देश

‘समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरिन्छ’:मन्त्री कुलमान घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले विकास निर्माणका कामलाई प्राथमिकता नदिने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गर्ने तर्फ सरकार लागेको बताएका छन् । उद्योग वाणिज्य सङ्घले आज चितवनमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले तीन हजार बढी सडक तथा पुलमा ठेक्का लागेको बताए । उनले भने, “तीन हजारभन्दा बढी सडक र पुलको ठेक्का छ, कुनै ठाउँमा त ठेकेदार कहाँ छ भन्ने पनि छैन, काम गर्नुपर्छ नभए ठेक्का तोड्छौँ भन्ने अवस्थामा हामी छौँ ।”… पुरा पढौ

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई जना मात्र बस्न मिल्ने, हेर्दा सानो र आकाशमा उड्दा रङ्गीचङ्गी पुतली जस्तै देखिने भएकाले यसलाई स्थानीयहरु पुतली जहाज पनि भन्छन् । कुनै समय पर्यटकीय नगरी पोखरामा साहसिक पर्यटकलाई अल्ट्रालाइट अर्थात ‘पुतली… पुरा पढौ

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

लेखनाथ, ४ पुस । नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय… पुरा पढौ

पोखरामा नातीले गरे ७५ वर्षिया बृद्धा हजुरआमाको हत्या

सन्देश श्रेष्ठपोखरा, पुस ४ पोखरामा नातीले हजुरआमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् । उनले पुस ३ गते दिउँसो १२ः२० बजे धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । धारिलो हतियार प्रहार गरि हत्या गरेछन्,उनले भने,‘हत्यापश्चात कानसमेत काटेर कानमा लगाएको गरगहना पनि लुटेर हिंडेका रहेछन् ।’ हत्या आरोपी आशिषलाई कास्की… पुरा पढौ

एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठक पुस अन्तिम साता बस्ने, पार्टीको काँधमा असाधारण जिम्मेवारी छ-अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विषम परिस्थितिमा पार्टीको काँधमा असाधारण जिम्मेवारी रहेको बताएका छन् । पार्टीको ११ औँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकलाई आज सम्बोधन गर्दै उनले केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ उक्त जिम्मेवारी पूरा गर्नुपर्ने बताए । अध्यक्ष ओलीले पार्टीको ११औँ महाधिवेशन भव्यता र हरेक कोणबाट सफल भएको दाबी गरे । उनले पार्टीभित्र समय समयमा केही समस्या देखिए पनि आगामी दिनमा त्यस्ता कमजोरी प्रकट नहुन् भन्नेमा सबै सचेत रहनुपर्नेमा जोड दिए । “हाम्रो एक… पुरा पढौ

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ । आगामी माघमा हुने सङ्घको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै कूल १९ पदमा निर्वाचन हुने जनाएको छ । निर्वाचनका लागि अध्यक्ष पदमा १ जना, वरिष्ठ उपाध्यक्षमा १ जना, उपाध्यक्षमा ७ ९प्रत्येक प्रदेशबाट १÷१ जना प्रादेशिक संयोजकसमेत रहने गरी० , महासचिव १ जना, कोषाध्यक्ष १ जना, महासचिव १ जना, सह–कोषाध्यक्ष १ जना, सदस्य –६ जना गरी… पुरा पढौ

रास्वपाको समानुपातिकमा गण्डकी प्रदेशबाट ४३ जनाको आवेदन, कास्कीका मात्रै ११ जना

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक व्यक्तिहरुले आवेदन दिएका छन् ।रास्वपाले समानुपातिक उम्मेदवाको प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) गराउनका लागि इच्छुकहरुसँग आवेदन मागेको थियो । आवेदन दिनेहरुको सूची आज प्रकाशित गरिएको छ । गण्डकी प्रदेशबाट ४३ जनाको आवेदन परेको छ । जसमा ११ जना कास्कीका छन् । कास्कीबाट आदिबासी जनजाति तर्फ शोभा जोशी,उषा भुजेल,बिष्णुकुमारी गुरु,रविन्द्र मल्ल,शाोभा कायस्थ दलित तर्फ प्रदीप सुनार मुस्लीम तर्फ समिउन निशाा र खस… पुरा पढौ

कास्कीमा दुई ठाउँ महिलालाई लछारपछार गर्दै गहना लुटपाट : ५ पक्राउ

सन्देश श्रेष्ठपोखरा, पुस ४ कास्कीका दुई फरक ठाउँमा लुटपाट गर्ने ३ जनासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–६ ठूलोकुना र पोखरा–१९ पुरुञ्चौरमा एक्लाएक्लै हिंडिरहेका दुई महिलाको गहना लुट्ने एउटै समूहका ३ जना र बिक्रीका लागि सघाउने थप २ जना गरेर ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको हो । पक्राउ परेकाहरुमध्ये कास्की मादी–६ तप्राङ घर भई हाल पोखरा–१ भिमकालीपाटन बस्ने २१ वर्षिय सुशील नेपाली, पोखरा–२३ घर भई पोखरा–१ भिमकालीपाटन बस्ने २७ वर्षिय आशिष नेपाली सुनार र… पुरा पढौ

कास्कीका नेता कुमार खड्का रास्वपामा प्रवेश गर्ने

शिशिर उजाडपोखरा कास्कीमा विकासप्रेमी नेताको छवि बनाएका कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टीमा समावेश हुने भएका छन् । नेपाली कांग्रेसका पुर्व आमन्त्रित केन्द्रीय सदस्य रहेका खड्कालाई गत निर्वाचनमा पार्टीका उम्मेद्वारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि उनी कांग्रेसको राजनितीबाट अलग भएका थिए ।खड्का गत निर्वाचनमा कास्की २ ख बाट टिकटका आकांक्षी थिए । तर, उनको सट्टामा विन्दुकुमार थापाले टिकट पाए । साथै उनी माथी पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप थियो । पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि खड्का र्वैकल्पिक राजनितीक… पुरा पढौ

पोखरामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना

पोखरा, ४ पुस पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा परियोजना सञ्चालन भइरहेको हो । परियोजनाले ल्यान्डफिलमा जाने फोहरलाई मूल्यवान स्रोतमा रूपान्तरण गर्दै वातावरणीय संरक्षणसँगै रोजगारी सिर्जनालाई जोड दिएको छ । परियोजनाको मुख्य उद्देश्य फोहर व्यवस्थापनलाई दिगो बनाउँदै हरित उद्यमशीलताको विकासमार्फत नेपालमा हरित रोजगारी विस्तार गर्नु हो । यसका लागि पोखरामा १३६ भन्दा… पुरा पढौ