देश

एफएटिएफ समीक्षाः सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ ९फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ० ले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रहेको जनाएको छ । शुक्रबार सम्पन्न एफएटिएफको चौथो पूर्ण बैठक पछि जारी वक्तव्यअनुसार नेपालले सुधारका प्रयास जारी राखेपनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको जनाएको हो । नेपालले सन् २०२५ फेब्रुअरीमा एफएटिएफ र एसिया प्यासिफिक ग्रुप ९एपिजी०सँग आफ्नो सम्पत्ति शुद्धीकरण निवारण प्रणालीको प्रभावकारिता बलियो बनाउन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको थियो । यसमा सुधारका लागि केही कदम… पुरा पढौ

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछिको कुराकानीमा उनले सरकार संवादका लागि तयार रहेको स्प्ष्ट पारे । “राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन”, गृहमन्त्री अर्यालले भने । लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ थियो । “सार्वजनिक र निजी सम्पत्तिमा क्षति पु¥याउनु भएन… पुरा पढौ

एकैदिन मुस्ताङमा भित्रिए करिब सात हजार पर्यटक

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८ सय ५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको ९बेनी–जोमसोम० सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् । तिहारलगत्तै शुक्रबार बेनी–जोमसोम सडकमार्गमा यात्रुवाहक सवारीसाधनको लस्करले राष्ट्रिय राजमार्ग पुरै व्यस्त रह्यो । मुक्तिनाथ दर्शन तथा यहाँको रमणीय प्राकृतिक सौन्दर्यता अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहाँ एकैदिन छ हजार ५०६ जना… पुरा पढौ

चक्कु प्रहारबाट पोखरामा एकको मृत्यू

सन्देश श्रेष्ठपोखरा, कात्तिक ८ सामान्य विवादमा चक्कु प्रहारहुँदा पोखरामा एक जनाको मृत्यू भएको छ । पोखरा–५ प्रस्याङस्थित एक रेष्टुरेण्टमा सँगै बसेर रक्सी पिउने क्रममा विवादहुँदा भएको चक्कु प्रहारबाट स्थानिय ४५ वर्षिय अनिल पराजुलीको मृत्यू भएको हो । पराजुलीलाई चक्कु प्रहार गर्ने स्थानिय २४ वर्षीय किशोर तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । पराजुली र तिमिल्सिना शुक्रबार राति सँगै बसेर मदिरा सेवन गरेका थिए । मदिरा सेवन गर्ने क्रममा उनीहरुबीच सामान्य विवाद भएको थियो । पहिलो भेटमा पनि सामान्य विवाद भएका उनीहरुबीच… पुरा पढौ

अनुमति विना माइतीघरमा प्रदर्शन गर्न पुगेकाहरु प्रहरी नियन्त्रणमा

स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई आज नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ । नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन् ।जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन… पुरा पढौ

पोखरामा चक्कु प्रहार गरी आफ्नै साथीको हत्या

पोखरा–५ प्रस्याङमा शनिबार बिहानै एक जनाको हत्या भएको छ । पोखरा–५ प्रस्याङका स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरी हत्या भएको कास्की प्रहरीले जनाएको छ । पोखरा–५ गणतन्त्र चोकमा बस्ने किशोर तिमिल्सिनाले विवाद भएपछि घर फर्कने क्रममा पराजुली माथि चक्कु प्रहार गरेका थिए ।शुक्रबार राति प्रस्याङस्थित एक होटलमा सँगै बसेका उनीहरु बिच होटलभित्रै सामान्य विवाद उत्पन्न भएको थियो।विवाद बढ्दै जादाँ होटलबाट करिब ५० मिटर टाढा पुगेपछि तिमिल्सिनाले पराजुलीलाई पछाडीबाट चक्कु प्रहार गरेका थिए ।हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका २२… पुरा पढौ

छ वर्षमा पनि म्याग्दीको रणवाङ–दरवाङ सडक योजना अधुरै

म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो रणवाङ–दरवाङ खण्ड कालोपत्र गर्ने योजनाले छ वर्षसम्म पनि पूर्णता पाएको छैन । रणनीतिक महत्त्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो ।विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत रहेको कार्यालयले जनाएको छ । सात किलोमिटर लामो सडकअन्तर्गत रणवाङ–तोलावाङ खण्डमा… पुरा पढौ

मिथिलामा आजदेखि छठ पर्व सुरु

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ । गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए । उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको जानकारी दिए । गुप्ताले यो वर्ष प्रतिअघ्र्य रु ६०० निर्धारण गरिएको बताए। गङ्गासागरको… पुरा पढौ

हायात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो

प्रधानमन्त्री सुशीला कार्कीले हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै हायात रिजेन्सी व्यवस्थापनसँग बिहान कुराकानी गरी जानकारी लिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका थिए । अर्थमन्त्री खनालले भने, “तपाईँहरू आत्तिनुभएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ… पुरा पढौ

रुकुम पश्चिममा जिप दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको जिल्ला अस्पताल सल्लेमा पु¥याएको बेला मृत्यु भएको हो । मृत्यु हुनेमा आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय… पुरा पढौ