देश

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन भोलि बिहीबार देखि सुरु हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा महत्वका साथ हेरिएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ः०० बजेका लागि आह्वान गरेका छन् । प्रतिनिधिसभाको उक्त अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रियसभाको बैठक सङ्घीय सचिवालयस्थित पूरानो भवनमा बस्नेछ । यो… पुरा पढौ

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात रु छ अर्ब ४२ करोडले बढी हो ।वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा सवारीसाधन र पार्टपुर्जाको आयातमा वुद्धि भएको छ । भन्सार कार्यालयले चालु आवको सात महिनामा सवारीसाधन र पार्टपुर्जा आयातबाट मात्र १६ अर्ब ७३ करोड राजस्व सङ्कलन गरेको छ । जबकि… पुरा पढौ

एसईई परीक्षा बिहीबारबाट,कास्कीमा करिव ११ हजार विद्यार्थी सहभागि हुने

राष्ट्रिय परीक्षा बोर्डले बिहीबारबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षाको तयारी पुरा गरेको छ । शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता हुनुपर्ने परीक्षा २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा धकेलिएको हो । बोर्डका अनुसार परीक्षाको सबै तयारी पूरा भएको छ ।एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले ७७ वटै जिल्लामा परीक्षाको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको बताए । उनका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । केन्द्राध्यक्षहरु पनि नियुक्त भएर सम्बन्धित केन्द्रमा पुगेका छन् । परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको… पुरा पढौ

पोखरामा अवैध ट्रान्सपार्टी, विदेशीसहित ३८ पक्राउ

पोखरा, चैत १७ पोखरामा कानूनी रुपमा अवैध रहेको ट्रान्सपार्टी सञ्चालन भएपछि प्रहरीले छापा मारेको छ । पोखरा महानगरपालिका–१८ सेदीस्थित जंगल नजिकको एकान्त घरमा नेपालको कानूनले बन्देज लगाएको ट्रान्सपार्टी सञ्चालन भएपछि प्रहरीले छापा मारेर ३८ जना युवायुवतीलाई पक्राउ गरेको छ । मध्यरातमा छापा छापा हान्दा ट्रान्सपार्टीबाट ३८ जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए । पोखरा–१८ निवासी कृष्ण पराजुलीको पुरानो घरमा बमेन्द्र पुनसहितको टोलीले भाडामा लिएर ट्रान्सपार्टी आयोजना गरेको स्रोतले बताएको छ । ट्रान्सपाटीमा लागुऔषध समेत… पुरा पढौ

गण्डकी सरकारको कार्यप्रगति ६ प्रतिशतले घट्यो

सन्देश श्रेष्ठपोखरा, चैत १७ गण्डकी प्रदेश सरकारको कार्य प्रगति गत वर्षको तुलनामा घटेको छ । पछिल्लो साढे ८ महिनामा गण्डकी सरकारको आर्थिक प्रगति गत वर्षको तुलनामा ६ प्रतिशतले घटेको हो । गण्डकी प्रदेश सरकारले गत वर्ष चैत १६ गतेसम्ममा २९ प्रतिशत कार्य प्रगति गरेको थियो । तर यस वर्ष सो अवधीमा प्रदेश सरकारले पुँजीगत र चालु गरेर कुल २३ प्रतिशत मात्र आर्थिक प्रगति गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार प्रदेश सभालाई जानकारी गराए । सदनलाई सम्बोधन गर्दै उनले भने,‘धेरै… पुरा पढौ

सहारा विद्यालयले मनायो २९औ वार्षिकोत्सव

पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको सहारा बाल आधारभूत विद्यालयले २९ औँ वार्षिकोत्सब बिबिध कार्यक्रमसहित मनाएको छ । कार्यक्रममा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ । विद्यालयलाई सहयोग गर्ने सपना गुरुङ, हिमश्री फूड्स प्रा।लि।, एल जी एशोसियसन यु।के, नेलम्वो नेपाल, कृष्णटोल आमा समूह, सवि गुरुङ, रक्षा गुरुङ, विनु राना, प्रमिला घले र दिक्षा अधिकारीलाई पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले सम्मान गरे ।अवसर पारी विद्यालयको… पुरा पढौ

याङ्जाकोटमा दुई दिने एडभान्स फोटो पत्रकारिता तालिम सुरु

कास्कीको याङ्जाकोटमा दुई दिने ‘एडभान्स फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल फोटो पत्रकार संघ, कास्कीको सहकार्यमा मंगलबार देखि सुरु भएको तालिमको उद्घाटन प्रेस रजिष्ट्रार विमला भण्डारीले गरेकी थिइन् । कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले एउटा उत्कृष्ट तस्बिर हजारौ शब्दभन्दा पनि बलियो हुने भएकाले समाचारमा फोटो अति आवश्यक रहेको बताइन् । ‘फोटो पत्रकारको एक क्लिकले इतिहास, मानवीय संवेदना, समाजको यथार्थ एकै सेकेन्डमा दस्तावेजीकरण गरेको देखेको छौं,’ उनले भनीन्, ‘भाषा नबुझको अवस्थामा पनि तस्बिरले धेरै कुरा बुझेको अवस्था छदैछ । तस्बिरले… पुरा पढौ

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । मन्त्री दिपककुमार साहको नेतृत्वमा आज बसेको मन्त्रिस्तरीय बैठकले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाका लागि सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्थाबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ । नेपाल मेडिकल व्यवसायी सङ्घका महासचिव कृष्णप्रसाद बजगाईंले सरकारले कार्यविधिमा भएको व्यवस्था… पुरा पढौ

प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदहरुसँग छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका बारेमा छलफल गरेका छन् । हिजो उनले कर्णली र कोशी प्रदेशका सांसदसँग छलफल गरेका थिए । सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा छलफल गर्दै प्रधानमन्त्री शाहले समस्या समाधानमा पहल गर्ने बताएको डोटीका सांसद भरत खड्काले जानकारी दिए । “प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचित सांसदसँग विकासको वस्तुस्थितिबारे छलफल भएको हो”, प्रधानमन्त्रीसँगको भेटबारे सांसद खड्काले भने । प्रदेश र जिल्लाभित्रका विकासका योजनाका बारेमा आफूहरुले प्रधानमन्त्रीसँग कुरा राखेको बताए ।… पुरा पढौ

हिल पोइन्ट माविमा परिवार नियोजनको सचेतना

नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १४ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिए । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १२ माटेपानी स्थित हिल पोइन्ट माविमा अभियान संचालन गरिएको छ ।त्यस अवसरमा विद्यालयका भाईस प्रिन्सिपल गंगाराम पौडेल विद्यार्थी केन्द्रीत यस्ता कार्यक्रमले सानो उमेरमै सचेतना जगाउन सहयोग पुग्ने बताए । कार्यक्रममा नेपाल परिवार नियोजन… पुरा पढौ