देश

विद्युतीय प्रसारण लाइनको तार मुनिको जग्गाको कित्ताकाट हुने

सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वे मा पर्ने क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीको नाममा रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । नयाँ व्यवस्था अनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड भने परिवर्तन भएका छैनन् । प्रसारण लाइनको मा मार्गाधिकारमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न… पुरा पढौ

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ । आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको महाराजगञ्जस्थित निवासमा छलफल गरेका छन् । भेटमा कांग्रेस सभापति देउवाले निर्वाचन हुने वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् ।उनले प्रवक्ता खरेललाई कांग्रेसको आधिकारिक निर्णय निर्वाचन नै भएको समेत जानकारी गराएका थिए । मन्त्री… पुरा पढौ

लेकलाईड न्यू ईयर ईभमा भाईरल डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाईने

पोखरा, पुस ११ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाईने भएको छ । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रममा कार्टुन क्रुजकी आस्माले प्रस्तुती दिने भएकी हुन् । आस्माले प्रस्तुती राख्नेबारेमा सम्झौता भइसकेको सांगीतिक उत्सवको संयोजन गरिरहेका अल टेक नेपालका संयोजक शेरबहादुर गुरुङले जानकारी दिए । आस्माले अहिलेको भाइरल हिन्दी गीतहरु छिकिरी छिकिरीलगायतका गीतहरुमा डान्स प्रस्तुत गर्नेछिन् । पुस १६ गते बेलुकाको न्यू… पुरा पढौ

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै,ज्येष्ठ नागरिकलाई उचित संरक्षण जरुरी: राष्ट्रपति पौडेल

‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको हो । विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ । यो दिवसले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व, जिम्मेवारी, कर्तव्य, सम्मान र आदरभावलाई पुनः… पुरा पढौ

कालिका क्याम्पसमा खेलकुद तथा अतिरिक्त क्रियाकलापहरु सम्पन्न

पोखरा, पुस १० कालिका बहुमुखी क्याम्पस पोखरा–१४ काजीपोखरीको ३४ औं वार्षिकोत्सवको साप्ताहिक कार्यक्रम अन्तर्गत विहीबार खेलकुद तथा अतिरिक्त कृयाकलापहरु सम्पन्न भएका छन् । पुस ४ गतेदेखि शुरु भएको वार्षिकोत्सव विशेष खेलकुद तथा अतिरिक्त कृयाकलापहरु विहीबार सकिएको हो । खेलकुद तथा अतिरिक्त कृयाकलाप कार्यक्रमहरु समापन कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले देशको भविष्य युवाको हातमा रहेको बताए । त्यसैले युवा पलायन रोक्न आवश्यक रहेकोमा उनले जोड दिए । क्याम्पसबाट उ्रत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुनेहरुलाई आफू आबद्द केसी ग्रुपले… पुरा पढौ

पोखराको कृस्ती हर्राबोटमा सुन्तला महोत्सव : खरिद गर्ने धेरै, बेच्ने थोरै

सन्देश श्रेष्ठपोखरा, पुस १० पोखरामा विहीबार सुन्तला महोत्सव सम्पन्न भएको छ । सुन्तलाको पकेट क्षेत्र पोखरा–२१ हर्राबोटमा सुन्तला महोत्सव आयोजना गरिएको हो । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र कृषि विकास महाशाखाको सहयोग तथा वडा स्तरीय कृषि सञ्जालको समन्वयमा पोखरा महानगरपालिका वडा नम्बर २१ ले आयोजना गरेको महोत्सवमा कृषक भने बेखूस देखिए । कृषकलाई भन्दा बिचौलियालाई पोस्नेगरी कार्यक्रम गरिएको कृषकको आरोप छ । महोत्सवमा सुन्तलाको पहाड बनाउने भनिएको थियो । तर सुन्तलाको पहाड त थियो तर एकदमै सानो । कृषकले… पुरा पढौ

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले प्रयत्न गर्नुपर्ने बताएकी छन् । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाईमा कुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले देशको विकासका लागि शिक्षामा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिईन् । “देशको उच्च शिक्षा क्षेत्रमा परिवर्तनको आकाङ्क्षा स्वाभाविक भएकाले यसलाई दलीय राजनीतिबाट मुक्त गर्न आवश्क छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको हो । यस विषयमा… पुरा पढौ

निर्वाचनको वातावरण बनाउनुपर्नेमा एमाले अध्यक्ष ओलीको जोड

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा परिचालन भएका स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गर्दै उनले निर्वाचनका निम्ति शान्तिपूर्ण वातावरण बन्नुपर्ने बताउँदै त्यसो भएमा मात्र आफ्नो दल निर्वाचनमा सहभागी हुनु बताए । त्रास र असुरक्षाकाबीच निर्वाचनको वातावरण बन्न नसक्ने अध्यक्ष ओलीको कथन थियो । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र जेलबाट भागेकाहरूबाट सुरक्षा चुनौती थपिएकोतर्फ लक्ष्य गर्दै उनले शान्तिपूर्ण निर्वाचनको वातावारण बनाउने दायित्व सरकारको हो भने । राष्ट्रपति रामचन्द्र… पुरा पढौ

जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ: महासचिव चन्द

नेपाल कम्युनिष्ट पार्टी माओवादीले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र कानुनी जटिलतालाई समाधान गरेर चुनावमा जानुपर्नेमा जोड दिएको छ । नवौँ केन्द्रीय समितिको चौथो विशेष बैठकका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले मुलुकका समस्या थाँती राखेर हुने निर्वाचनले निकास नदिने स्पष्ट पारे । उनले समाजवादी सङ्घीयताअनुरुप राज्यको ढाँचा बन्नुपर्ने, अग्राधिकारसहितको सङ्घीय संरचना र राज्यका सबै अङ्गमा जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना गर्नुपर्ने आफ्नो पार्टीको दृष्टिकोण रहेको जानकारी दिए । अन्तरिम कालको नेतृत्व आफ्नो पार्टीलाई दिइए आन्दोलनकारी जनतासहित… पुरा पढौ

पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए । प्रमुख पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भएपनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने बताए । तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च… पुरा पढौ