जेनजी आन्दोलनले उठाएका माग पूरा नगरेको भन्दै उनले गएरातिदेखि आमरण अनसन सुरु गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै माइतीघरमा आन्दोलन स्वरुप अनसन सुरु गरेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए । उनले ९ बुँदे माग अघि सारेका छन् । आमरण अनसन बसिरहेका डा भुसालले आफ्ना माग पूरा नभएसम्म पछि नहट्ने बताएका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशमा सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र… पुरा पढौ

देशभरका करिब ५८ प्रतिशत किसान सूचीबद्ध

देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले करिब ५८ प्रतिशत किसान सूचीकृत गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले गत मङ्सिरसम्म ती किसानलाई सूचीकृत गरेको हो ।कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजार किसान रहेकामा हालसम्म २३ लाख ८३ हजार किसानलाई सूचीबद्ध गरिएको केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए । उनका अनुसार किसानको जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान… पुरा पढौ

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताएका छन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन कार्यक्रममा गृहमन्त्री आर्यालले फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेगरी सरकार गृहकार्यमा लागेको बताए । गृहमन्त्री अर्यालले भने, “हाम्रो मूल रणनीति कुनैपनि अवस्थामा द्वन्द्व हुन नदिने हो । मुलुकको सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण बनाउन शान्तिपूर्ण राजनीतिक वातावरणमा स्वच्छ र निर्भयपूर्ण प्रतिस्पर्धाका लागि निर्वाचनको तयारी… पुरा पढौ

पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख

जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । सो क्रममा उनीहरुले चित्रकारको पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेका थिए । गत साता भारतमा उपचार गराएर फर्किएकी चित्रकारलाई भेट्न संयोजक दाहाल र सहसंयोजक नेपाल आज बिहान डल्लुस्थित खनाल निवास पुगेका थिए । उनको स्वास्थ्य अवस्था जोखिमुक्त रहेको र उपचार जारी रहेको पूर्वप्रम खनालले जानकारी गराएका थिए… पुरा पढौ