देश

लायन्स क्लव अफ पोखरा आदर्श चौतारीको रक्तदानमा ६६ युनिट संकलन

लायन्स क्लव अफ पोखरा आदर्श चौतारीले आयोजना गरेको रक्तदानमा ६६ युनिट रगत संकलन भएको छ । लगातार परेका चाडपर्व र बिदाको कारण पोखरामा भएको रगतको अभावलाई मध्येनजर गर्दै खुल्ला रक्तदान आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पिडिजि लायन राम बसेलले पहिलो रक्तदाता क्लवका पूर्व अध्यक्ष लायन दयाशंकर गौतमलाई ब्लड व्याग हस्तान्तरण गरी गरिएको थियो ।सो अवसरमा प्रमुख अतिथि बसेलले अफ्ठेरो परेको बेला वा अन्य समयमा जहिले पनि लायनहरु अग्रपंक्तिमा रहेर सामाजिक सेवामा दत्तचित्त भएर कार्य गरिरहेको बताए ।बसेलले चाडबाडको… पुरा पढौ

म्याग्दीको दाङखोलामा मोटरेबल पुल अलपत्र हुँदा,अस्थायी पुलबाट यातायात सञ्चालन

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत दाङखोलामा मोटर चल्ने पुल निर्माण योजना अलपत्र बनेको छ । मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीस्थित दाङखोलामा ठेक्का सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण सुरु नभएको हो । करिब १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय र इन्द्रेणी–फेवा जेभी पोखराबीच विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण कार्य सुरु नै नभएको धवलागिरि–७… पुरा पढौ

संविधानको रक्षाका लागि समर्पित हुन कांग्रेस कार्यवाहक सभापति खड्काको आग्रह

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुन आग्रह गरेका छन् । नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले नेपाल इतिहासकै प्रतिकूल अवस्थामा उभिएको र कांग्रेस पार्टीसमेत प्रतिकूल अवस्थामा रहेको उल्लेख गर्दै देश जोगाउन सङ्कल्पसहित अगाडि बढ्न आग्रह गरे । “शान्ति, सुशासन कायमका लागि जेन जेड युवाले गरेको शान्तिपूर्ण आन्दोलन घुसपैठ हुँदा मुलुकले ठूलो विपत्ति सामना गर्नुपर्‍यो, भदौ… पुरा पढौ

परिस्थितिलाई सम्हाल्न पनि निर्वाचनको विकल्प छैनः संयोजक प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा जोड दिए । संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताए । उनले भने, “चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन। त्यसैले पार्टी यसको तयारीमा… पुरा पढौ

छिम्केश्वरी–बूढीदेवी महायज्ञमा एकैदिन ३० लाख रुपैंया सङ्कलन

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी–बूढीदेवी मन्दिरमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञमा एकै दिन रु ३० लाख दान सङ्कलन भएको छ । आँबुखैरेनी–३ हाटबजार परिसरमा सञ्चालित महायज्ञमाआइतबार मात्रै रु ३० लाख दान सङ्कलन भएको आयोजक समितिले जानकारी दिएको छ । छिम्केश्वरी पर्यटन विकास समितिको आयोजना, छिम्केश्वरी मन्दिर संरक्षण समिति र गाउँपालिकाको संरक्षकत्वमा आयोजित महायज्ञमा महायज्ञ मूल समारोह समितिका संयोजक कृष्णमान तामाङले रु पाँच लाख एक हजार १ सय १ दान सहयोग गरेको आर्थिक समितिका संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

सरकार बनेको डेढ महिनामा पनि सम्पति सार्वजनिक भएन

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको ४६ दिन पुरा हुँदा पनि अझै मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक हुन सकेको छैन । भ्रष्टाचारविरोधी जगमा गत भदौ २७ गते बनेको सरकारको मन्त्री परिषद् ३ पटक बिस्तार हुँदा पनि अझै पुर्णता पाउन भने सकेको छैन । पछिल्लो पटक आइतबार २ जना मन्त्री थपिदा मन्त्री परिषद १० सदस्यीय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत् तिनले सम्पत्ति विवरण सार्वजनिक गर्न सकेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले कसैको पनि सम्पत्ति विवरण… पुरा पढौ

गण्डकीका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी हिमपातको सम्भावना

देशका केही स्थानमा आज रातिदेखि बुधबार बिहानसम्म वर्षा र हिमपातको संभावना देखिएको छ । मौषम पुर्वानुमान महाशाखाले आज मध्याह्न मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै गण्डकीका उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ । यो अवधिमा कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको आकलन गरेको छ । बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुका… पुरा पढौ

पोखरा रोयल सहकारीले गर्यो,मालपोत कार्यालय,कास्कीलाई सहयोग

पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मालपोत कार्यालय कास्कीलाई फर्निचर सहितका सामाग्री हस्तान्तरण गरेको छ । गत भाद्र २३ र २४ गते जेनजी समूहको आन्दोलनका क्रममा पोखराका सयौं सरकारी कार्यालयहरु र त्यहाँ रहेका कार्यालय सामग्री जलेर नष्ट भएका थिए । त्यस क्रममा जलेर नष्ट भएको कास्की मालपोत कार्यालयलाई संस्थाले एक सेट टेवुल र दराज तथा एक सेट कम्प्यूटर र प्रिन्टर हस्तान्तरण गरेको हो।उक्त सामाग्री एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङले मालपोत कार्यालय कास्कीका… पुरा पढौ

सरकार निर्वाचनको तयारीमा जुट्यो–स्वास्थ्य मन्त्री गौतम

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकार आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्ने तयारीमा केन्द्रित रहेको बताएकी छन् । सोमबार काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत ‘जेनजी’ आन्दोलनका घाइतेसँगको भेटपछि उनले सरकार निर्वाचनको तयारीमा जुटेको स्पष्ट पार्दै, अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरूको ध्यानाकर्षण गराइन् । मन्त्री गौतमले फागुन २१ मा हुने निर्वाचनको विरोध गरिरहन आवश्यक नभएको बताइन् । “बिरामीहरूको अवस्था हेर्दाखेरि मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु,” उनले भनिन्, “र,… पुरा पढौ

आन्दोलन छाडेर निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्री कार्कीको आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले सडक प्रर्दशनलाई छाडेर, निर्वाचनको तयारीमा जुट्न आह्वान गरेकी छन् । छठको अवसरमा आज जारी शुभकामना सन्देशमा उनले सडक प्रर्दशनबाट समस्याको समाधान नहुने बताउँदै, आझ्ना असन्तुष्टिलाई शान्तिपूर्ण तवरले जनताका माझमा राख्न आग्रह गरेकी हुन् ।“सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन” प्रधानमन्त्री कार्कीद्वारा जारी सन्देशमा भनिएको छ, “आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय… पुरा पढौ