देश

नासा नेपालद्वारा नवनिर्वाचित प्रतिनिधी सभा सदस्यको ध्यानाकर्षण

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले देशको सडक, यातायात, अटोमोबाइल, सडक सुरक्षा, साहसिक खेलकुद तथा दिगो पर्यटन विकासका विषयमा ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू सिन्धुलीका आशिष गजुरेल र बाग्लुङका सोम शर्मा लाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । कार्यक्रममा सांसद गजुरेललाई अटोमोबाइल, यातायात व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी विषयमा र अर्का सांसद सोम शर्मालाई साहसिक खेलकुद तथा दिगो पर्यटनसम्बन्धी विषयमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै… पुरा पढौ

रास्वपाले बिहीबार संसदिय दलको नेता छान्ने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी बिहीबार संसदिय दलको नेता छान्ने भएको छ । सो पार्टीले संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक आव्हान गरेको छ । यही चैत १२ गते अपराह्न २ः०० बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही दिनको दिउँसो ४ः०० बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो । पार्टी सभापति रवि लामिछानेका अध्यक्षतामा बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । सबै केन्द्रीय… पुरा पढौ

कृषिको नीति निर्माण, सुशासन र कार्यान्वयन क्षमता अभिवृद्दि गर्न सरोकारवालालाई तालिम

सन्देश श्रेष्ठपोखरा, चैत ९ कृषिको नीति निर्माण, सुशासन कायम र कार्यान्वयन क्षमता अभिवृद्दि गर्ने उद्देश्यले पोखरामा सरोकारवालाहरुका लागि तालिम सञ्चालन गरिएको छ । गण्डकी प्रदेश सरकार, प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र पाँच पालिकाहरु (हुप्सेकोट, सिरानचोक, म्याग्दे, जलजला र बडिगाड)को संयुक्त आयोजनामा वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवद्र्दन कार्यक्रम (जीप) र मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोसीप (सिएमपिजीएफ)का सरोकारवालाहरुलाई तालिम सञ्चालन गरिएको हो । तालिममा प्रदेश तथा स्थानिय तहका सचिव, प्रमुख प्रशासकीय अधिकृत, योजना तथा उद्योग शाखा प्रमुखहरुसँगै जीप कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका… पुरा पढौ

गण्डकी प्रदेशसभाः सडक ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल

गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । प्रदेशसभामा आइतबार पेश भएको उक्त सडक ऐनलाई संशोधन गर्न बनेको विधेयकको आवश्यकता र औचित्यबारे प्रदेशसभा सदस्यहरुले धारणा राखे । प्रदेशसभा सदस्य अशोकुमार श्रेष्ठले जनताको माग र आवश्यकतालाई दृष्टिगत गरी प्रदेश लोकमार्ग र प्रादेशिक सडकमा तोकिएको सडक सीमासम्बन्धी व्यवस्था संशोधन गर्न सरकारले संशोधन विधेयक ल्याएको बताए । प्रदेशसभा सदस्य सुधिरकुमार पौडेलले कानुन कार्यान्वयन गर्दा देखिएका जटिलता फुकाउन ऐन संशोधन गर्नुपरेको बताए ।… पुरा पढौ

दोस्रो वाडा अटो सो चैत ११ गतेदेखि पोखरामा

सन्देश श्रेष्ठपोखरा, चैत ९ पोखरामा चैत दोस्रो सातादेखि वाडा अटो शो हुने भएको छ । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसन (वाडा)को आयोजनामा यहि चैत ११ गतेदेखि १५ गतेसम्म पोखरामा ‘दोस्रो वडा अटो सो’ हुने सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । नाडा अटोमोवाइल एशोसियसन अफ नेपालको प्रस्तुतीमा हुने वाडा अटो सो पर्यटकीय केन्द्र पोखराको लेकसाइडस्थित तालबाराही चोक स्थित खेल मैदानमा हुने वाडाका अध्यक्ष दीपेन्द्र कोईरालाले जानकारी दिए । वाडा अटो शो मा २० वटा स्टलहरु रहने आयोजकले जनाएको छ ।… पुरा पढौ

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । दलहरूको सांसद सङ्ख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्याइएको छ भने अधिकांश स्थानमा रङ्गरोगन, कार्पेट र फर्निचर जडानको काम सम्पन्न भइसकेको छ । यसपटक बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने सबैभन्दा ठूलो कक्ष दिइएको छ । सचिवालय भवन नं २ मा व्यवस्थित गरिएको रास्वपाको संसदीय दलको कक्षमा १८० कुर्सीसहितको बैठक हल राखिएको छ । पूर्ववत् प्रयोगमा रहेका कार्पेट, पर्दा र अधिकांश फर्निचर नै… पुरा पढौ

भुपु विद्यार्थी मञ्च रतन पाण्डे माविको अध्यक्ष सुरेन्द्र

पोखरा १३ आर्बामा रहेको भूतपूर्व विद्यार्थी मञ्च,रतन पाण्डे माविको दोस्रो अधिबेशनले सुरेन्द्रप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको सम्पन्नअधिवेशनले सचिवमा ऋषिराज बराल, सहसचिवमा बिनमबन्धु बराल र कोषाध्यक्षमा सन्तबहादुर थापालाई चयन गरेको हो ।यस्तै मञ्चको सदस्यमा प्रकाश बराल, ममता बराल,दिपेन्द्र सुनार, प्रविन बराल, निशा देवकोटा र सन्तोष सुनार छानिएका छन् । बाँकी आवश्यक पदहरूमा पछि मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष सुरेन्द्रप्रसाद बरालले जानकारी दिए । यज्ञबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद बराल, भुपु विद्यार्थी एवं… पुरा पढौ

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि बढाइएका सङ्घीय निजामती, नेपाल प्रहरी र विद्यालय शिक्षाजस्ता विधेयक संसद् विघटनसँगै निष्क्रिय भए । सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने कर्मचारी व्यवस्थापन, सुरक्षा र शिक्षासँग सम्बन्धित त्यस्ता महत्वपूर्ण विधेयकलाई यसपटक भने टुङ्गोमा पुर्‍याउन संसदीय गणितका हिसाबले सहज देखिएको छ ।जेनजी आन्दोलनबाट उत्पन्न विषम परिस्थितिपछि गत भदौ २७ गते भएको संसद् विघटनपछि ‘शून्य’ अवस्थामा पुगेका ती विधेयकका विषयवस्तु आगामी संसद्का लागि महत्वपूर्ण ‘खुराक’ हुन सक्छन् । सामान्यतः संसद्बाट नयाँ कानुन निर्माणका लागि सामान्य बहुमत… पुरा पढौ

देशका ५२ जिल्लामा पुष्प व्यवसाय बिस्तार

देशभरका ५२ जिल्लामा पुष्प व्यवसाय बिस्तार भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५२ जिल्लाका २ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा मात्रै आठ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको छ । सो व्यवसायमा करिब ५३ हजार ५०० भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी समेत पाएको तथ्याङ्क छ । एशोसिएशनका अनुसार पछिल्लो समय विदेशी फूलको आयातमा भने उल्लेख्य गिरावट आएको छ । अघिल्लो वर्ष रु २७ करोड ७९ लाख बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात… पुरा पढौ

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने छ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म रु पाँच अर्ब ७१ करोड १० लाख राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयका प्रमुख रमेश खड्काले उक्त अवधिमा नाकाबाट रु १२ अर्ब १७ करोड मूल्य बराबरको मालवस्तु आयात भएको छ भने रु २० करोड ३० लाख मूल्य बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको हो । हालसम्म कोरलानाकाबाट भित्रिएका दुई… पुरा पढौ