देश

पोखरामा बोधीसत्व स्वामी आनन्द अरुणको उपस्थितिमा ओशो मेगा क्याम्प हुने

सन्देश श्रेष्ठपोखरा, माघ २ पोखरामा माघ तेस्रो साता ओशो मेगा क्याम्प हुने भएको छ । ओशो उपवन पोखराको आयोजनामा पोखरामा यहि माघ १७ गते शनिबार ओशो मेगा क्याम्प हुने भएको हो । पोखरा–५ प्रस्याङस्थित ताजमहल ईभेन्ट सेन्टरमा आयोजना हुने क्याम्प बोधीसत्व स्वामी आनन्द अरुणको उपस्थितिमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिईयो । एक दिने ओशो शिविर माघ १७ गते विहान ७ बजेदेखि शुरु भई साँझ ५ः३० बजेसम्म चल्नेछ । जहाँ ओशोद्वारा प्रतिपादित योग र ध्यान सिकाईने बोधीसत्व स्वामी… पुरा पढौ

कांग्रेसको आधिकारिकता दाबी गर्दै देउवा पक्षले दियो निर्वाचन आयोगमा निवेदन

नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्न संस्थापन सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन आयोग पुगेर कागजात बुझाएको छ । ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाणसहित सो पक्षले निवेदन दिएको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरे । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यसहित आयोगमा पुगेका उनले पार्टीका कागजात बुझाउँदै समस्या समाधानका लागि आग्रह गरे । कार्यवाहक सभापति खड्काले दल विभाजनका सन्दर्भमा आयोगका… पुरा पढौ

एमाले केन्द्रीय कार्यालयमा जिल्ला तहबाट उम्मेदवारको नाम प्राप्त

नेकपा एमाले केन्द्रीय कार्यालयले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तल्लो तहबाट आकाङ्क्षी उम्मेदवारको सिफारिस नाम प्राप्त गरेको छ । जिल्ला हुँदै प्रदेश कमिटीले निर्वाचनका लागि पठाएको नाममा केन्द्रीय कार्यालयलाई प्राप्त भएको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए । उनले चाँडै नै निर्वाचन लागि प्राप्त भएका उम्मेदवारका विषयमा टुङ्गो लगाइने बताए । “सबै जिल्ला हुँदै प्रदेश कमिटीबाट आगामी निर्वाचनका लागि उम्मेदवारका नाम आएका छन्”, उनले भने, “कुनै निर्वाचन क्षेत्रबाट एकल र कुनैबाट एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस… पुरा पढौ

ढुंगेसाँघु मेलामा भक्तजनको घुँईचो, कन्दमूल प्रतियोगितामा शंकर आचार्य प्रथम

सन्देश श्रेष्ठपोखरा, माघ १ पोखरामा विहीबार ढुंगेसाँघु मेला धुमधामका साथ लागेको छ । धार्मिक आस्थाको धरोहर गण्डकीमा मकर सक्रान्तीको स्नान गर्ने र कन्दमूल तरकारीको प्रदर्शन गर्ने परम्परागत धार्मिक मेला माघ १ गते विहीबार पोखरा–१७ ढुंगेसाँघुमा लागेको हो । मेलामा दशौं हजारको भीड लागेको थियो । जहाँ माघे सक्रान्तिको अवसरमा खाईने घर तरुल, वन तरुलदेखि भ्याकुर, गिठा, सखरखण्डलगायतका कन्दमूल तथा तरुलहरु बेच्नका लागि राखिएको थियो । त्यस्तै, परम्परागत रुपमा प्रयोग हुने हातहतियारहरु दाउ, खुकुरी, डोको, नाम्लो, नाङ्लो, भकारीदेखि लत्ताकपडासम्म, अनि खानेकुराका… पुरा पढौ

श्रद्धा र भक्तिपूर्वक माघे संक्रान्ति र माघी पर्व मनाईयो

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज स्नान, जप, तप, ध्यान, साधना तथा दान गरी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँएको छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दियो। माघ १ गतेदेखि उत्तरायण सुरु हुने विश्वास गरिन्छ, जसका कारण दिन क्रमशः लामा र रात छोटा हुँदै जान्छन्। आज पोखराको रामघाट सेती नदी,देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती,… पुरा पढौ

पार्टी विभाजित भएको छैन: कांग्रेस नेता केसी

नेपाली कांग्रेसका नेता कृष्ण केसीले पार्टी विभाजित नभएको स्पष्ट पारेका छन् । विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएपछि संचारकर्मिसँग कुराकानी गर्दै उनले पार्टीको बैधानिक विधीमा टेकेर महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको प्रष्ट पार्दै, पार्टी फुटेको नभई विधिविधान र परिवर्तनको आवाजलाई संस्थागत गरेको बताए । उनले कांग्रेस एउटै र सिंगै रहेको दावी गरे ।कास्कीका पुर्व सभापति समेत रहेका केसीले नयाँ नेतृत्व चयनले नेपालको राजनीतिक परिवर्तन र समयको मागलाई सम्बोधन मात्रै गरेको नभई भविष्य र आशाको दियो संचार गरेको पनि बताए… पुरा पढौ

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्याङ्कहरुलाई एकीकृत गर्ने पहल सुरु भएको छ । ‘एशिएन इ–हेल्थ इन्फरमेशन नेटवर्क’को सहयोगमा स्वास्थ्य सेवा विभागले स्वास्थ्य तथ्याङ्कको सुदृढीकरणसम्बन्धी पहल सुरु गरेको हो । स्वास्थ्य तथ्याङ्कलाई डिजिटल गराई आम नागरिकले स्वास्थ्यसम्बन्धी सूचना सहज रुपमा उपलब्ध गराउने अवस्था सिर्जना गर्न खोजिएको यस पहलका प्रमुख विशेषज्ञ डा झविन्द्र भण्डारीले जानकारी दिए । सो पहलका बारेमा जानकारी गराउने उद्देश्यले आज आयोजित ‘नेपालमा स्वास्थ्य तथ्याङ्कको सुशासनका लागि मार्गचित्र’ विषयक कार्यशालामा उनले नेपालसहित भियतनाम र मङ्गोलियामा पनि यस किसिमको… पुरा पढौ

नेपाली कांग्रेसको प्रवक्तामा कास्कीका देवराज चालिसे

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा नेता देवराज चालिसे चयन भएका छन् । बुधबार सम्पन्न बिशेष अधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको जारी बैठकमा नेता चालिसेको नाम प्रवक्ताको रुपमा प्रस्ताव गरिएको थियो । प्रस्तावित नाम अनुमोदन भएसँगै उनी प्रवक्ता चयन भएका हुन् ।विभिन्न प्रसतावमा छलफल जारी रहेको स्रोतले बताएको छ । बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न सो समूह निर्वाचन आयोग जाने तयारी समेत भईरहेको छ ।आयोगमा उनीहरूले पार्टीको नयाँ कार्यसमिति चयन भएको जानकारी गराउनेछन् । त्यहीअनुसार विवरण अध्यावधिकका… पुरा पढौ

सुनसरीमा ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते

विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरी भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी बर्जु वडा नं १ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार बर्जु वडा नं का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ… पुरा पढौ

बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत

चालु आर्थिक वर्ष २०८२र८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ ।चालु आर्थिक वर्षका लागि सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा रु छ खर्ब ९० अर्ब २१ करोड ५४ लाख बराबर खर्च भएको छ । जुन वार्षिक लक्ष्यको ३५ दशमलव १४ प्रतिशत हुन आउँछ ।यो अवधिको चालुगत… पुरा पढौ