देश

सुनचाँदीको मूल्य घट्यो, आज कति हुदैँछ कारोबार ? हेर्नुहोस

आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रू एक हजार घटेको हो । बिहीबार प्रतितोला रू एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी तोलामा रू ३५ रुपँैयले घटेर आज प्रतितोला रू एक हजार नौ सय ९५ मा खरिदबिक्री हुनेछ । पुरा पढौ

नारायणघाट-बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र

चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ । नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड) कार्यालयका अनुसार हालसम्म यो बाटोमा ५८ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । गैँडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा गरी देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ । यो खण्डमा २२ वटा साना पुल निर्माण भएका छन् । निर्माण पूरा भएका पुलमा लिङ्करोड निर्माण पूरा नभएकाले पुलबाट यातायातका साधन सञ्चालन हुन समय लाग्ने उक्त कार्यालयका सूचना अधिकारी शिव खनालले… पुरा पढौ

गण्डकी प्रदेशमा बढ्दै डढेलोको जोखिम

गण्डकी प्रदेशमा गत वर्ष चार सय ६७ स्थानमा डढेलो लागेको थियो । प्रदेश वन निर्देशनालयका अनुसार करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको थियो । सुक्खायाम सुरु भएसँगै यस वर्ष पनि डढेलोको जोखिम बढेको छ । सामन्यतयाः फागुनदेखि जेठसम्मको समयलाई डढेलोको याम भनेर चिनिन्छ । मुख्यगरी चैत र वैशाखमा डढेलोका घटना बढी हुने गरेको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए । सुक्खायाम लम्बिँदा डढेलोको जोखिम पनि बढ्दै जाने उनको भनाइ छ । आगलागी नियन्त्रण हुन… पुरा पढौ

आज विश्व कविता दिवस

आज पाँच अन्तरराष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् । आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जातीय भेदभाव उन्मूलनको लागि अन्तरराष्ट्रिय दिवस अन्तरराष्ट्रिय वन दिवस, विश्व कविता दिवस अन्तरराष्ट्रिय नौरोज दिवस र विश्व डाउन सिन्ड्रोम दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार दुई अर्बभन्दा बढी जनसङ्ख्या स्वच्छ पेयजलका निम्ति हिमनदीमा निर्भर रहेका छन् भने बाल्कन, ककेसस, इरान, मध्य एसियाली देशमा… पुरा पढौ

पोखरा महानगरपालिकाका उजुरी फछ्र्यौट गर्ने अधिकृत नै २५ हजार घुस मागेको आरोपमा पक्राउ

पोखरा, चैत ७ पोखरा महानगरपालिकाका उजुरी फछ्र्यौट शाखाका अधिकृत कपिल गिरी घुस लिएको आरोपमा पक्राउ परेका छन् । गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले बिहीबार दिउँसो घुस बापतको नगद २५ हजारसहित पोखरा–९ न्युरोडस्थित पोखरा महानगरपालिकाको कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको हो । नगदसहित रंगेहात पक्राउ परेका गिरी पोखरा महानगरपालिकामा अख्तियारसम्बन्धी उजुरीको जवाफ दिने शाखामा कार्यरत थिए । स्याङ्जाको पुतलीबजार नगरपालिकामा कार्य क्षेत्र रही केहि समयअघि मात्र पोखरा महानगरपालिकामा काज सरुवा भई आएका उनी अख्तियारमा परेको उजुरीबारे प्रश्न सोधेमा महानगरपालिकाका… पुरा पढौ

आजदेखि एसइई

माध्यमिक शिक्षा परीक्षा ((एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार… पुरा पढौ

कास्कीमा स्ववियु निर्वाचन : निर्वाचन भएका ३ क्याम्पसमध्ये दुईको सभापतीमा अनेरास्ववियु र एकमा स्वतन्त्र उम्मेदवार बिजयी

पोखरा, चैत ६ स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएका कास्कीका तीन वटा क्याम्पसमध्ये दुई वटामा एमाले निकट अनेरास्ववियु र एउटामा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । मंगलबार भएको स्ववियु चुनावमा अनेरास्ववियुले वनविज्ञान अध्ययन संस्थान र पोखरा नर्सिङ क्याम्पसमा सभापती जितेको छ भने ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्वतन्त्र उम्मेदवारले सभापती जितेको छ । ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतीमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी बिजयी भएका छन् । एमाले निकट अनेरास्ववियुका उम्मेदवार अनुप न्यौपानेलाई २६७ मतान्तरले पछि… पुरा पढौ

डब्लुआरसीको सभापतीमा स्वतन्त्र उम्मेदवार धामी र सचिव र कोषाध्यक्षमा अखिल क्रान्तिकारी बिजयी

पोखरा, चैत ६ ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतीमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी बिजयी भएका छन् । एमाले निकट अनेरास्ववियुका उम्मेदवार अनुप न्यौपानेलाई २१४ मतान्तरले पछि पार्दै धामी बिजयी भएका हुन् । बिजयी धामीले ५७२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी अनेरास्ववियुका न्यौपानेले ३५८ मत प्राप्त गरे । त्यस्तै, नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार सौगात पण्डितले २७० र अखिल क्रान्तिकारीका उम्मेदवार आदर्श महत क्षेत्रीले १४४ मत प्राप्त गरे । सचिवमा अखिल क्रान्तिकारीका हरिकृष्ण खड्काले… पुरा पढौ

नेप्से निरन्तर ओरालोतिर

शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो साता कारोबारको लगातार चौथो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । यो साता कारोबारका भएका सबै दिन परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले घटेर दुई हजार छ सय ८२ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज तीन सय ११ कम्पनीको ९५ लाख ८३ हजार आठ सय २९ कित्ता शेयर ५४ हजार छ सय २२ पटक खरिद बिक्री हुँदा रु… पुरा पढौ

चैत २४ गते रामनवमीमा सार्वजनिक बिदा

सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए । बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता गुरुङले बताए । अर्घाखाँचीका यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई… पुरा पढौ