देश

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उनले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गरे । प्रधानमन्त्री शाहले बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकलगायतका कुप्रथा तथा लैङ्गिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताए… पुरा पढौ

पोखरामा मनसुन अगावै जमिन भाँसियो

मनसुन सुरु नहुँदै पोखराका विभिन्न स्थानमा जमिन भासिन थालेको छ । शुक्रबार बिहान पोखरा महानगरपालिका–३, नदीपुरस्थित बाल मन्दिर स्कुलको गेट अगाडी मुख्य सडकसँगै एउटा घरको आँगन र केही भाग भाँसिएको छ । बिहानको समयमा अचानक जमिन भासिएर करिब १० मिटर जति भ्वाङ परेको छ । त्यस क्षेत्रमा पोखराका लगि खानेपानी वितरणका लागि बिछ्याएको पाइप समेत फुटेकाले अझै खतरा बढेको स्थानीयको भनाइ छ । सो क्षत्रमा पटक–पटक जमिन भासिँदा स्थानीय चिन्तित बनेका छन् ।मुख्य सडक मै भ्वाङ परेपछि सवारी आवागमनको लागि… पुरा पढौ

गण्डकीमा मनाईयो गणतन्त्र दिवस, प्रदेश सरकारद्वारा सशस्त्र प्रहरीका एस पि अरुण शर्मासहित विभिन्न क्षेत्रका व्यक्ति सम्मानित

गणतन्त्र दिवसको अवसरमा बिभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरु पोखरामा सम्मानित भएका छन् । गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आज (शुक्रबार) पोखरामा आयोजना गरेको कार्यक्रममा प्रदेश भित्रका उत्कृष्ट शिक्षक, किसान, उद्यमी, समाजसेवी, पत्रकार र सुरक्षाकर्मीलाई सम्मान गरेको हो। समारोहमा सशस्त्र प्रहरी बल नेपालबाट नं. २४ गण हेडक्वाटर कालिका गणका तत्कालीन गणपति (हाल तालिम निर्देशनालय लामापाटन) सशस्त्र प्रहरी उपरीक्षक (एस पि) अरुणकुमार शर्मा र प्रहरी वरिष्ठ हवल्दार लोकेन्द्रबहादुर नेगी तथा नं. २३ गण हेडक्वाटर मनकामना तनहुँका सशस्त्र प्रहरी सहायक हवल्दार… पुरा पढौ

देशभर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड

अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८२÷२०८३ को आर्थिक सर्वेक्षणमा २०८२ फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीको सङ्ख्या ३२ हजार ३२५ पुगेको उल्लेख छ । सहकारी क्षेत्रमा रु १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ भने ८२ हजार २१६ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।सहकारीसम्बन्धी एकीकृत तथ्याङ्कको लागि विकास गरिएको सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली ९कोपोमिस० मा २०८२ फागुन मसान्तसम्म १९ हजार ९०३ सहकारी आबद्ध भएका छन् । कोपोमिसमा २०८१ असार मसान्तसम्म १८ हजार ८९७ सहकारी… पुरा पढौ

गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्‌ः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गणतन्त्र दिवसले सबै नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । १९ औँ गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै भट्टले जनताको संघर्षको माध्यमबाट जनताले विजय हाँसिल गरेको यो विशेष दिनमा जनआन्दोलन २०६२/६३ एवम् विभिन्न संघर्षहरुमा गौरवमय परिवर्तनका लागि प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण महान् सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण… पुरा पढौ

पर्यटन मन्त्री पौडेल भन्छन्– सगरमाथा नेपालको गौरव हो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथा हिमाल मात्र नभएर हाम्रो पहिचान र गौरवको प्रतीक भएको बताएका छन् । पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको आयोजनाद्वारा आज काठमाण्डौंमा आयोजित कार्यक्रममा उनले सगरमाथा आरोहण शारीरिक चुनौती मात्र नभई साहसको प्रतीक भएको विचार प्रकट गरे । मन्त्री पौडेलले भने,“संसारका सबै धर्ममा हिमाल र यात्राको ठूलो महत्व रहेकोछ । हिमाल आरोहण गर्नु भनेको आफ्नै श्वासप्रश्वास गन्नु र ध्यान मग्न हुनु पनि हो ।” कीर्तिमानी आरोही कामीरिता शेर्पा, लाक्पा शेर्पा र मिङ्मा शेर्पालगायतका… पुरा पढौ

राजनीतिक परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, राज्यसत्ताको चरित्र र आचरणमा बदलाब ल्याउनुपर्छः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा उनले त्यसका लागि राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक भएको बताए । “अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन”, राष्ट्रपति पौडेलले भने । गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्यमान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए । “यसका आफ्नै मूल्यमान्यता र नैतिक… पुरा पढौ

पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना

पोखराका व्यवसायी देवराज पौडेल ‘धुर्व’ले आफ्नी स्वर्गीय श्रीमतीको जन्मदिनमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन् । पोखरा १९ घार्मीको महेन्द्र माध्यमिक विद्यालयमा श्रीमती शारदा पौडेलको स्मृतिमा उनले १ लाख १५ हजार रुपैयाँको कोष स्थापना गरेका हुन् । स्वर्गीय शारदा पौडेलले २०५० साल देखि २०५७ सालसम्म सो विद्यालयमा अध्यापन गराएकी थिईन् । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रमका बिच स्वर्गीय पौडेलका पिता हरिबहादुर कार्की,श्रीमान देवराज पौडेल र आफन्त दीपेन्द्र बस्नेतले महेन्द्र अक्षयकोषमा रहने गरी सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछाने,वडा सदस्य कल्पना… पुरा पढौ

सबुपोखरी पदमार्ग प्रवर्द्धन गर्न दुईदिने हाइकिङ सम्पन्न

पोखरा, १० जेठ । कास्कीको मादी गाउँपालिका–८ मा सबुपोखरी पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित ताङ्तिङ–क्रपुडाँडा–सबुपोखरी–मिजुरेडाँडा ट्रेकिङ रुटमा दुईदिने हाइकिङ कार्यक्रम गरिएको छ । मादी गाउँपालिका वडा नं. ८ को आयोजनामा जेठ ९ र १० गते सञ्चालन गरिएको कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सिक्लेस, मादी गाउँपालिका तथा विभिन्न संघसंस्थाको सहयोग रहेको थियो ।आयोजक समितिका सचिव मीनबहादुर भट्टराईका अनुसार कार्यक्रममा पर्यटन व्यवसायी, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकी, गुरुङ पर्यटन व्यवसायी संघ, हाइकर्स क्लब नेपाल, ट्रेकर्स… पुरा पढौ

पोखरामा निर्वाचन समीक्षा कार्यशाला : आगामी निर्वाचन थप व्यवस्थित बनाउनुपर्नेमा जोड

निर्वाचन व्यवस्थापनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन सबै पक्षको भूमिका आवश्यक रहेकोमा जोड दिइएको छ । निर्वाचन आयोग नेपालको आयोजना तथा यूएनडिपीको सहयोगमा पोखरामा सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी निर्वाचन समीक्षा कार्यशाला गोष्ठीमा निर्वाचन आयुक्त सगुन शमशेर जबराले सम्पन्न निर्वाचनको समीक्षा आगामी निर्वाचन सुधारका लागि उपयोगी हुने बताए । उनले राजनीतिक घटनाक्रमपछि निर्वाचनको वातावरण निर्माण गर्न आयोगले सरकार र राजनीतिक दलबीच समन्वय र संवादलाई प्राथमिकता दिएको उल्लेख गरे । आयोगको स्पष्ट निर्देशन, कर्मचारीको सक्रियता तथा सरकारको सहयोगका कारण… पुरा पढौ