देश

मतदाता खोज्दै म्याग्दीका उम्मेदवारहरू पोखरामा

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ । नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा मात्र जन्मथलो फर्कन्छन् । “गुणस्तरीय स्वास्थ्य र शिक्षाका साथै सुविधाका लागि बजारमा बस्नुपरेको हो”, उनले भने, “गाउँमा विकासका पूर्वाधार र सुविधाका साथै रोजगारी र आयआर्जनको अवसर भएमा बजारमा बस्नुपर्ने थिएन ।” अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका भीम पुन पनि विदेशमा रहेका सन्तानका छोराछोरी पढाउन पोखरामा बस्न… पुरा पढौ

स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा पर्वतको प्रदेश अस्पताल चरम सङ्कटमा

लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले रु तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बिमा तथा ‘डायलायसिस’बापतको रु तीन करोड बढी रकम भुक्तानी लिन नसक्दा अस्पतालका क्रियाकलाप प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डीराज पौडेलले जानकारी दिए । अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामीहरूको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर सरकारले… पुरा पढौ

साफ महिला यू-१९ : भारतसँग नेपाल, बंगलादेशसँग भुटान पराजित

सन्देश श्रेष्ठपोखरा, माघ १७ साफ यू-१९ महिला फुटबल च्याम्पीयनसीपमा भारत र बंगलादेशले बिजयी शुरुवात गरेका छन् । दक्षिण एसियाली फुटबल महासंघको आयोजनामा शनिबार पोखरामा शुरु भएको प्रतियोगितामा भारतले नेपाललाई र बंगलादेशले भुटानलाई पराजित गर्दै बिजयी शुरुवात गरेका हुन् । प्रतियोगिता अन्तर्गत शनिबार भएको दोस्रो खेलमा भारतले आयोजक नेपाललाई १–० गोल अन्तरले हरायो । खेलमा पर्ल फर्नान्देसले खेलको ४९ औं मिनेटमा निर्णायक गोल गर्दै भारतलाई जिताए । प्रतिष्पर्धात्मक रुपमा भएको खेलमा नेपालले गोल गर्ने अवसर सिर्जना गरे पनि सदूपयोग नगर्दा पहिलो… पुरा पढौ

टाईगर कप भलिबलको उपाधि गण्डकीलाई

सन्देश श्रेष्ठ पोखरा, माघ १७ पोखरामा भएको टाईगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । टाईगर ग्रुप पोखराले आयोजना गरेको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको छैटौं संस्करणको उपाधि गण्डकीले जितेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल भिडन्तमा गण्डकीले बाजी मा¥यो । गण्डकीले विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटले पराजित गर्दै उपाधि चुमेको हो । पहिलो सेट गुमाएको गण्डकीले खेलमा पुनरागमन (कमब्याक) गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । गण्डकीले… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट भोलिदेखि, उद्घाटन खेलमा प्रतिभा र वाराही खेल्ने

पोखरा, माघ १७ पोखरामा भोलिदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा भोलिदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा माघ २५ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन भोलि आईतबार पूर्वाह्न ११ बजे पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले गर्ने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा भोलि आयोजक प्रतिभा मावि र वाराही माविबीच प्रतिष्पर्धा… पुरा पढौ

फेन्सी तथा रेडिमेड व्यवसायी संघको साधारणसभा सम्पन्न

फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको १८ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले फेन्सी तथा रेडिमेड व्यवसायी संघ संस्थाको महत्वपुर्ण वस्तुगत समिति रहेको बताउदै, संघले व्यवसायीहरुको हितको लागी विभिन्न कार्यक्रमहरु ल्याईरहेको बताए । अध्यक्ष कार्कीले त्यस्ता मत्वपुर्ण कार्यक्रमहरुमा पनि व्यवसायीहरुले कम महत्व दिने गरेको र सहभागीता पनि कम हुने गरेकोमा दुःख व्यक्त्त गरे । कार्कीले वाणिज्य संघमा फेन्सी व्यवसायी संघका साथीहरुको राम्रो उपस्थिती रहेको बताउदै केहि समस्याहरु भएमा आफ्नो उपस्थिति… पुरा पढौ

नेकपाले गर्यो कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना

पोखरा, माघ १७ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । नेकपाका कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङको निर्वाचन सम्पर्क कार्यालय शनिबार स्थापना गरिएको हो । कार्यालयको नेकपाका केन्द्रीय सचिव तथा साविक नेकपा एसका गण्डकी प्रदेश ईञ्चार्ज श्रीनाथ बरालले उद्घाटन गरे । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सचिव बरालले देशलाई विनास हुनबाट जोगाउन नेकपालाई जिताउनुपर्ने बताए । पुराना शक्तिहरु नेपाली कांग्रेस र नेकपा एमालेका कारण देश भयावह स्थितिमा पुगेको र नयाले… पुरा पढौ

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ । उम्मेदवार… पुरा पढौ

कुमुदिनी होम्समा बृहत् स्टिम प्रदर्शनी सम्पन्न

पोखरा महानगरपालिका वडा नं ४ मा अवस्थित कुमुदिनी माध्यमिक विद्यालयले आफ्नो वार्षिक कार्यतालिकाअनुसार सहिद दिवसको अवसर पारेर बृहत् स्टिम प्रर्दशनी सम्पन्न गरेको छ । कोही विद्यार्थीहरू विज्ञानका विषयवस्तु समेटिएका वस्तुहरू प्रदर्शनी र अवलोकन कर्ताहरूको जिज्ञासाका बारेमा बताउन व्यस्त देखिन्थे। कोही सामाजिक जनजीवनका बारेमा आगन्तुकहरूलाई जानकारी गराउनमै व्यस्त देखिन्थे ।कार्यक्रम विभिन्न तहगत रूपमा सञ्चालन गरिएको थियो। जसअन्तर्गत कक्षा १ देखि ४, कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूको प्रदर्शनीलाई निर्णायकहरूले प्रत्येक स्टलमा पुगेर मूल्याङ्कन गरेका थिए ।… पुरा पढौ

बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । “समयक्रमसँगै कांग्रेस नयाँ काम, सोच र सङ्कल्पका साथ अगाडि बढेको छ, कांग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ”, सभापति थापाले भने । आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्तिको अन्त्य हुनेगरी कार्यकर्तालाई बलियो बनाउन लागिएको… पुरा पढौ