देश

हमासद्वारा २० जीवित बन्धकको नाम सार्वजनिक, विपिन जोशीको नाम छैन

हमासले आज रिहा गरिने २० जना जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ। सैन्य शाखाको सूचीमा ती २० जना बन्धक समावेश छन्,जसको नामावली पहिले नै वार्ताको एक भागका रूपमा इजरायललाई दिइएको थियो।प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालका विपिन जोशीको नाम छैन ।द टाइम्स अफ इजरायलका अनुसार समूहमा अपहरण गरिएका सिपाही तामिर निम्रोदीको पनि नाम नभएको बताईएको छ । इजरायल र हमासबीच भएको सम्झौताअनुसार आज सोमबार त्यहाँको समय दिउँसो १२ बजे अर्थात् यहाँको… पुरा पढौ

गण्डकी प्रदेशका ३४ स्थानीय तहमा काष्ठफल तथा फलफूल विकास आयोजना सञ्चालनमा

म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ वटा स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सञ्चालन भएको छ । कास्कीको पोखरा महानगर र पर्वतको जलजला गाउँपालिकामा दुई वर्षअघि सुरु भएको आयोजना लागू भएका स्थानीय तहको सङ्ख्या चालु आर्थिक वर्ष २०८२÷८३ मा ३४ पुगेको छ । कूल ९३ दशमलब ४५ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना आर्थिक वर्ष २०८२ र ०३ मा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङका १९ स्थानीय तहमा विस्तार भएको… पुरा पढौ

पूर्वसभामुख कृष्णबहादुर महरा काठमाडौंमा पक्राउ

नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय चुरोट भेप मार्फत सुन तस्करी गरेको आरोपमा महरालाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेको छ । महरालाई केही दिनअघि भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो ।महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको हो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र… पुरा पढौ

विकास नेपालको २१ औँ बार्षिक साधारण सभा सम्पन्न

विकास नेपालको २१ औँ बार्षिक साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ । सो सभाको उद्घाटन गर्दै प्रमुख अतिथि वडा नं १५ का वडाअध्यक्ष तोरण बहादुर बानियाँले स्थानिय सरकारले सबैसाग पहुँच पुर्याउन पनि गैह्रसरकारी संस्थाको आवश्यकता रहेको बताए । उनले हरेक क्षेत्रमा इमान्दारिता र कर्मशिलता भएमा मात्र समाजले फड्को मार्न सक्ने धारणा राखे ।कार्यक्रममा संस्थाका सल्लाहकार रमेश पौडेलले कुनै पनि सरकारको ध्यान नपुगेको स्थानमा गैह्र सामाजिक संस्था पुगेर काम गरिरहेको बताए । गैसस महासंघ गण्डकी प्रदेशका इञ्चार्ज गोपाल खड्काले गैह्र… पुरा पढौ

हाम्रो ‘म्याण्डेड’ चुनाव गराउने हो, फागुन २१ गते निर्वाचन हुन्छः मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी फागुन २१ गते निर्वाचन गराउने प्रतिबद्धतासहित सरकार अघि बढेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चरमन्त्री खरेलले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने ‘म्याण्डेट’ रहेकाले सोहीअनुसार निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट पारे । सरकारको प्रमुख प्राथमिकता भनेको तोकिएको मितिमा व्यापक जनसहभागितासहित स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढङ्गबाट निर्वाचन गराउने हो भन्र्दै उनले निर्वाचन प्रक्रियामा सहभागी हुन सम्पूर्ण राजनीतिक पार्टीलगायत सम्बद्धपक्षसँग अनुरोध गरे । यसैगरी, मन्त्री… पुरा पढौ

पर्वतमा धानबालीमा फड्के कीराको सङ्क्रमण

पर्वतको पैँयु र विहादी गाउँपालिकाका विभिन्न वडामा धानबालीमा फड्के कीराको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । धान फलेर पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण बढेपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार कृषि प्राविधिकको स्थलगत अनुगमनका क्रममा ती क्षेत्रमा कीराको आक्रमणका कारण धानबालीमा व्यापक क्षति पुगेको पाइएको छ । फड्के कीराको बयस्क र बच्चा दुवै चरणले धानको पातको फेदबाट रस चुस्ने हुँदा बोटका पात पहेँलो हुने, फोस्रा दाना लाग्ने र उत्पादनमा उल्लेख्य गिरावट आउने खतरा रहेको केन्द्रले जनाएको छ… पुरा पढौ

कास्की काँग्रेसको भवन मर्मत सम्भारका लागि समिति

नेपाली काँग्रेस कास्कीको भवन मर्मत सम्भारका लागि समिति गठन गरिएको छ । नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटको संयोजकत्व भवन मर्मत सम्भार समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा पार्टीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देल, सदस्यमा कोषाध्यक्ष माइकल कर्माचार्य, सदस्यमा पार्टीका सदस्यहरु बाबुराम गिरी र बुद्विमान गुरुङ रहेका छन् ।कास्की काँग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा पदाधिकारीहरुको बैठकले समिति गठन गरेको हो । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते पोखरा चिप्लेढुङ्गा स्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालयमा पनि आगजनी र… पुरा पढौ

गण्डकी आयुर्वेद अस्पतालले असोज २९ मा स्वर्ण विन्दु प्राशन कार्यक्रम गर्ने

प्रदेश सरकार मातहतको गण्डकी आयुर्वेद अस्पतालले असोज २९ गते स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो दिन अस्पताल परिसरमामा बिहान ६ बजे देखि १० बजेसम्म स्वर्ण विन्दु प्राशन कार्यक्रम संचालन गरिने अस्पतालले जनाएको छ । बालबालिकाको शारिरीक, मानसिक बृद्धि र विकासको लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ । सो कार्यक्रममा अन्तरगत लक्षित उमेर समूह अर्थात असोज २९ गतेसम्म १ वर्ष पुगी ५ वर्ष ननाघेका बालबालिकाहरुलाई स्वर्ण प्राशनको थोपा खुवाइने छ । कार्यक्रममा सहभागी हुन १ वर्ष पुगेर ५… पुरा पढौ

बिपी राजमार्गः‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो

गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो । बाढीले क्षतिग्रस्त भएका स्थानमा ‘डाइभर्सन बनाएर सञ्चालनमा ल्याइए पनि साँघुरो तथा अप्ठ्यारो सडकमा मर्मत गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हालको मर्मत कार्यले तिहारमा राजमार्गमा यात्रा सहज हुने कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए । उनका अनुसार तीन वटा मेसिनले मर्मत गरिरहेको… पुरा पढौ

यसवर्ष पोखरा क्षेत्रमा धानको उत्पादन बढ्ने अनुमान

यसवर्ष पोखरा महानगर क्षेत्रमा धानको उत्पादन बढ्ने भएको छ । धानका लागि मौसम अनुकूल रहनुका साथै फाँटमा धानबाली सप्रिएकाले उत्पादन बढ्ने अनुमान गरिएको हो ।पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसवर्ष गत वर्षको तुलनामा धानको उत्पादन बढ्ने अनुमान गरिएको बताए । उनका अनुसार पोखरा महानगर क्षेत्रमा वार्षिक ३८ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ । स्थानीय जातको धान प्रवर्द्धन गर्ने उद्देश्यका साथ महानगरले बर्सेनि पोखरेली जेठोबूढो धानको बीउ अनुदानमा वितरण गर्दै आएको जानकारी दिँदै उनले यस वर्ष… पुरा पढौ