देश

पोखरामा विद्युतको तार चोर्ने गिरोह सक्रिय, ट्रान्सफर्मर सुरक्षाको माग

शिशिर उजाडपोखरा पोखरामा नेपाल विद्युत प्राधिकरणले चालु अवस्थामा रहेका ट्रान्सफर्मरमा जडान गरेको तामाका तार चोरी गर्ने समुह सक्रिय भएको छ। पटक पटक त्यस्तो समुहले पोखरा– १८,ग्यारजाती र पोखरा– २२, पुम्दीभुम्दीका ट्रान्सफर्मरमा जडान गरिएको तामाको तार नै चोरी गरेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ। सो स्थान सहित पोखरा– १८ कै सुन्दर चौतारा,पदेंली, पोखरा– २१ को पोख्रेल थोक र अन्नपुर्ण गाउँपालिकाको अधिकारी डाँडामा पनि चालु अवस्थाका ट्रान्सफर्मरमा जडान गरिएका तामाको तार चोरी भएका हुन्। तार चोरी भएपछि त्यस स्थानबाट… पुरा पढौ

पोखराको चार स्थानमा छठपूजा गरिँदै

पर्यटकीय राजधानी पोखरामासमेत छठपर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । सूर्य भगवानको उपासना गरिने यस पर्वमा नेपालको तराई तथा मधेशी समुदायका श्रद्धालुहरुका लागि पोखरामै चार प्रमुख स्थानमा छठपूजा गर्ने व्यवस्था गरिएको हो । पेसा र व्यवसायका कारण पोखरामै बसोबास गरिरहेका तराई–मधेशका समुदायका श्रद्धालुहरूले पछिल्ला वर्षमा पोखरामै छठपर्व मनाउँदै आएका छन् । पोखराको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), नारायणस्थान मन्दिर, सेतीगण्डकी र कालीखोलाको सङ्गमस्थल र कमलपोखरीलाई पूजाका लागि विशेष रूपमा सजाइएको र वरपर सरसफाइ गरिएको नारायणस्थान मन्दिर पूजा समितिका… पुरा पढौ

छठ पर्व प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूर्य देवता र छठी माताको पूजा आराधाना गरी मनाइने पर्व छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्व रहेको बताएका छन् । छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको छठ पर्वले प्रकृतिप्रतिको सम्मान पनि दर्शाउने उल्लेख गरेका छन्। शुभकामना सन्देशमा भनेका छन् -‘शुद्धाशुद्धिमा विशेष ध्यान यो पर्वको अर्को विशेषता हो, जसले स्वास्थ्यलाई फाइदा पुर्‍याउन सघाइरहेको हुन्छ । धार्मिक तथा… पुरा पढौ

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घय दिइँदै

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्व अर्घय दिइँदै छ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घय दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु… पुरा पढौ

बेगनासताल धार्मीक तथा पर्यटन विकास संस्थाको अध्यक्षमा भन्डारी

पोखरा, ९ कात्तिकबेगनासताल धार्मीक तथा पर्यटन विकास संस्थाको पाँचौं साधरणसभा तथा तेस्रो अधिवेशन आइतबार विशेष समारोहका विच सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै पूर्वन्यायधिश डिल्लीरमण तिवारीले बेगनासताल विकासका लागि अनुभवि व्यक्तित्वहरुको उत्साह, जोश र जाँगरको कदर गर्दै बेगनासताल बिश्वकै उत्कृष्ट धार्मीक र पर्यटकीय गन्तव्य स्थल बन्ने दिशामा अघि बढेको बताए ।यसैविच उक्त अधिबेशनले स्थानीय मित्रलाल भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शान्ति खनाल, सचिवमा गंगाराम सुवेदी र कोषाध्यक्षमा सनकराज लामिछाने चयन भएका छन् ।त्यसैगरी… पुरा पढौ

अमेरिकाबिरुद्द नेपाल : भुर्तेल डकआउट

पोखरा आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा अमेरिकाबिरुद्द व्याटिङ गरिरहेको नेपालले रनको खाता नखोली विकेट गुमाएको छ । अमेरिकाले दिएको २६३ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरिरहेको नेपालले पहिलो ओभरको दोस्रो बलमा खाता नखोली विकेट गुमाएको हो । नेपालका कुशल भुर्तेल शून्य रनमा आउट भए । अहिले भीम सार्मी मैदानमा प्रवेश गरेका छन् । व्याटिङ अर्डर अनुसार तेस्रो नम्बरमा व्याटिङ गर्न आएका उनले ओपनर आसिफ सेखसँग साझेदारी गरिरहेका छन् । यसअघि पहिलो व्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६… पुरा पढौ

नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य

पोखरा, आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा अमेरिकाले नेपालसामु जितका लागि २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर नेपालले फिल्डिङ रोजेपछि व्याटिङमा आएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको हो । २६३ रनको लक्ष्य पाएको नेपाल केहिबेरमा जवाफी ब्याटिङमा उत्रिनेछ । लिग–२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौं स्थान माथि छ । पुरा पढौ

मन्त्रीको सूचीबाट हट्यो खगेन्द्रको नाम

काठमाडौं, कात्तिक ९ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनार मन्त्री नबन्ने भएका छन् । चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम मन्त्री बन्ने सूचीबाट हटाएकी हुन् । आज विहान उनीसहित ४ जनालाई मन्त्री बनाउने प्रधानमन्त्री कार्कीले राष्ट्रपती समक्ष सिफारिस गरेकी थिईन् । सुनार मन्त्रीमा सिफारिस भएपछि चौतर्फी आलोचना भएको थियो । उनी प्रहरीको फरार सूचीमा रहनुका साथै उनीबिरुद्द बहुविवाहलगायतका मुद्दा दर्ता रहेको बताईन्छ । सुनारको आलोचना शुरु भएपछि प्रधानमन्त्री कार्कीले मन्त्री बनाउने÷नबनाउने बारेमा छलफल थालेकी… पुरा पढौ

देश छोडेर जान तयार छु : प्रसाईं

पोखरा, ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनर्स्थापनाका लागि लडिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छाडेर जान तयार रहेको बताएका छन् । आईतबार काठमाडौंमा सम्पादकहरुसँग छलफल गर्दै उनले आफ्नो कारणले देश विग्रिएको हो भने देश छोडर जान तयार रहेको बताएका हुन् । देश बनाउनका लागि आफू सुध्रिन तयार रहेको बताउँदै उनले भने, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी, म जान तयार । म जान्छु । मलाई… पुरा पढौ

संकटका बेला एकजुट भएर पार्टी निर्माणमा लागौं ः एमाले नेताहरु

नेकपा एमालेका नेताहरुले देश संकटमा परेका बेला सबै पक्ष एकजुट भएर अगाडी बढ्नुको विकल्प नरहेको बताएका छन् । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शनिबार बाटुलेचौरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सहभागि अधिकांश नेताले पार्टी चौतर्फी घेराबन्दीमा परेको उल्लेख गर्दै, त्यसलाई तोड्न आवश्यक रहेको बताएका हुन् । एमालेका केन्द्रिय सदस्य मीनाकुमारी गुरुङले जेनजीका नाममा भएको आन्दोलनले राष्ट्रलाई पछाडी धकेलेको बताउँदै, जेनजीका जायज मागलाई सम्बोधन गरी अगाडी बढ्नुपर्ने बताईन् । एमालेका अर्का केन्द्रिय सदस्य प्रभा कोईरालाले एमालेको नेतृत्व बिना देश… पुरा पढौ