देश

गण्डकीमा सीप दक्षता प्रमाणपत्र लिनेको संख्या बढ्दो

गण्डकी प्रदेशमा सीप परीक्षण गरेर दक्षता हासिल गर्नेको संख्या बढ्दै गएको छ । समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका अनुसार गत आर्थिक बर्षमा ३ सय ४९ जनाले सीप परीक्षण मार्फत दक्षता हासिल गरी प्रमाणपत्र लिएका छन् । यस्तो प्रमाणपत्र लिनेमा आ.व २०७९र०८० मा १ सय ३३ जना, आ.व २०८०र०८१ म १ सय ९४ जना रहेको उप–सचिव तोयानाथ लम्सालले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको रोजगारदाताहरु र पुर्वसिकाईको मान्यता विषयमा ग्राजुएट विच अन्र्तक्रिया कार्यक्रममा उप–सचिव लम्सालले… पुरा पढौ

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ तयार गर्ने भएको छ । यसका लागि प्राधिकरणको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय कार्यदल गठन भई कायम थालिएको हो । प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ तयार गर्न कार्यदल गठन गरेर काम थालिएका जानकारी दिईन् । कार्यदलमा विपद् सम्बद्ध सङ्घीय मन्त्रालय, विभाग तथा प्राधिकरणका साथै तीनवटै सुरक्षा निकायका प्रतिनिधि सहभागी छन् । सम्भावित… पुरा पढौ

नया वर्षको अवसरमा सिटीवान टिभीद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

पोखरा १८ चैत । सिटीवान टेलिभिजनले नया वर्ष २०८३ को भित्तेपात्रो विमोचन गरेको छ । टेलिभिजनले वार्षिक तिथि मिति राखेर बनाएको क्यालेण्डर गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले विमोचन गरेका हुन् । सो अवसरमा नया वर्षको शुभकामना आदानप्रदानसमेत गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइ बहुमतको नया सरकारलाई प्रदेश सरकारले सहयोग गर्ने बताए । नया सरकारसँग जनताको आशा र अपेक्षा धेरै रहेको र गर्न सकेमा बालेन सरकारलाई धेरै अवसर पनि रहेको… पुरा पढौ

फेवातालको ६५ मिटर मापदण्डमा नपर्ने जग्गा किनबेचका लागि फुकुवा गर्ने तयारी

सन्देश श्रेष्ठपोखरा, चैत १८ फेवातालको ६५ मिटर मापदण्ड बाहिरका जग्गा फुकुवा गर्ने तयारी भएको छ । फेवातालको ६५ मिटरमा नपर्ने तर अहिले रोक्का रहेका जग्गा फुकुवा गर्ने तयारीमा सरकार जुटेको हो ।नेपालको पर्यटनको राजधानी पोखरा र पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल हो । फेवाताल मानवीय तथा प्राकृतिक अतिक्रमणमा परेपछि सो अतिक्रमणबाट जोगाउन ६५ मिटर मापदण्ड कायम गरिएको छ । तर सरकारले सो ६५ मिटर कायम गर्दा त्यस बाहिर पर्ने सयौं रोपनी जमिन पनि रोक्का राख्दै आएको छ । फेवातालको उत्तरी… पुरा पढौ

पोखरा रात्रि दौड प्रतियोगितालाई फिस्टेल ड्रिम पार्कको साथ

पोखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन दौड प्रतियोगितालाई फिस्टेल ड्रिम पार्कले पनि साथ दिने भएको छ । पोखरा–१७ सीतापाइलास्थित महतगौँडामा रहेको पार्क र प्रतियोगिता आयोजक बीच बुधबार एक समारोहका बीच सहकार्य सम्झौता भएको हो । प्रतियोगिता संयोजक दिननाथ बराल र पार्कका जनरल म्यानेजर अंकितकुमार सिंहबीच सम्झौता भएको हो । प्रतियोगितामा सहभागी उत्कृष्ट २० धावकलाई एकहजार मूल्य बराबरको टिकट निःशुल्क उपलब्ध गराइने, सहभागी धावकलाई पार्क प्रवेश तथा विभिन्न वाटर खेलहरूमा ३० प्रतिशत छुट प्रदान गरिने भएको छ । प्रतियोगितालाई सफल पार्न… पुरा पढौ

एमाले संसदीय दलको नेतामा बादल चयन

नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्। बुधबार पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले बताए। दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भएपनि अन्तिममा फिर्ता भए।सुहाङले उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र लिए पनि समर्थक र प्रस्तावक बस्ने सांसद नै नपाएपछि थापा निर्विरोध निर्वाचित भएका हुन् ।बैठकमा सहमति हुन नसकेपछि निर्वाचन गर्ने तयारी गरिएको थियो । यसअघि नेता बादललाई उम्मेद्वारी फिर्ता लिएर सर्वसम्मतीमा जान… पुरा पढौ

नयाँ सरकारलाई अवसर छ, सघाउन तयार छौँ: गण्डकीका वन मन्त्री पौडेल

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइको नयाँ सरकारलाई धेरै अवसर रहेको बताएका छन् । बुधबार सिटीवान टेलिभिजनको आयोजनामा भएको नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा क्यालेन्डर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले दबाबमुक्त भएर काम गर्न सके जनतामा आशाको सञ्चार गराउन सकिने विश्वास व्यक्त गरे । विगतका सरकारलाई जस्तो दबाब समुहको प्रभाव वर्तमान सरकारलाई नभएको भन्दै सरकारले गर्ने निर्णय र क्षमतामा आगामी यात्रा तयार हुने तर्क उनको छ । सरकारलाई… पुरा पढौ

गण्डकीमा एसईई २०८२: ४३ हजार बढी विद्यार्थी सहभागी, कास्की अग्रस्थानमा

चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्।जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार ८ सय ४३ विद्यार्थी सहभागी हुनेछन्। त्यसपछि तनहुँमा ६ हजार १ सय ५५, नवलपुरमा ६ हजार ७ सय १२, स्याङ्जामा ४ हजार २… पुरा पढौ

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तरराष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो । विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तरराष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको छ । “हामी गर्मीयामको तालिकादेखि उडान सङ्ख्या बढाउने लक्ष्यसहित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेका छौँ”, उनले भने । हालसम्म थाई एयर एसियाको उडानमार्फत बौद्ध… पुरा पढौ

तनहुँको मध्यवर्ती क्षेत्रका जलविद्युत् आयोजना प्रभावितको घरधुरी सर्वेक्षण गरिँदै

तनहुँको ऋषिङ गाउँपालिका १ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मध्यवर्ती क्षेत्रका प्रभावित स्थानीयको घरधुरीको सर्वेक्षण गर्न थालिएको छ । आयोजनाको मध्यवर्ती क्षेत्रका कारण स्थानीयवासी, जग्गाधनी तथा घरपरिवारमा पर्न सक्ने आर्थिक, सामाजिक र सांस्कृतिक प्रभाव पहिचान गर्ने उद्देश्यले घरधुरी सर्वेक्षण सुरु गरिएको हो । आयोजना प्रमुख श्यामजी भण्डारीले सामाजिक(आर्थिक सर्वेक्षण अन्तिम चरणमा पुगेको जनाउँदै सामाजिक प्रभाव मूल्याङ्कन, पुनस्र्थापना तथा आदिवासी जनजाति योजना अध्यावधिक प्रभावकारी रूपमा गर्नका लागि यो सर्वेक्षण गरिएको बताए । आयोजना प्रमुख भण्डारीका अनुसार… पुरा पढौ