देश

चिसो बढेसँगै मधेस प्रदेशको जनजीवन कष्टकर

लगातार तीन दिनदेखि चलेको शीतलहरका कारण मधेस प्रदेशको जनजीवन अत्यन्त कष्टकर बनेको छ। चिसो बढेपछि मधेश प्रदेशका अधिकांश जिल्लाको जनजीवन प्रभावित बन्न पुगेको छ । सिरहाको लहानमा चिसो बढ्दै गएपछि नगरपालिकाले सर्वसाधारणलाई राहत दिन चोक–चोकमा आगो बाल्न सुरु गरेको छ। चिसो ह्वात्तै बढेपछि विशेषगरी विपन्न बस्तीका नागरिक मारमा परेका छन्। ओढ्ने, ओछ्याउने र लगाउने न्यानो कपडाको अभावमा दैनिक गुजारा चलाउने विपन्न वर्गको दैनिकी प्रभावित भएको छ। चिसोबाट नागरिकलाई जोगाउन लहान नगरपालिकाले बजार क्षेत्रका मुख्य स्थानहरूमा दाउरा उपलब्ध गराएर आगो बाल्ने… पुरा पढौ

म्याग्दीका किसानको लोभलाग्दो काम,गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेका छन् । शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गरेका हुन् । गाईभैँसीको गहुँतलाई भकारोबाट पाइपमार्फत ड्रममा सङ्कलन गरी त्यसमा तितेपाती, असुरो, वनमारा र खिर्रोको पात मिसाएर विषादी बनाई सुन्तला र तरकारीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेको शर्माले बताए । “रासायनिक मल र विषादीको विकल्पमा जैविक मल उत्पादन गर्न फार्ममै एक भैँसी, तीन गाई र १४ वटा… पुरा पढौ

‘केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन’:गण्डकीका मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको केन्द्रिकृत मानसिकताले जनचाहनाअनुरुप परिणाम दिन नसकेको दुखेसो गरेका छन् । फेडरालिजम् एण्ड लोकलाइजेन सेन्टरले ‘सङ्घीयता सुदृढीकरणमा राष्ट्रियसभा’ शीर्षकमा आज काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा उनले सीमित साधनस्रोत तथा कानुनी व्यवधानले प्रदेश सरकारबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन कठिन भएको बताए । मुख्यमन्त्री पाण्डेले भने, “प्रदेश र स्थानीय तहको अभिभावक राष्ट्रियसभाले सत्ता र प्रतिपक्षीय सोचबाट माथि उठेर समन्वयका साथ कानुन निर्माणलाई तीव्रता दिनुपर्छ ।” प्रदेश र स्थानीय तहको जनप्रतिनिधिसभाका हैसियतले एकल र साझा… पुरा पढौ

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिने

पोखरा, पुस ८ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा अहिलेका चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रम हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले लाईभ व्याण्ड प्रस्तुती दिने आयोजक अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । पुस १५ गते दिउँसो तमु (गुरुङ) समुदायको ल्होसार कार्यक्रम हुनेछ… पुरा पढौ

पोखरामा माघ ९ देखि १७ गतेसम्म छैटौं टाइगर कप भलिबल प्रतियोगिता हुने

सन्देश श्रेष्ठपोखरा, पुस ८ पोखरामा माघको दोस्रो सातादेखि टाईगर कप भलिबल प्रतियोगिता हुने भएको छ । टाईगर ग्रुप अफ नेपालको आयोजनामा पोखरामा माघ ९ गतेदेखि १७ गतेसम्म ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको छैटौं संस्करण हुने मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । प्रतियोगिताको तयारी शुरु भएको टाइगर ग्रुपले जनाएको छ । प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ ७÷७ टिम प्रतिष्पर्धामा उत्रिने टाइगर ग्रुप अफ नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए… पुरा पढौ

पोखरामा पौष १२ मा नवौं संस्करणको दीप साँझ हुने

अंग्रेजी नयाँ बर्षको पुर्व सन्ध्यामा पोखरामा दीप साँझ २०८२ हुने भएको छ । “संगीत समुदायको लागि र सद्भावको लागि” भन्ने उद्धेश्य सहित नवौं संस्करणको दीप साँझ यही पौष १२ गते पोखरा १६ दीप चोकस्थित मनिपाल कलेज रोडमा संचालन हुने कार्यक्रम संयोजक राजेश गुरुङ राजुले जानकारी दिए ।दीप युनाईटेड क्लव मातहतको दीप युनाईटेड परिवारको आयोजनामा साँझ ५ बजेपछि शुरु हुने कन्सर्ट करिब ५ घण्टासम्म हुने उनले जानकारी दिए । नेपाली पन जोगाउँदै संगीत मार्फत सद्भाव कायम गर्न कार्यक्रम आयोजना गरिएको संयोजक… पुरा पढौ

टान गण्डकीको प्रविधि पर्यटन प्रवर्द्धनमा ‘एआई’को प्रयोग सम्बन्धि तालिम शुरु

सन्देश श्रेष्ठपोखरा, पुस ८ ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको प्रविधि पर्यटन प्रवद्र्दनमा एआईको प्रयोग सम्बन्धि तालिम पोखरामा शुरु भएको छ । नेपाल पर्यटन बोर्ड र युएनडिपीको दीगो पर्यटन परियोजना अन्तर्गतको तालिम टान गण्डकीको आयोजनामा आजदेखि शुरु भएको हो । चार दिनसम्म चल्ने तालिममा एआई सम्बन्धि विज्ञहरुले पर्यटन प्रवद्र्दनमा एआईको प्रयोग, एआईको प्रयोगमार्फत अडियन्ससँग कसरी अन्र्तक्रिया गर्ने, अडियन्सलाई कसरी ईंगेज गर्ने, कन्टेन्ट कस्तो बनाउने ?, कन्टेन्टको भाषा, शब्द, लेख्ने कला, पोस्टर र सोसल मिडियाका लागि चाहिने तस्बिर निर्माण, एआईको… पुरा पढौ

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति ः अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति पछिल्लो समय सक्रिय भएका छन् । स्थानीय तहमै विवाद समाधानका लागि स्थापित स्थानीय तहका न्यायिक समित विवाद समाधानमा सक्रिय बन्दै आएका छन् । एक आपसमा असल अध्यास आदानप्रदान गर्दै आएको गण्डकी प्रदेशका स्थानीय तहले पहिलोपटक न्यायिक समितिको तथ्याङ्क सार्वजनिक गरेको छ । प्रदेशभरका स्थानीय तहका न्यायिक समितिमा आर्थिक वर्ष २०८१÷८२ मा कूल एक हजार ७८९ मुद्दा दर्ता भएका छन् । सामान्यदेखि जटिल प्रकारका विवाद समाधानका लागि स्थानीय तहमा उजुरी लिएर आउने… पुरा पढौ

१५ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिन्छु: नेता प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज बिहान काठमाडौँमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले पार्टीको १४ औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सफलता प्राप्त नभएको बताउँदै यस पटक भने सफल हुने गरी तयारी शुरु गरेको बताए । पुर्व स्वास्थ्य मन्त्री समेत रहेका नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीसहित नेताहरुलाई आगामी महाधिवेशन समयमै गर्न स्पष्ट रुपमा निर्देशन दिइसक्नुभएको र चाँडै नेतृत्व हस्तान्तरण गर्न चाहेको जानकारी दिए । उनले समयमै महासधवेशन सम्पन्न… पुरा पढौ

सुनको मुल्य हालसम्मकै उच्च

नेपाली बजारमा सुनको मुल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य एकैदिन ५ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्यमा २० रुपैया बढेर मंगलबार तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको… पुरा पढौ