देश

मौलिक परम्परा जोगाउनुपर्नेमा प्रधानमन्त्री कार्कीको जोड

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन् । संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र भेशभूषा भने छाड्न नहुनेमा जोड दिईन् । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले उक्त कुरा बताएकी हुन् । परिषद्का प्रतिनिधिहरु गुरुङ संस्कृतिअनुरुपका परम्परागत वेशभूषामा उपस्थित भएका थिए । उनीहरुको वेशभूषाको प्रशंसा गर्दै प्रधानमन्त्रीले सरकारी कार्यालयमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरुले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा… पुरा पढौ

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङका दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिका संयुक्त रूपमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धनमा जुटेका हुन् । सो पदमार्गमा जोडिने पाँचवटा पालिकाले पर्यटन पदमार्गको दिगो विकास योजना बनाउन, पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चीरपरिचित गराउन, पर्यटन पूर्वाधार निर्माण गर्न अघि बढ्ने प्रतिबद्धता गरेका छन् । ती पालिकालाई नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसङ्घीय… पुरा पढौ

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया,पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा पत्रकारको भूमिका उल्लेखनीय

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको आयोजनामा शनिबार कालाबाङ सामुदायिक होमस्टेमा ‘पोखरामा पर्यटन प्रवद्र्धनमा आदिवासी जनजाति पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको हो । पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा पोखरा महानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ अर्यालले पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा पत्रकारको भूमिका उल्लेखनीय रहेको बताए । नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरी चिनाउनुमा आदिवासी जनजातिको संस्कार, संस्कृतिको मुख्य भूमिका भएको उनको… पुरा पढौ

लायन्स क्लब अफ पोखरा सेतिगंगाको सहयोग सहारा विद्यालयलाई

लायन्स क्लब अफ पोखरा सेतिगंगाले पोखरा ९ वसपार्कको सहारा बाल आधारभूत विद्यालयका ३४ जना विद्यार्थीहरुलाई जाडोमा न्यानो साथ कार्यक्रम अन्तरगत जुत्ता र मोजा प्रदान गरेको छ । एक कार्यक्रमका विच क्लबका पदाधिकारी स्वेता तुलाचनकी छोरी सरिष्मा शेरचनको जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई प्रदान गर्दा निकै खुशी भएको क्लबका अध्यक्ष सरस्वती गुरुङले बताईन् । देशकै सुगम स्थान पोखरामा पनि अति कठिन परिवारका वालबालिकाहरु अध्ययन गर्ने गरेको र विद्यार्थीको अवस्था देख्दा भावुक भएको क्लबका उपाध्यक्ष सृजना हिराचनले बताइन् । साथै आगमी दिनमा पनि थप… पुरा पढौ

निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेका बताउँदै केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेका बताएका छन् । नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई आज काठमाण्डौंमा सम्बोधन गर्दै उनले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताए । “घोषणा भइसकेको निर्वाचन नै अहिलेको सहज विकल्प हो । जनता निर्वाचनका लागि तयार भइरहेका छन्”संयोजक दाहालले भने, “निर्वाचन बिथोल्ने वा निर्वाचनको प्रक्रियामा अघि बढ्ने जनता र राजनीतिक दलको चाहनालाई कसैले भ्रमित… पुरा पढौ

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल,आमनिर्वाचन सफल पार्नुपर्नेमा जोड

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट सिफारिस हुने समानुपातिक उम्मेदवारसँग छलफल गरेको छ । रास्वपाले आज देशभरका सातै प्रदेशमा पार्टीका तर्फबाट आगामी निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार बन्न इच्छुक व्यक्तिसँग छलफल गरेको हो । रास्वपाले सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ, गण्डकी प्रदेशको पोखरा, वाग्मती प्रदेशको काठमाडौँ, मधेस प्रदेशको जनकपुर र कोशी प्रदेशको इटहरीमा उम्मेदवारसँग छलफल गरेको हो । रास्वपाका नेता एवं उम्मेदवार छनोट समितिका संयोजक विराजभक्त श्रेष्ठले आगामी निर्वाचनका लागि रास्वपाबाट योग्य… पुरा पढौ

‘समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरिन्छ’:मन्त्री कुलमान घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले विकास निर्माणका कामलाई प्राथमिकता नदिने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गर्ने तर्फ सरकार लागेको बताएका छन् । उद्योग वाणिज्य सङ्घले आज चितवनमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले तीन हजार बढी सडक तथा पुलमा ठेक्का लागेको बताए । उनले भने, “तीन हजारभन्दा बढी सडक र पुलको ठेक्का छ, कुनै ठाउँमा त ठेकेदार कहाँ छ भन्ने पनि छैन, काम गर्नुपर्छ नभए ठेक्का तोड्छौँ भन्ने अवस्थामा हामी छौँ ।”… पुरा पढौ

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई जना मात्र बस्न मिल्ने, हेर्दा सानो र आकाशमा उड्दा रङ्गीचङ्गी पुतली जस्तै देखिने भएकाले यसलाई स्थानीयहरु पुतली जहाज पनि भन्छन् । कुनै समय पर्यटकीय नगरी पोखरामा साहसिक पर्यटकलाई अल्ट्रालाइट अर्थात ‘पुतली… पुरा पढौ

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

लेखनाथ, ४ पुस । नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय… पुरा पढौ

पोखरामा नातीले गरे ७५ वर्षिया बृद्धा हजुरआमाको हत्या

सन्देश श्रेष्ठपोखरा, पुस ४ पोखरामा नातीले हजुरआमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् । उनले पुस ३ गते दिउँसो १२ः२० बजे धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । धारिलो हतियार प्रहार गरि हत्या गरेछन्,उनले भने,‘हत्यापश्चात कानसमेत काटेर कानमा लगाएको गरगहना पनि लुटेर हिंडेका रहेछन् ।’ हत्या आरोपी आशिषलाई कास्की… पुरा पढौ